Pages

इजरायल–प्यालेस्टाइन युद्धको अन्तरकथा


दुई मुलुकका बीच विगत एक सय वर्षदेखि नै युद्ध चलिरहेको छ । लिग अफ नेसन्स र संयुक्त राष्ट्र संघले पनि यो युद्धको शृंखलालाई रोक्न सकेको छैन । ओस्लो सम्झौता सहमति नजिक पुगे पनि फेरि दुवै मुलुकका दक्षिण पन्थी र कट्टरपन्थीका कारण युद्ध रोकिन पाएको छैन । यस पटक ११ दिनमा युद्ध विराम भए पनि फेरि अर्को युद्ध कहिले होला भनेर दिन गरेर बस्नु बाहेक अन्य कुनै अवस्था देखिन्न । 


जगदीश्वर पाण्डे 

केहि समय अघि नेपालका लागि इजरायलका राजदुत हनान गोडरस“गको मेरो पहिलो भेटमा उनले मलाई सोधेका थिए, ‘परराष्ट्र सम्बन्ध रिर्पोटिङ बाहेक अन्य के गर्नुहुन्छ ।’  मैले उत्तर दिए“,‘त्यस बाहेक नेपाली सेना र राष्ट्रिय सुरक्षाको सम्बन्धी रिर्पोटिङ गर्छु ।’ लगतै गोडरले थपिहाले,‘नेपाली सेना र सुरक्षा ! हाम्रो इजरायलमा त चिन अफ आर्मी स्टाफ राती सुत्दा पनि एउटा आ“खा खुल्लै राखेर सुत्ने गर्छन् । उनीहरुको दुवै आ“खा बन्द कहिल्यौ पनि हुन्न ।’

राजदुत गोडरको उक्त भनाईले पश्चिम एसिया (पश्चिमाहरु मध्यपूर्व भन्छन्) मा रहेको मुलुक इजरायल कस्तो अवस्थाबाट गुज्रिरहेको हुन्छ र त्यहा कति सुरक्षाको थ्रेट छ भन्ने स्पष्ट पार्छ । गोडरले भने जस्तै इजरायलका सैनिक प्रमुखले राती पनि एक आखा खुला गरेर नसुतेको भए, वैशाख २७ गते राती प्यालेस्टाइनको गाजा क्षेत्रबाट त्यहा“को एक इस्लामिक समूह हमासले इजरायलका विभिन्न शहरहरुमा गरेको दर्जनौं रकेट आक्रमण गर्दा ७ जना नागरिकको मात्र ज्यान जाने थिएन । इजरायल त्यहि राती नै तहस–नहस हुन्थ्यो होला । 




प्यालेस्टाइनी भाषामा भन्दा हमास इजरायलले जफत गरेको आफ्नो मुलुकको भूभागलाई फिर्ता ल्याउनको लागि संघर्ष गरिरहेको एक मुस्लिम संगठन हो । इजरायली, अमेरिकी र केहि अन्य पश्चिमा मुलुकको भाषामा हमास एक आतंककारी समूह हो, जसको सम्बन्ध अलकायदासम्म पनि छ । 

उक्त हमास समूहको आक्रमणबाट बचाउनको लागि इजरायलको सबैभन्दा महत्वपूर्ण सुरक्षा प्रविधि आइरन डोम (जसले विपक्षीहरुले प्रहार गरेको रकेट लगायत अन्य क्षेप्यात्रहरुलाई आकाशमै रोकेर निस्क्रिय पार्ने काम गर्छ) प्रयोग गर र सुरक्षा सजकता चौबिसै घन्टा तयार हुन्छन् । यस पटक हमासको आक्रमणपछि इजरायलले त्यसको प्रतिरोध गर्दै गाजा क्षेत्रमा आक्रमण ग¥यो । उक्त आक्रमणले प्यालेस्टाइनतर्फ दुई सयभन्दा बढीको ज्यान गइसकेको छ । 

इजरायलमा जस्तो प्राविधि युक्त सुरक्षाको प्रतिरोध क्षमता भएको आइरन डोम जस्ता प्रविधि प्यालेस्टाइनको इस्लामिक समूह हमासस“ग छैन । जसले गर्दा सुरुआतमा आक्रमण गर्ने हमास रहेको गाजा क्षेत्रमा बढी मानवीय र भौतिक क्षति बढी भएका छन् । इजरायलतर्फ भने ठूलो मानवीय र भौतिक क्षति बढी हुन पाएको छैन ।

‘इजरायलको सुरक्षा संयन्त्र बलियो भएको कारणले गर्दा आकाशमा आइरन डोमले विपक्षीले प्रहार गरेको रकेटलाई निस्क्रिय पारिरहेको छ भने जमिनमा डर भए पनि दैनिकी चलिरहेकै छ । सुरक्षा खतरा हु“दा साइरन बज्छन् । त्यस बेला सतर्कता अपनाउनु पर्छ । बढी खतरा भए, हरेक घरमा बंकर हुन्छन् । त्यहा“ गएर बस्नु पर्छ,’ इजरायली शहर तेल अबिबमा रहेकी इजरायलको लागि नेपालकी राजदुत अन्जान शाक्ले बताइन् । उनले अहिलेको यो द्धन्द्ध सन् २००० पछि कै सबैभन्दा ठूलो रहेको इजरायलीहरुले चर्चा गरिरहेको पनि जानकारी दिइन् । 

...

‘साच्चै भन्दा प्यालेस्टाइन र इजरायल बीचको द्धन्द्ध बुझ्न किताब वा लेख पढेर मात्र बुझिने अवस्था छैन । यी दुई मुलुक बीचको विभिन्न समयमा निस्किएर नक्साहरु र स्थलगत भ्रमण गरेपछि मात्र त्यहा“को द्धन्द्धलाई थप प्रष्ट रुपमा बुझ्न सहज हुन्छ,’ सन् २०१७ मा भारतको चेन्नाई शहरको एसियन कलेज अफ जर्नालिज्म (एसीजे) मा अन्तर्राष्ट्रिय सम्बन्धको विषय अन्तरगत ‘प्यालेस्टाइन र इजरायल बीचको युद्ध’ बारे पढाउने क्रममा लेक्चर्र स्टान्ली जोनीले भनेका थिए । उनी भारतको पत्रिका ‘द हिन्दु’ का विदेश मामिला सम्पादक हुन् र उनीसग विभिन्न समयमा इजरायल, प्यालेस्टाइन, सिरिया, साउदी अरेबिया, इराक लगायत दक्षिण पूर्वी एसियाको स्थगत रिर्पोगिङ पनि गरेको अनुभव छ । 

लगतै उनले कक्षा कोठा को अगाडि रहेको ह्वाइट बोर्डमा इजरायल र प्यालेस्टाइनको नक्सा देखाए । र, भन्न थाले,‘यी बा“कि रहेका साना टुक्रा जस्ता प्यालेस्टाइन हुन् । ठूलो भूभाग चाहि अहिले इजरायलीहरुको कब्जामा छ । दक्षिण पूर्वी भागमा प्यालेस्टाइनको कट्टर इस्लामिक समूह हमालले शासन गर्छ । मध्य उत्तर तिर रहेको क्षेत्र जेरुसेलन हो । र, योस“गै उत्तर भागमा पूर्व र पश्चिम फैलिएको क्षेत्रलाई ‘वेस्ट बैंक’ क्षेत्र भनिन्छ ।’ 


वेस्ट बैंकको सीमाना जोर्डनस“ग, गाजा क्षेत्रको सिमाना मेडिटेरियन समुन्द्र र इजिप्टस“ग जोडिन्छ । प्यालेस्टाइन र इजरायलको पश्चिमी सीमाना भने लेबनान र सिरियासग जोडिएको छ । यहा मैले दुवै मुलुकको सीमानाको एउटै मुलुकस“ग जोडिएको किन भनिरहेको छु भने दुई मुलुक बीचमा अहिलेसम्म आधिकारिक रुपमा सीमाना विभाजन भएको छैन । 

इजरायल र प्यालेस्टाइन पुगेर स्थलगत रिर्पोटिङ पत्रकार जोनी भने,‘इजरालभित्र प्यालेस्टाइन थियो । प्यालेस्टाइन भित्र इजरायल । कुन भूभाग कसले भनेर छुट्याउनै गाह्रो । तर दुई मुलुक बीचको फरक छुट्टाउने एउटै मापदण्ड थियो, उनीहरुको लग्वाई, खवाई र बसाई । इजरायली क्षेत्रमा पुग्ने वित्तिकै सबै कुरा व्यवस्थित देखिन्थ्यो । तर प्यालेस्टाइनीहरुको क्षेत्रमा गरिबी देखिन्थ्यो ।’ 

.....

संयुक्त राष्ट्र संघ (यूएन) ले भने हालसम्म इजरायललाई मात्र देशको मान्यता दिएको छ, प्यालेस्टाइनलाई अहिलेसम्म कुनै पनि मुलुकको दर्जा दिएको छैन । तर यूएनको सन् १९७४ को महासभाले भने प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) लाई भने मान्यता दिएका थियो । इजरायललाई सन् १९४८ मा नया“ मुलुकको मान्यता दिएको हो । 

सन् २०१९ को डिसेम्बरसम्म यूएनका १९३ सदस्य मुलुक मध्ये १६२ मुलुकहरुले इजरायललाई नया मुलुकको रुपमा मान्यता दिएका छन् । जसमा नेपाल पनि पर्छ । यूएनका ३१ सदस्यहरुले अझै इजरायललाई देशको दर्जा दिएका छैनन् । 

पश्चिमा ब्लक अर्थात् अमेरिकी, बेलायत समर्थन हुने मुलुकहरुले इजरायललाई साथ दिइरहेका छन् । मुख्य गरि इरान, टर्की र मुस्लिम मुलुकहरुको भने प्यालेस्टाइनलाई साथ छ । छोटकरीमा भन्दा शीत युद्धकालीन बाछिटाहरु इजरायल र प्यालेस्टाइनको द्धन्द्धमा पनि मिसिएको छ । अन्य मुलुकहरुले आफ्नो स्वास्र्थको लागि इजरायलको यहुदी जाती र प्यालेस्टाइनको मुस्लिम जाति बीचको झगडालाई पर्दा पछाडिबाट प्रयोग गरेको पनि प्रष्ट देखिन्छ । जसलाई अग्रेजीमा ‘प्रोक्सी वार’ भनिन्छ । अगाडि नआउने र अरुलाई प्रयोग गरेर आक्रमण गर्ने प्रवृत्ति हो । 

..... 

राष्ट्र संघले सन् १९९७ मा ‘जेरुसेलमको अवस्था बारे’ तयार पारेको रिर्पोट अनुसार पहिलो विश्व युद्ध सन् १९१४ मा सुरु हुनु चार वर्ष अघिसम्म उक्त प्यालेस्टाइन क्षेत्र टर्कीको इस्लामिक अटोमन शासकले शासन गरेका थिए ।  सन् १९२२ मा आएर अटोमन शासन गणतन्त्र टर्कीमा परिणत भयो । पहिलो विश्वयुद्धपछि टर्कीमा परिणत हुनु अघि अटोमनहरुले दक्षिणी यूरोप, पश्चिम एसिया तथा मेडिटेरियन समुन्द्री तटीय क्षेत्रका मुलुकहरुमा शासन चलाएको इतिहास छ । 

ती अटोमनहरुले अहिलेको प्यालेस्टाइन र इजरायल रहेको क्षेत्रमा पनि शासन गरेका थिए । पहिलो विश्वयुद्धपछि संसारभरै अग्रेंजको शक्तिशाली बन्यो । उनीहरुले प्यालेस्टाइन र इजरायल रहेको क्षेत्रमा आफ्नो पकड जमाए । अग्रेंजले अटोमन शासनको अन्त्यतिरै देखि पश्चिम एसियाली क्षेत्रहरुमा पनि आफ्नो प्रभुत्व जमाइसकेका थिए । दोस्रो विश्वयुद्धपछि बेलायतले उक्त क्षेत्र छाड्ने बेलामा इजरायलको समर्थन गरिदियो ।  

त्यसैले प्यालेस्टिाइनीहरु १९ औं शताब्दीको अन्त्यतिर देखि नै प्यालेस्टाइनमा औपनिवेशकको सुरुआत भएको मान्छन् । त्यहि अवधिमा उक्त क्षेत्रमा युहदीवाद (जाइयनिजम) को अस्तित्वमा आएको उनीहरुको ठहर छ । प्यालेस्टाइनका प्रख्यात नेता तथा प्यालेस्टाइनी जनताको प्रतिनिधित्व गर्दै आएको संगठन पीएलओका तत्कालिन प्रमुख यासेर अराफातले सन् १९७४ नोभेम्बर १३ तारिखमा राष्ट्र संघको साधारण सभामा भाषण दिने क्रममा भनेका थिए,‘आप्रवासीहरुले अफ्रिकामाथि उपनिवेश कामय गरेकै शैलीमा यूरोपेली आप्रवासीहरुको सहायताले प्यालेस्टाइनलाई पराधीन गर्नु यहुदीवादको उद्देश्य थियो ।’ 

काइरोमा सन् १९६९ मा भएको प्यालेस्टाइन नेशनल काउन्सिल (पीएनसी) ले अराफातलाई पीएलओको प्रमुखको रुपमा नियुक्त गरिएको थियो । पीएलओ सन् १९६४ मा स्थापना गरिएको थियो । यो संगठन बनाउनुको मुख्य उद्देश्य प्यालेस्टाइनी जनतालाई प्रतिनिधित्व गर्नु र स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना गर्नु हो । 

यसको हेडक्वाटर बेस्ट बैंक क्षेत्रमा रहेको छ ।  सुरुआती दिनमा पीएलओको लक्ष्य शसस्त्र द्धन्द्ध गरि अगाडि बढ्ने नै थियो । जसलाई अमेरिका र इजरायलले त आंतककारीको बिल्ला नै भिडाएका थिए । तर पछि पीएलओ एक राजनीतिक संगठनको रुपमा रह्यो । सन् २००४ मा मृत्यु हुनु अघि अराफातले ३५ वर्ष उक्त संगठनको नेतृत्व गरे ।  सन् १८८१ देखि आफूहरुमाथि यहुदीहरुको आक्रमण भएको मान्छन्, प्यालेस्टाइनीहरु । त्यस अघि उक्त क्षेत्रमा अधिकाशं मुसलमान र इसाई रहेको उनीहरुको दाबी छ । 

प्यालेस्टाइनीहरु सन् १८८१ को समयमा इजरायलमा २० हजार यहुदीमात्र रहेको दाबी गर्छन् । तर सन् १८८२ र सन् १९१७ को बीचमा यहुदीबादी अभियान अन्तरगत करिब ५० हजार यहुदीलाई प्यालेस्टाइनमा स्थापित भएको मान्यता छ । त्यसरी यहुदीको संख्या बढ्नुलाई बेलायती नागरिक सिसिल जोन रोड्स (जसलाई यहुदीवाका प्रणेताको रुपमा पनि चिनिन्छ) ले डेर जुरेन्स्टेट (यहुदीको राज्य) शीर्षको किताब प्रकाशनमा ल्याएर यहुदी राज्य स्थापनाको लागि खाका तयार पारिदिएको मानिन्छ ।  

इजरायलीहरुलाई अग्रेंजको तर्फबाट थप सहयोगको रुपमा ‘बाल्फर घोषणा’ बाहिर आयो । बेलायती विदेशमन्त्री आर्थर जेम्स बाल्फरले यहुदी बृद्धिजीवी लर्ड ¥याथ्सचाइल्डलाई सन् १९१७ नोभेम्बरमा देखेको पत्रमा ‘मध्यपूर्वमा यहुदी मुलुक निर्माणमा बेलायती सहयोग रहने घोषणा गरेका थिए । जसले गर्दा प्यालेस्टाइनलाई थप धक्का पुग्यो र इजरायललाई फाइदा भयो । उक्त घोषणालाई अराफातले यहुदीबाद र साम्राज्यवाद बीचको गठजोडलाई पुनः प्रदर्शन गरेको भन्ने संज्ञा दिएका छन् । अराफातले यहुदीवादी धर्मशास्त्रलाई प्यालेस्टाइनी जनताविरुद्ध प्रयोग गरेको बताएका छन् । 

पहिलो विश्व युद्धकै दौरानमा सन् १९२० मा स्थापना भएको संस्था ‘लिग अफ नेसन्स’ ले पनि उक्त समस्यालाई समाधान गर्न सकेन । यस्तै, विफलताकै कारण पछि सन् १९४५ मा पुगेर संयुक्त राष्ट्र संघको स्थापना भयो । राष्ट्र संघ पनि अहिलेसम्म विश्वका अन्य धेरै समस्यालाई जस्तै यसलाई पनि समाधान गर्नबाट पूर्ण रुपमा चुकेको प्रष्ट देखिन्छ । 

प्यालेस्टाइनीहरु दोस्रो विश्वयुद्धपछि यूरोपलगायत महादेशका विभिन्न मुलुकमा बसोबास गर्ने यहुदीलाई इजरायलमा लगेर त्यहा“को नागरिक बनाउने अभियान चलाइएको मान्छन् । जसको कारणले गर्दा सन् १९४७ सम्म आइपुग्दा यहुदीको संख्या ६ लाख पुगे र उनीहरुले आफ्नो मुलुकको  ६ प्रतिशत कृषि योग्य जमिन कब्जा गरेको प्यालेस्टाइनहरुको ठम्याई छ । त्यस बेला प्यालेस्टाइनीहरुको जनसंख्या १२ लाख ५० हजार थियो । अहिले इजरायलमा यहुदीको जनसंख्या करिब ९२ लाख छ भने प्यालेस्टाइनीको जनसंख्या करिब ५२ लाखमात्र रहेको छ । 

राष्ट्र संघले सन् १९४७ मा उक्त भूभागलाई तीन भागमा विभाजन गर्ने निर्णय ग¥यो । यहुदी राज्य र प्यालेस्टाइनी अरब राज्य तथा तीन धर्महरु इसाई, यहुदी र इस्लामिकको धार्मिक केन्द्र जेरुसेलमलाई राष्ट्र संघकै निगरानीमा राख्ने निर्णय ग¥यो । त्यस बेला कुल भूभागको ५७ प्रतिशत इजरायल र ४३ प्रतिशत प्यालेस्टाइनलाई भाग लगाउने निर्णय भएको थियो । 

त्यस बेला राष्ट्र संघको उक्त प्रस्तावलाई इजरायलले स्वीकार गर्ने वाचा गरे पनि प्यालेस्टाइनले आफ्नो मुलुकमा अरु कसैको पनि हस्तक्षेत भएको आफूलाई मान्य नहुने प्रष्ट पा¥यो । अन्य अरबी मुलुकहरुले पनि यूएनको उक्त प्रस्तावलाई नमान्ने घोषणा गरे । जसको कारणले गर्दा इजरायल र अरबी मुलुक बीचमा पटक–पटक युद्ध भयो । जसलाई ‘अरब–इजरायल युद्ध’ को नामले पनि चिनिन्छ । 

सन् १९४८ पछि इस्लामिक मुलुकहरु बीचमा बसेको इजरायलको यहुदी र छिमेकी मुलुकहरु बीच पटक–पटक युद्ध भए । कुनैमा इजरायलले जित्न सफल भयो भने कुनैमा उसलाई अरुको साथ चाहियो । र, पछिल्लो समय भने इजरायलले अरबी मुलुकस“ग पनि सम्बन्ध जोड्न थालिसकेको छ । नया“ प्रविधि, आर्थिक विकास र अन्य रुपमा बलियो भएपछि अरबका मुलुकहरुले पनि फाइदाका लागि इजरायलको साथ दिएका छन् । जसले प्यालेस्टाइनलाई थप पिडित बनाएको छ ।  

सन् १९५६ मा इजरायलले फ्रान्स र बेलायतस“ग मिलेर इजिप्टमाथि हमाला ग¥यो । सन् १९६७ मा इजिप्टमाथि अप्रत्यासित हमला गरी इजरायलले इजिप्टसहित जोर्डन र सिरियालाई एकै पटक पराजित गरेको थियो । ६ दिनभित्र इजरायलले विजय हासिल गरेको यो युद्धलाई ‘६ दिने युद्ध’ को नामले पनि चिनिन्छ ।  

सन् १९७३ मा इजिप्ट र सिरियाले इजरायलमाथि अप्रत्याशित हमला गर्दा इजरायल रनभुल्लमा परेको थियो । युद्ध अवधिभर इजरायलमाथि ठूलो दबाब सिर्जना भएको थियो । राष्ट्र संघको सक्रियतामा युद्ध विराम गरिएपछि मात्रै युद्ध साम्य भएको थियो । सोभियन संघले इजिप्ट र सिरिया गठबन्धनलाई र अमेरिकाले इजरायलाई दह्रो सहयोग गरेको अवस्था निकै जटिल बनेको थियो । 

यहुदीहरुको सबैभन्दा पवित्र दिनमा मनाइने ‘योम किपुर’ पर्व मनाइरहेकै बेला इजरायलमाथि हमला भएकोले यसलाई ‘योम किपुर युद्ध’ पनि भनिन्छ । यस अघिको युद्धमा इजरायलले हत्याएको इजिप्टको भूभागमाथि इजिप्टले पुनः कायम गरेको थियो । पछि इजरायलले सन् १९७९ मा इजिप्टस“ग र सन् १९९४ मा जोर्डनस“ग शान्ति सन्धि ग¥यो । छिमेकमा पनि मित्र बढाउने सिलसिलामा इजरायलले सन् २००० मा अन्य नजिकका मुलुकहरु बहराइन, यूएई, सुडान र मोरक्कोस“ग द्धीपक्षीय कुटनीतिक सम्बन्ध स्थापना गरेको गरिसकेको छ । 

साउदी अरेबिया र अमेरिकाको राम्रो सम्बन्धका कारण अहिले साउदीस“ग पनि सम्बन्ध स्थापनाको लागि अघि बढेको छ । अमेरिकी सहयोग कै कारण अन्य मुलुकहरुस“ग पनि इजरायलले सम्बन्धको विस्तार गरिरहेको छ । अमेरिका इजरायलको सबैभन्दा ठूलो हतियार निर्यात गर्ने मुलुक पनि हो । 

अमेरिकी कंग्रेसका लागि सन् २०१३ मा गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार सन् २००७ मा अमेरिका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनले सन् २००९ देखि लागु हुने गरि इजरायललाई १० वर्षमा ३० अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोग प्याकेज उपलब्ध गराउने घोषणा गरेको थियो । अहिले पनि जो बाइडेन प्रशासनले दुई मुलुक बीचमा द्धन्द्ध चम्किरहेकै बेलामा इजरायललाई ७३५ मिलियन अमेरिकी डलर बराबरको हतियार बेच्ने बताएको छ । 

यसै साता अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोस्टले बाइडेन प्रशासनले इजरायललाई हरियार बेच्ने प्रस्तावलाई सहयोग गरेको हो । अर्कोतर्फ बाइडेनले भने दुवै मुलुकलाई हिंसात्मक गतिविधि रोक्नको लागि आह्वान गरिसकेका छन् । तर बेलायती मिडिया बीबीसीका अनुसार अमेरिकाले राष्ट्र संघको सुरक्षा परिषद्मा हिंसा बन्द गर्न आह्वान गरिएको संयुक्त वक्तव्य जारी गर्न भने मानिरहेको छैन । 

अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ भन्ने अर्को ठूलो प्रभाव हो, सन् २०१८ मा टम्प प्रशासनले तेल अबिबबाट जेरुसेलममा आफ्नो राजदुतावासलाई सार्नु । जसले गर्दा अन्य मुलुकहरुले पनि इजरायलमा रहेको राजदुतावासलाई सार्न थालेका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय रुपमै जेरुसेलमलाई विवादित भूमि नभई इजरायलको राजधानी हो भन्ने मान्यता दिन मद्दत पुगेको छ । 

.........

सन् १९४७ मा जेरुसेलम शहरलाई अन्तर्राष्ट्रिय निगरानीमा राख्ने भने पनि सुरुआतमा जोर्डन र पछि सन् १९६७ पछि इजरायलले नै त्यस क्षेत्रको नियन्त्रण गरिएको छ । उक्त शहरमा तीन धर्मालम्बीको आ–आफ्नै दाबीको कारणले उक्त क्षेत्रलाई आ–आफ्नो दाबी गर्नाले हिंसात्मक गतिविधि रोकिने छाटकाट छैन । जसले गर्दा इजरायल र प्यालेस्टायनको युद्धलाई थप बढावा दिइरहेको छ । इसाई धमालम्बीहरु जेरुसेलम क्षेत्रमा आफ्नो धार्मिक चर्च सेपुलर रहेको मान्छन् । उनीहरु क्षेत्र यशु भगवानको मृत्यु, क्रसमा राखेर झुन्डाईए मारिएको र पुनरजन्मको केन्द्रविन्दू भएको दाबी गर्छन् । 

अधिकास इसाईहरुमा त्यहा“को कलभरीको पहाड भित्र क्राइस्टको चिहान छ भन्ने मान्यता छ । जेरुसेलम शहरसहित गेस्थेमाने बगैंजामा जेसस क्राइस्टले प्रार्थना गरेको र उनी आफ्ना भक्तहरुस“ग मिलेर आफूलाई क्रसमा झुन्डाउनुभन्दा एक रात अघि समय बिताएको मानिन्छ । जसले गर्दा संसारभरका इसाईहरु उक्त क्षेत्रलाई बढी महत्व दिन्छन् । 

अर्कोतर्फ यहुदी धर्मको पनि आफ्नो कथा छ । यहुदीहरु जेरुसेलमको ‘माउन्ट टेम्पल’ अर्थात् माउन्ट मन्दिर भएको क्षेत्रमा हजारौं वर्ष अघिदेखि आफ्नो केन्द्रको रुपमा मान्छन् । उनीहरु त्यहा“ भगवान बस्ने गरेको र अब्राहमले आफ्नै छोरा  इस्हाकलाई बली चढाउनको लागि तयार पारेको कथा छ । यहुदीहरु जेरुसेलम र माउन्ट मन्दिरलाई अघि पारेर प्रार्थना गर्छन् । 

यहुदीहरु जेरुसेलमको पुरानो शहरको मुटुमा रहेको पश्चिमी पर्खाललाई आफ्नो धर्ममा सबैभन्दा पवित्र मान्छन् । यहुदीहरुलाई प्रार्थना गर्नको उक्त मन्दिरको पर्खाललाई सहज मान्छन् । हिब्रु बाइबल तनाखमा उक्त धार्मिक शहर ६६९ पटक र जिओन (जेरुसेलम इजरायलको भूमि हो भन्ने) प्रसंग १५४ पटक उल्लेख गरिएको यहुदीहरुको तर्क छ । 

उक्त स्थानमा रहेको अर्को धर्म हो, इस्लाम । यहुदीहरुलाई जसलाई माउन्ट टेम्पल भनेर परिचय दिन्छन् । त्यसलाई इस्लाम धर्मालम्बीहरु हरम–इस–शरिफको नामले चिन्छन् । उक्त स्थानलाई मुस्लिमहरु साउदी अरेबियामा रहेको दुई मुख्य धार्मिक स्थल मक्का र मदिनापछि तेस्रो ठूलो मुस्लिम धार्मिक स्थलको रुपमा मान्छन् । 

मुस्लिमहरुमा प्रोफेट मोहम्मदलाई देवदुत गाब्रियलले मक्काबाट जेरुसेलममा लगेको विश्वास गर्छन् । त्यहा“ उनले अन्य भक्तहरुस“ग प्रार्थना गरेको र त्यसबाट फर्किनु अघि नै स्वर्ग फर्केको मानिन्छ । जेरुसेलमले माउन्ट टेम्पल बनेको स्थानमा अल–अक्सा मस्जिद र डोम अफ द रक पनि रहेको छ । मुस्लिमहरु यो विश्वास गरिएको छ कि त्यहा“बाट मोहम्मद स्वर्गमा उक्लेको कारणले गर्दा यो इस्लामको दोस्रो स्तम्भ हो । र, दिनको ५ पटक प्रार्थना गर्नुपर्छ । 

त्यसैले पहिले–पहिले मुस्लिमहरु जेरुसेलम पट्टि फर्केर प्रार्थना गर्ने गरेको मानिन्छ । एक धर्मालम्बीले अर्को धर्मालम्बीलाई दुरुव्यवहार गर्नेदेखि उक्त क्षेत्र भित्र नै बन्दुक लगेर मार्ने समेत काम भएपछि फरक धर्मका नागरिकहरु बीचमा द्धन्द्ध चर्किएर दुई मुलुक बीचमा युद्ध भएको घटना पनि छन् । 

........

यहुदीलाई विश्वकै एक अल्प संख्यक जातिको रुपमा लिइन्छ ।  इजरायलीहरु ६० लाख यहुदीलाई हिट्लरले ग्यास चेम्बरमा हालेर हत्या गरेको थिए । तर उक्त घटना भएको लामो समय बिते पनि इरानी नेताहले यहुदी संहारको हालसम्म विरुद्धमा नगरेकोमा गुनासो गर्छन् । इजरायल भने हमासभन्दा पनि यसलाई सहयोग गर्ने मुलुक इरानस“ग बढी आक्रोशित छ । 

किनकी हमासलाई आवश्यक सम्पूर्ण हातहतियारको इजिप्टको बाटो हु“दै सहयोग गर्ने काम इरानले नै गर्छ । इजरायको पहिलो सहयात्री बेलायत थियो भने अहिलेको मुख्य सहयात्री भनेको अमेरिका हो । अमेरिका र इरानको बढ्दो तनाबलाई पनि इजरायलले राम्रोस“ग उपयोग गरेको देखिन्छ । प्यालेस्टाइनीले उक्त भूमि आफ्नो जारी गरे पनि इजरायलीहरु पुर्खादेखि ने आफ्नै रहेको मान्छन् । 

‘इतिहासलाई जतिसुकै बंगाए पनि यहुदी जनता र यहुदी भूमिको चार हजार वर्ष पुरानो सम्बन्धलाई कसैले अस्वीकार गर्न सक्दैन,’ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सन् २०११ मे महिनामा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै भनेका थिए । इजरायली भूमिमा जन्मेका पहिलो प्रधानमन्त्री नेतन्याहुले ‘यहुदीहरुको खरानीबाट मध्यपूर्वमा (नेपालबाट पश्चिम एसिया) इजरायल राज्य स्थापना भएको’ मान्छन् ।

नेतन्याहु प्यालेस्टाइनको पीएलओ संगठनले वार्ता गरेर शान्ति पूर्वक समस्याको समाधान गर्नु पर्ने मान्छन् । नेपालका लागि इजरायलका राजदुत गोडर इजरायलले विद्रोहि आतंककारी हमासस“ग वार्ता नगर्ने बताउछन् । ‘आतंककारी समूहस“ग कसरी वार्ता गर्ने हो? हामी त प्यालेस्टाइनस“ग वार्ताको लागि सधै तयार छौं । एक सय वर्षभन्दा बढी लामो हिंसालाई हामी शान्तिमा बदल्न चाहन्छौं,’ उनको भनाई थियो । गोडरले हमासको आक्रमणविरुद्ध बोल्नको लागि नेपाललाई पनि आग्रह गर्छन् । भन्छन्,‘इजरायलस“ग आफूलाई रक्षा गर्न पाउने अधिकार छ ।’

...  

यूएनले मिलाउन नसकेको इजरायल र प्यालेस्टाइन बीचको समस्या  ओस्लो सम्झौताले हल गर्न सक्ने आंकलन गरिएको थियो । सन् १९९३ को अगस्त २० तारिखमा नर्वेको राजधानी ओस्लोमा द्धन्द्धको सामना गर्न इजरायल सरकार र प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पीएलओ) बीच भएको गोप्य सहमति भयो । उक्त सम्झौताको प्रक्रिया अन्तरगत पहिलो सहमति पत्रमा सेप्टेम्बर १३ तारिखमा वासिटनमा इजरायली प्रधानमन्त्री यित्ज्याक रबिन र पिएलओ प्रमुख यासेर अराफातले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको उपस्थितीमा हस्ताक्षर गरेका थिए । 

दोस्रो सहमति पत्रमा यी दुई मुलुक बीच हस्ताक्षर भने सन् १९९५ मा इजिप्टमा भएको थियो । सोहि सम्झौता अनुसार पीएलओले प्यालेस्टाइनी भूभागहरु बेस्ट बैंक र गाजामा शासन गर्ने भनिएको थियो । सम्झौताले इजरायलले पीएलओ र पीएलओले इजरायललाई मान्यता दिएर समस्याको हल गर्दै जाने निर्णयमा पु¥याएको थियो । 

उक्त सम्झौतामा ए, बी र सी ब्लक गरि इजरायल र प्यालेस्टाइनको भूभागलाई बाडिएको थियो । ‘ए’ ब्लकमा प्यालेस्टाइनको कन्ट्रोल, ‘बी’ ब्लकमा प्यालेस्टाइन र इजरायल दुवैको कन्ट्रोल र ‘सी’ ब्लकमा इजरायलको कन्ट्रोल हुने तथा अन्य समस्या हल गर्दै जाने बिषयमा सहमति भएको थियो । इजरायलीहरुले आफ्नो वस्तीहरुलाई बढाएको कारणले प्यालेस्टाइनीहरु बेस्ट बैंक क्षेत्र र गाजा क्षेत्रमा खुम्चिनु पर्ने बाध्यता भयो । 


उक्त सम्झौतालाई लिएर इजरायली प्रधानमन्त्री रबिन र पिएलओ प्रमुख अराफातलाई सन् १९९५ नोबल विश्व शान्ती पुरस्कार समेत दिइयो । तर उक्त सम्झौतालाई लिएर इजरायल र प्यालेस्टाइनमा उग्रवादीहरुद्धारा विरोध हुन थाल्यो । प्यालेस्टाइनी लेखक एड्वार सइददेखि हमाससम्मले विरोध ग¥यो र त्यो सम्झौता नमान्ने बतायो । अर्को तर्फ इजरायली प्रधानमन्त्री रबिनलाई त प्यालेस्टाइनीस“ग सम्झौता गरे भन्दै सन् १९५५ अन्त्यमा यहुदीले नै भारतमा महात्मा गान्धीका अनुयायी राथुराम गोत्सेले गोली हानी हत्या गरेको जस्तै गरि तेल अबिब शहरमा सार्वजनिक रुपमा मारिदिए । 

अब इजरायलबाट उक्त सम्झौतालाई अघि बढाउने रबिन जस्ता नेता भएका भएनन् । उता पीएलओका प्रमुख अराफातले पनि सम्झौतालाई कार्यान्वयन गर्ने वातावरण बनाउन नै सकेन । प्यालेस्टाइन र इजरायल दीर्घकालिन शान्तिको नजिक पुगेर फेरि युद्धमा फर्कियो । जसको कारण त्यसको ५ वर्षपछि नै सन् २००० मा दुई मुलुक बीचमा फेरि ठूलो द्धन्द्ध भयो । 

एकातर्फ इजरायलको दक्षिणपन्थी सरकार र अर्कोतर्फ सन् १९८७ बाट अगाडि आएको प्यालेस्टाइनको हमासको क्रियाकलापले दुई मुुकुल बीच शान्ति हुन सकेको छैन । हमास कुनै पनि हालतमा इजरायललाई पराजित गरेर सम्पूर्ण भूभाग पाउने अभियानमा छ । अहिले हमासले इजरायलमाथि गरेको आक्रमणको मुख्य उद्देश्य पनि त्यसैको निरन्तरता हो । ‘इजिप्टको इस्लामिक ब्रदरहुड मुभमेन्ट’ बाट जन्मिएको हमास सुरुआतमा गाजा क्षेत्रमा इस्लामको धार्मिक स्थल मस्जिदको सञ्जालमार्फत विभिन्न खालको सामाजिक काम गर्दै अघि बढेको संगठन हो । 

हमास सन् १९९७ मा निर्वाचनमा आउन मानेन र त्यसपछि प्यालेस्टाइनकी पीएलओ पार्टीस“ग आन्तरिक द्धन्द्धमा लाग्यो । साथै, उसले इजरायलविरुद्ध आत्मघाती बम आक्रमण गर्न समेत थाल्यो । तर हमासले सन् २००६ मा गाजा क्षेत्र र वेस्ट बैंकमा भएको निर्वाचनमा सेकुलर प्यालेस्टाइनी नेशनालिस्ट पार्टीलाई हराएर निर्वाचन जित्यो । ३६५ स्क्वायर किलो मिटर क्षेत्रफल गाजा क्षेत्रमा हमासले अहिले नियन्ण दिएको छ  । अहिले करिब १८ लाख बसोबास प्यालेस्टाइनी बसोबास गर्छन् । प्यालेस्टाइनको अर्को भाग वेस्ट बैंक क्षेत्रमा पीएलओको र फतेह नामको राजनीतिक पार्टीले शासन गरिरहेका छन् । 

दुई मुलुक बीच झन्डै १०० वर्षदेखि असन्तुष्टि र युद्ध जारी छ । यसको समाधानको लागि लिग अफ नेसन्सदेखि संयुक्त राष्ट्र संघ लागे र ओस्लो सम्झौता पनि भयो । तर दुवै पक्षले कार्यान्वयन नगर्दा समस्या झन् बल्झिदै गरिरहेको छ । यस पटक ११ औं दिनमा पुगेर अन्तर्राष्ट्रिय दबाबपछि युद्ध विराम भएको छ । तर यो युद्ध विराम अर्को युद्ध नहुनु अघिसम्मको लागि मात्र हो । दीर्घकालिन रुपमा यी दुई मुलुक बीचमा शान्ति सम्झौता हुने सम्भावना कम देखिन्छ । 

नेपाल सरकारले यस पटको द्धन्द्धपछि पनि दुवै मुलुकलाई वार्ता गरेर समस्या समाधानको लागि आह्वान त गरिसकेको छ । आशा गरौं, केहि चमत्कार होस् र अमेरिकालगायत ठूलो मुलुकहरुले वार्ताको लागि पहल गरुस् र दुवै मुलुकले शान्ति वार्ताद्धारा समस्याको समाधान छिटै निस्कियोस् ।