जगदीश्वर पाण्डे पत्रकार, लेखक र अनुसन्धानकर्ता हुन् । उनी ‘कान्तिपुर दैनिक’ पत्रिकासँग आबद्ध छन् । कान्तिपुरमा वरिष्ठ उपसम्पादक रहेका उनी विदेश मामिला, सुरक्षा र राजनीतिक विषयमा कलम चलाइरहेका छन् । विगत एक दशकदेखि पत्रकारिता गर्दै आएका उनले यस अघि अग्रेंजी पत्रिका ‘द हिमालयन टाइम्स’ मा प्रिन्सिपल करेस्पोन्डेन्टको रुपमा पनि काम गरेका थिए । पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट अग्रेंजी साहित्यमा स्नातकोत्तर गरेका छन् । भारतको चेन्नाईमा रहेको एसियन कलेज अफ जर्नालिज्जम (एसीजे) बाट पोष्ट डिप्लोमा कोर्स पनि गरेका छन् । पाण्डेले नेपालको परराष्ट्र मामिला सम्बन्धको थिंक–ट्यांक संस्था परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले कोभिड–१९ को दौरान ‘नेपाल इफोर्ट टु एड्रेस्ट कोभिड–१९ क्राइसिस थ्रु इन्टरनेशनल इन्गेजमेन्ट’ प्रतिवेदन तयार गर्न अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पाण्डे ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथि किताब–२०१४’ का लेखक हुन् । उनी आमसञ्चार विषय पढाउने काम पनि गर्छन् । साथमा उनी मिडिया लिट्रेसीको बारेमा बहस गर्न रुचाउँछन् । पत्रकार पाण्डेसँग नेपालमञ्चले पत्रकारिता विषयमाथि गरेको कुराकानीको सम्पादित अंशः
-तपाई एक दशकदेखि पत्रकारितामा हुनुहुन्छ । पहिले र अहिलेको पत्रकारितामा के फरक पाउनुभएको छ?
म अहिलेको पत्रकारिताबारे एक लाइनमा भन्नुपर्दा अहिले पत्रकारिता स्वतन्त्र भएको देख्छु । हो, मान्छेहरु भन्ने गर्छन्, पत्रकारितालाई सरकारले कन्ट्रोल ग¥यो । पत्रकारितालाई व्यापारीले कन्ट्रोल गरे । तर त्योसँगै अहिले सोसल मिडिया पत्रकारिताको एक प्रमुख भागेदार बन्न पुगेको छ । सोसल मिडियामा लेख्दैमा वा पोष्ट गर्दैमा त्यसलाई पूर्ण रुपमा पत्रकारिता भन्न मिल्दैन । किनकी त्यसमा मिडिया हाउसमा जस्तो जिम्मेवारीवोध हुन्न ।
दुई मुलुकका बीच विगत एक सय वर्षदेखि नै युद्ध चलिरहेको छ । लिग अफ नेसन्स र संयुक्त राष्ट्र संघले पनि यो युद्धको शृंखलालाई रोक्न सकेको छैन । ओस्लो सम्झौता सहमति नजिक पुगे पनि फेरि दुवै मुलुकका दक्षिण पन्थी र कट्टरपन्थीका कारण युद्ध रोकिन पाएको छैन । यस पटक ११ दिनमा युद्ध विराम भए पनि फेरि अर्को युद्ध कहिले होला भनेर दिन गरेर बस्नु बाहेक अन्य कुनै अवस्था देखिन्न ।
जगदीश्वर पाण्डे
केहि समय अघि नेपालका लागि इजरायलका राजदुत हनान गोडरस“गको मेरो पहिलो भेटमा उनले मलाई सोधेका थिए, ‘परराष्ट्र सम्बन्ध रिर्पोटिङ बाहेक अन्य के गर्नुहुन्छ ।’ मैले उत्तर दिए“,‘त्यस बाहेक नेपाली सेना र राष्ट्रिय सुरक्षाको सम्बन्धी रिर्पोटिङ गर्छु ।’ लगतै गोडरले थपिहाले,‘नेपाली सेना र सुरक्षा ! हाम्रो इजरायलमा त चिन अफ आर्मी स्टाफ राती सुत्दा पनि एउटा आ“खा खुल्लै राखेर सुत्ने गर्छन् । उनीहरुको दुवै आ“खा बन्द कहिल्यौ पनि हुन्न ।’
राजदुत गोडरको उक्त भनाईले पश्चिम एसिया (पश्चिमाहरु मध्यपूर्व भन्छन्) मा रहेको मुलुक इजरायल कस्तो अवस्थाबाट गुज्रिरहेको हुन्छ र त्यहा कति सुरक्षाको थ्रेट छ भन्ने स्पष्ट पार्छ । गोडरले भने जस्तै इजरायलका सैनिक प्रमुखले राती पनि एक आखा खुला गरेर नसुतेको भए, वैशाख २७ गते राती प्यालेस्टाइनको गाजा क्षेत्रबाट त्यहा“को एक इस्लामिक समूह हमासले इजरायलका विभिन्न शहरहरुमा गरेको दर्जनौं रकेट आक्रमण गर्दा ७ जना नागरिकको मात्र ज्यान जाने थिएन । इजरायल त्यहि राती नै तहस–नहस हुन्थ्यो होला ।