बिहान ७ बज्दा नबज्दै यानकुमारी चौलागाइर्ं, नीमा तामाङ, आयशा शाक्य, मनीता शाही, दानबहादुर ऐरीसहित १२ तेक्वान्दो खेलाडी राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको तेक्वान्दो डोजाङमा पुग्छन्। फिजिकल फिटनेस, स्पाइकिङ र अभ्यासका अन्य चरणका लागि खेलाडीले बिहान तीन घन्टा र साँझ त्यही स्थानमा ४ बजेदेखि दुई घन्टा पसिना बगाउँछन्। कारण, उनीहरूलाई यसपटकको एसियाली खेलकुद -एसियाड)मा पदक जित्नुपर्ने दबाब छ।
त्यसो त ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा सबैभन्दा बढी दबाब खेलको यही विधाले झेल्ने गरेको छ। ३ देखि १८ असोजसम्म दक्षिण कोरयिाको इन्चोनमा हुने १७औँ एसियाडमा अहिलेसम्मकै सबैभन्दा बढी १३ पदक जितेको तेक्वान्दोप्रति आशा र भरोसा रहनु स्वाभाविक पनि छ। "अवसरको सदुपयोग गर्ने हो, मिहिनेत गर्ने हो," चारपटक दक्षिण एसियाली खेलकुद -साग)मा स्वर्ण र दुईपटक एसियाडमा काँस्य जितेका दीपक विष्ट भन्छन्। विष्ट अहिले प्रशिक्षकको भूमिकामा छन्। दीपकसँगै तेक्वान्दोकै पूर्वखेलाडी संगीना वैद्यले पनि खेलाडी प्रशिक्षण गररिहेकी छन्। यी दुई घरेलु प्रशिक्षकसँगै दक्षिण कोरयिाली प्रशिक्षक कोन योङ दलले पनि टिमलाई हेररिहेका छन्।
नेपालले १६ एसियाडमध्ये १४ मा सहभागिता जनाएको छ। सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाडमा नेपालले सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र सन् १९६२ मा जाकार्तामा भएको एसियाडमा नेपालले सहभागिता जनाएन। नेपालले खेलेका अन्य एसियाडमा २२ पदक जितेको छ। त्यसमा तेक्वान्दोले १३ पदक हात पारेको छ, १ रजत र १२ काँस्य गरी।