काठमाडौं , मंसिर १३ -
राजधानीवासीले दुई सातायता सडकछेउ फोहोरका थुप्रा देख्नुपरेको छैन । मूल
सडकमा धूलो उड्दैन । मोटरसाइकल चलाउँदा आँखामा धूलो पर्दैन । सडकका कुनामा
पनि धूलो खासै देखिंदैन । लत्रिएका बिजुली र टेलिफोनका तार तन्किएका छन् ।
विस्तारित सडकका बीच र छेउछाउ हरियाली छ । सडकमा लेन छुट्टिने लाइन गाढा छ ।
रातको समयमा हुने दुर्घटना रोक्न सडक र डिभाइडरमा समेत 'क्याट आइ' राखिएको
छ । साँझ परेपछि सोलार बत्तीले सडक झिलिमिली हुन्छ ।
सडकछेउको पर्खाल रङरोगन गरेर भित्ते लेखन मेटिएको छ । आइल्यान्ड र गमलामा ढकमक्क फूल फुलेका छन् । नाली सफा गरिएको छ ।
एक महिनायताको तुलनात्मक रूपमा राम्रो सज्जा र सफाइले राजधानीवासीको मन चंगा भएको छ । 'विदेशमा छु कि जस्तो पो लाग्छ,' महानगरको वातावरण विभागका प्रशासन प्रमुख हरि कुँवरले भने, 'गर्यो भने त हुने रहेछ भन्ने लाग्यो ।' गर्न सकिएजस्तो जोगाउन चाहिँ सकिएला कि नसकिएला ? सार्कका नाममा बनेका संरचना र सहरमा छाएको हरियाली कायम रहला कि नासिएला ? अहिले सर्वसाधारणमा यसको चिन्ता छ ।