जगदीश्वर पाण्डे पत्रकार, लेखक र अनुसन्धानकर्ता हुन् । उनी ‘कान्तिपुर दैनिक’ पत्रिकासँग आबद्ध छन् । कान्तिपुरमा वरिष्ठ उपसम्पादक रहेका उनी विदेश मामिला, सुरक्षा र राजनीतिक विषयमा कलम चलाइरहेका छन् । विगत एक दशकदेखि पत्रकारिता गर्दै आएका उनले यस अघि अग्रेंजी पत्रिका ‘द हिमालयन टाइम्स’ मा प्रिन्सिपल करेस्पोन्डेन्टको रुपमा पनि काम गरेका थिए । पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट अग्रेंजी साहित्यमा स्नातकोत्तर गरेका छन् । भारतको चेन्नाईमा रहेको एसियन कलेज अफ जर्नालिज्जम (एसीजे) बाट पोष्ट डिप्लोमा कोर्स पनि गरेका छन् । पाण्डेले नेपालको परराष्ट्र मामिला सम्बन्धको थिंक–ट्यांक संस्था परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले कोभिड–१९ को दौरान ‘नेपाल इफोर्ट टु एड्रेस्ट कोभिड–१९ क्राइसिस थ्रु इन्टरनेशनल इन्गेजमेन्ट’ प्रतिवेदन तयार गर्न अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पाण्डे ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथि किताब–२०१४’ का लेखक हुन् । उनी आमसञ्चार विषय पढाउने काम पनि गर्छन् । साथमा उनी मिडिया लिट्रेसीको बारेमा बहस गर्न रुचाउँछन् । पत्रकार पाण्डेसँग नेपालमञ्चले पत्रकारिता विषयमाथि गरेको कुराकानीको सम्पादित अंशः
-तपाई एक दशकदेखि पत्रकारितामा हुनुहुन्छ । पहिले र अहिलेको पत्रकारितामा के फरक पाउनुभएको छ?
म अहिलेको पत्रकारिताबारे एक लाइनमा भन्नुपर्दा अहिले पत्रकारिता स्वतन्त्र भएको देख्छु । हो, मान्छेहरु भन्ने गर्छन्, पत्रकारितालाई सरकारले कन्ट्रोल ग¥यो । पत्रकारितालाई व्यापारीले कन्ट्रोल गरे । तर त्योसँगै अहिले सोसल मिडिया पत्रकारिताको एक प्रमुख भागेदार बन्न पुगेको छ । सोसल मिडियामा लेख्दैमा वा पोष्ट गर्दैमा त्यसलाई पूर्ण रुपमा पत्रकारिता भन्न मिल्दैन । किनकी त्यसमा मिडिया हाउसमा जस्तो जिम्मेवारीवोध हुन्न ।
दुई मुलुकका बीच विगत एक सय वर्षदेखि नै युद्ध चलिरहेको छ । लिग अफ नेसन्स र संयुक्त राष्ट्र संघले पनि यो युद्धको शृंखलालाई रोक्न सकेको छैन । ओस्लो सम्झौता सहमति नजिक पुगे पनि फेरि दुवै मुलुकका दक्षिण पन्थी र कट्टरपन्थीका कारण युद्ध रोकिन पाएको छैन । यस पटक ११ दिनमा युद्ध विराम भए पनि फेरि अर्को युद्ध कहिले होला भनेर दिन गरेर बस्नु बाहेक अन्य कुनै अवस्था देखिन्न ।
जगदीश्वर पाण्डे
केहि समय अघि नेपालका लागि इजरायलका राजदुत हनान गोडरस“गको मेरो पहिलो भेटमा उनले मलाई सोधेका थिए, ‘परराष्ट्र सम्बन्ध रिर्पोटिङ बाहेक अन्य के गर्नुहुन्छ ।’ मैले उत्तर दिए“,‘त्यस बाहेक नेपाली सेना र राष्ट्रिय सुरक्षाको सम्बन्धी रिर्पोटिङ गर्छु ।’ लगतै गोडरले थपिहाले,‘नेपाली सेना र सुरक्षा ! हाम्रो इजरायलमा त चिन अफ आर्मी स्टाफ राती सुत्दा पनि एउटा आ“खा खुल्लै राखेर सुत्ने गर्छन् । उनीहरुको दुवै आ“खा बन्द कहिल्यौ पनि हुन्न ।’
राजदुत गोडरको उक्त भनाईले पश्चिम एसिया (पश्चिमाहरु मध्यपूर्व भन्छन्) मा रहेको मुलुक इजरायल कस्तो अवस्थाबाट गुज्रिरहेको हुन्छ र त्यहा कति सुरक्षाको थ्रेट छ भन्ने स्पष्ट पार्छ । गोडरले भने जस्तै इजरायलका सैनिक प्रमुखले राती पनि एक आखा खुला गरेर नसुतेको भए, वैशाख २७ गते राती प्यालेस्टाइनको गाजा क्षेत्रबाट त्यहा“को एक इस्लामिक समूह हमासले इजरायलका विभिन्न शहरहरुमा गरेको दर्जनौं रकेट आक्रमण गर्दा ७ जना नागरिकको मात्र ज्यान जाने थिएन । इजरायल त्यहि राती नै तहस–नहस हुन्थ्यो होला ।
Jagdishor Panday
Recently, Nepali cricket has been in lime light after uplifting two trophies. Nepali team led by dynamic captain Paras Khadka won two cricket series-- One-Day International and Twenty20-- against the UAE in their home soil.
Both series carried three matches each and in the both occasions Nepal came from 0-1 down to won the series 2-1. Surprising it was the first time Nepal won the series after getting ODI statues from the International Cricket Council (ICC).
US government officials and experts have expressed apprehension about China’s flagship multi-trillion-dollar Belt and Road Initiative.
They have warned it could lead to debt trap and undermine sovereignty in the long run, harming the participating countries’ interest. They also said the BRI, introduced by Chinese President Xi Jinping, lacked transparency and was aimed at fulfilling China’s own security and strategic interests rather than promoting economic development.
These views come at a time when Sri Lanka is struggling to repay Chinese debt to build a port in Hambantota at a cost of over US$1 billion due to inability to generate business. The asset and 15,000 acres of land around it have now been handed over to China for 99 years, giving the world’s second largest economy control over territory just a few hundred miles off the Indian coast.
Washington DC, November The US officials and members of think-tanks said the Belt and Road Initiatives (BRI), which was introduced by the Chinese Premier Xi Jinping, is fine if it is only for economy and infrastructure development purpose. They said that they have a concern about countries sovereignty, transparency, and accountability in the world.
Speaking with journalists of South Asian during the 'Amplifying the Indo-Pacific Strategy', they said that the US is always happy to see the countries of the world getting better in-term-of economy and infrastructure field. The US officials and think-tanks members warned over China that in the name of economy and infrastructure development's face, China shouldn't come out with security and strategic plan behind that.
They said China shouldn't cross their economic line through BRI in the world. They said the US always support and favor of BRI (also known as One Belt and One Road) 's plan 'A' which is economic development. But the USA will not support plan 'B' of BRI which is security and strategic point of view.
The USA official said they have focus in the field of power, road and transmission lines project in Nepal. Speaking with the journalist from South Asian during the ‘Amplifying the Indo-Pacific Strategy’ programme here, Alice G. Wells, Principal Acting Deputy Assistant Secretary of State of South and Central Asia for the USA, said in the field of road, power and transmission line sectors the USA has helped Nepal around 500 million dollars.
“In the Million Challenge Cooperation projects we have Nepal in the field of power, roads and transmission lines,” she said. She said the USA has focused on humanitarian and disaster management crisis. Nepal and USA have several joint programmes including joint military drills on humanitarian and disaster management crisis.
She also said the USA and Nepal have historic relation and the USA always wants to work with Nepal and help Nepal.
The USA officials asked Nepal to aware of Chinese project in the country. Jonathan E. Hillman, a Senior Fellow of Simon in Political Economy and Director of Reconnecting Asia Project said the Chinese projects are not viable in Nepal.
Speaking at the programme of ‘Amplifying the Indo-Pacific Strategy’ here in Washington DC with South Asian journalist including from Nepal, Hillman said Nepal citizen are given job with Chinese investment but there are not viable.
Nepal is a part of China’s 26 trillion dollars ambitious project Belt and Road Initiatives (BRI). Till now China has invested in 138 countries around the world.
“There will be no long-term benefit from the Chinese project,” he said, adding, there is no transparency on those project too. He also doubted on those projects’ qualities which were constructed by Chinese.
Alice G. Wells, Principal Acting Deputy Assistant Secretary of State of South and Central Asia for the USA, said Nepal can take benefit from the ‘Built Act’ program, which is created by the USA on the basis of the new International Development Finance Corporation. The USA has come up with 60 billion dollars ‘Built Act’ recently.
It 'Built Act' came as strategically to counter Belt and Road Initiatives (BRI) in the Indo-Pacific region. Nepal is also the part of BRI and the US also wanted to engage Nepal through IDFC.
The US has already given big concern on it. “Two weeks ago my President (Donald Trump) signed Build Act, and under it, we are creating new international development finance corporation. That would have $ 60 billion and investment capacity. In financial supports, there is European Investment bank, Australian, Japanese and we are negotiating with Indian,” Wells said, adding, to work in security as well as peace and prosperity, State Secretary Pompeo has already announced $300 million for additional funds in Indio-Pacific region.
The US official said that they have been committed to this region for well over 70 years since World War II and even before World War II and the US has a vested interest in maintaining security, stability, free and open Indo-Pacific region.
Speaking with South Asian Journalists during the 'Amplifying the Indo-Pacific Strategy program, the Defense official said as a Pacific nation with tremendous regional interests, the United States is committed to the protection and defense the territory of the United States, its people, and interests in the region.
"It's important that we understand that there's a lot of common ground out here for us, that the US, yes we have interests here but we have common interests, we have a common interest in a free and open Indo-Pacific, in access to free markets, in access to free and open navigation to freedom from coercion, freedom from any type of fear," the official said.
जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पु¥याए
जगदीश्वर पाण्डे
मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ, भन्ने कसैलाई सिक्नु छ भने त्यो क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ ।
शक्ति आफैमा ‘गर्ड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टिमका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनका क्रिकेटर साथीहरू यसै भन्छन् ।
नेपाल चौथो विमस्टेक शिखर सम्मेलनको आयोजना गर्ने संघारमा छ । उता, नेपालको एक महŒवपूर्ण साथी राष्ट्रको रुपमा रहदै आएको पाकिस्तानमा नया“ प्रधानमन्त्रीको रुपमा उदय भएको छ, इमरान खानको रुपमा ।
युद्ध, आतंकवाद र गरिबी जस्ता शब्दको विशेषणबाट चिनिने पाकिस्तानको रुप, रेखालाई फेर्छु भनेर खान पाकिस्तानको सबैभन्दा महवपूर्ण पदमा जिम्मेवारी सम्हाल्न आएका छन् । खानले भनिरहेका छन्, पाकिस्तान अब चाहन्छ त केवल शान्तिमात्र ।
अध्यक्ष राष्ट्रको रुपमा रहेको नेपालले चौथो विमस्टेक शिखर सम्मेलन काठमाडौंमा आयोजना गरिरहदा पक्कै पनि इस्लामाबादका प्रतिनिधि र उसका राष्ट्र प्रमुख उपस्थित हुने छैनन् । नेपाल सार्क मुलुकको पनि अध्यक्ष राष्ट्र हो । नेपालले १८ औं सार्कको आयोजना त ग¥यो तर पाकिस्तानलाई अध्यक्ष राष्ट्रको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गर्न पाएको÷सकेको छैन ।
भनिन्छ, कुनै पनि उचाईमा पुग्न सकिन्छ । तर त्यहा“ रहिरहन कठिन हुन्छ ।
भर्खरै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको नेपाली क्रिकेट टोलीको लागि आगामि ४ वर्ष यहि भनाई लागु हुन्छ । पारस खड्काले नेतृत्व गरेको नेपाली टोलीले नेदरल्यान्ड्स विरुद्धको दुई खेल मध्ये एकमा हार र अर्कोमा जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको छ । त्यो पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ वर्षमा ।
एउटै मुस्लिम धर्म मान्ने भएर के भो र ! भाषाको कारण सन् १९७१ मा पश्चिमी पाकिस्तानबाट पूर्वी पाकिस्तान अलगियो । पश्चिम पाकिस्तानको उर्दु र पूर्वी पाकिस्तानको बंगाली भाषा बीचको तालमेल धर्मले गर्न/गराउन सकेन । पूर्वी पाकिस्तान नया मुलुक बंगलादेशको रूपमा जन्मियो (पाकिस्तानलाई फुटाउन भारतले लेखेको भूमिकालाई यस लेखमा छाडिदिउ)।
जगदीश्वर पाण्डे
मैले एक वर्ष अघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोधेको थिए,‘नेपाललाई विश्वकप क्रिकेटमा त पु¥याउनु भयो । अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मुड त बनाउनु भएको छैन ?’ खड्काको जवाफ आयोे,‘पहिला टिमलाई वान–डे अन्तर्राष्ट्रिय मान्यता त दिलाउन दिउ । त्यस पछि वान–डे क्रिकेट खेलेर आनन्द लिऔं । त्यसपछि सोचौला नी के गर्ने भनेर ।’
२२ वर्ष पुग्यो नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको । क्रिकेटको २२ यार्डको पिचमा हाम्रा खेलाडीहरूले देखाएको प्रदर्शनले सबैको मन जित्न सफल भएको छ । हाम्रो सिमित स्रोत र साधनका बाबजुत नेपालको प्रदर्शनलाई जति तारिफ गरे पनि कमै होला ।
मैले खड्कासगको कुराकानी गरेको सायद एक वर्षमात्र भएको छ । तर उनले आपूmले जे भनेका थिए । त्यो पु¥याएरै छाड्ने भएका छन् । आज (बुधबार) नेपालले नेदरल्यान्ड्सविरूद्ध उसकै घरेलु मैलानमा एकदिवसीय क्रिकेट खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा नया“ पाइला टेक्दैछ । अर्थात् अब नेपाली क्रिकेट पनि अन्तर्राष्ट्रिय मन्चमा नया“ शक्तिको रुपमा उत्रिएको छ ।
आश्विन १६, २०७२- २००७ सालमा राणा शासनको अन्त्यसँगै मुलुक अर्कै कालखण्डमा प्रवेश गर्यो । उक्त राजनीतिक परिवर्तनपछि बनेको नगर पञ्चायती ऐन, २००७ ले मुलुकमा पहिलो पटक नगरपालिकाको जन्म दियो । ऐनअनुसार गठित सुरुमा ५ नगरपालिका थिए– पाटन, कान्तिपुर, भक्तपुर, विराटनगर र वीरगन्ज ।मुलुकमा पछिल्लो पटक सरकारले २६ नयाँ नगरपालिका गठन गर्यो असोज १ को निर्णयबाट । तीसँगै प्रजातन्त्रको स्थापना, पञ्चायती शासन व्यवस्था, २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली, २०६२/६३ जनआन्दोलनपछिको लोकतन्त्रको कालखण्डसमेत गरी हालसम्म दर्जनभन्दा बढी पटक थप्दै २ सय १७ नगरपालिका पुगेका छन् । तिनमा नगरपालिका २ सय ४, उपमहानगरपालिका १२ र महानगरपालिका १ छन् । गाविस घटेर ३ हजार १ सय ५७ भएका छन् ।
जगदीश्वर पाण्डे
खेलमा दुई टिम एकै पटक विजयी हुदैनन्, मिल्दैन । एउटा टिमले जित्छ, र अर्कोले हार्छ । अन्त्यमा, जित्नेहरुले खुसीयाली बनाउछन् र हार्ने पिडा हुन्छ । यो प्राकृतिक नियम जस्तै हो ।
६८ वर्षदेखि नेपाली जनताले चाहेको संघीय संविधान जारी भएको दिन (असोज ३, आइतबार) बेलुकी जब राष्ट्रपति रामवरण यादवले नया“ बानेश्वरस्थित संविधानसभाको हलमा नया संविधानलाई दुवै हातले समाते र ढोक्दै माथि उचाल्दै जारी भएको घोषणा समेत गरे ।
त्यो बेला पहाडी क्षेत्रका जनताका आखाबाट खुसीका आसु झरेका थिए । खुसीयाली मनाए । ¥याली र दिपावली समेत गरे । तर त्यसको ठिक विपरित तराई क्षेत्रमा नया संविधानको विरोध भयो । नया“ संविधानलाई त्यहा“का जनताले असन्तोष व्यक्त गर्दै पिडाको रूपमा ब्याख्या गरे ।
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का धेरै बोल्दैनन् । नेपाली क्रिकेटलाई सफलताको स्वाद चखाउने कप्तान खड्का पछिल्लो समय भने सफल हुन सकेनन् । २०१४ मा पहिलोपटक टि–ट्वान्टी विश्वकप पुगेको नेपाली टिम यसपटक भने छनोट हुन सकेन । आफ्नो सफलता, असफलता, क्रिकेट, क्रिकेट प्रशासन र अहिलेको समाजबारे खड्कासँग जगदीश्वर पाण्डेले गरेको कुराकानी ।
अहिले हामी खेलाडीहरू मिलेर केही योजना बनाएका छौं । क्रिकेटको संरचनामा केही फरक ल्याउन यो प्रयोग गर्न लागेका हौं । अबको ६ महिनामा योजना सार्वजनिक गर्नेछौं । हामीले परिवर्तन ल्याउन लागेका छौं । सभासद ६ सय १ जना छन् । हामीले ठीक मान्छे चुनेनौं त म भन्दिनँ । तर मलाई लाग्छ, नचाहेरै संविधान नबनेको हो । हामीले चुनेका मानिसहरूले नै बनाउन नखोजेजस्तो लाग्छ । हरेक दिन वार्ता भइरहेका छन् । एउटा मिले अर्को नमिल्ने । तेस्रो मिले चौथो नमिल्ने, चौथो मिले पाँचौं नमिल्ने । यो कहिलेसम्म चल्छ ?
भाद्र १९, २०७२- यसपालि विश्वकपमा नेपाललाई देख्न नपाइने भइयो, खेलमा कहाँ चुकियो भन्ने लाग्छ ?
कप्तानका रूपमा विश्वकप पुग्न असफल भएको जिम्मेवारी मैले लिनुपर्छ । हामीले कोसिस गरेका थियौं तर योपटक हामीले आफ्नो क्षमताअनुसार खेल्न सकेनौं । वातावरण र पिचलाई दोष दिनु गलत हुन्छ । यो हार र गल्तीबाट हामीले सिकेका पनि छौं ।
नेपाल अहिले डिभिजन वानमा छ, यो उपलब्धि हो । नेपालमा क्रिकेटको बिउ उम्रिइसक्यो । बिउभन्दा माथि जरा उब्जिसक्यो । स्कुल कलेजमा क्रिकेट खेलिन्छ, सानै उमेरदेखि क्रिकेट खेलिन्छ । मेचीदेखि महाकालीसम्मै क्रिकेट पुगेको छ । क्रिकेटको विकास गर्ने अवसरहरू सिर्जना गर्न सक्ने हो भने हामी डराउनु पर्दैन । त्यसका लागि हामीलाई पूर्वाधार चाहिन्छ । कम्तीमा पनि एउटा मैदान जहाँ पिच होस्, सधैं क्रिकेट अभ्यास गर्न पाइयोस् । ठूलो सुविधासम्पन्न रंगशाला चाहिन्छ भनेको पनि होइन । तर घरेलु प्रतियोगिता भइरहनुपर्यो ।
डिभिजन वानबाट माथि पुग्ने सम्भावनाचाहिँ कति छ ?
डिभिजन वानमा पुगेपछि यहाँभन्दा माथि भनेको वान–डे र टेस्ट मान्यता हो । त्यो पनि असम्भव छैन । तर माथि बढ्नलाई आधार बलियो हुनुपर्छ । अहिले क्रिकेटलाई सहयोग गर्ने धेरै आउँछन् । प्रायोजकहरू पनि आउन आनाकानी गर्ने अवस्था छैन । घर–घरमा गएर प्रयोजक खोज्न सक्नुपर्यो । आफ्नो स्वार्थभन्दा पनि देशको क्रिकेटलाई माथि लानुपर्छ भनेर काम गर्नुपर्छ । देशका लागि काम गरे आफ्नो व्यक्तिगत स्तर आपैंm बढ्छ । इमानदार भएर लाग्नुपर्छ । पद्धति राम्रो बनाउन क्रिकेटमा केही सुधार गर्नु नै पर्छ ।
काठमाडौं, असार ४ - नेपालको पश्चिम–उत्तरी क्षेत्रको भू–भाग दार्चुला जिल्लाको लिपुलेक हुँदै व्यापारिक नाका खोल्न भारत र चीन बीच सम्झौता भएको एक महिना बित्तिसक्दा पनि त्यसलाई रोक्न सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा जेठ १ मा दुई देशबीच भएको ४१ बुँदे सम्झौतामा भारतले अतिक्रमण गरिरहेको नेपाली भूमि लिपुलेक हुँदै नाका खोल्ने उल्लेख छ ।
नेपाली भू–भाग भएर नाका खोल्ने सम्झौता नेपाललाई नै नसोधी दुई छिमेकीले सम्झौता गर्दा पनि सरकारी पक्ष मौन बसेकामा पूर्व परराष्ट्र मन्त्रीदेखि चीन र भारतका लागि पूर्व राजदुतसहितका कूटनीतिज्ञहरूले सरकारको आलोचना गरेका छन् ।
अभैm सगरमाथा अग्लै
जगदीश्वर पाण्डे
काठमाडौं– विश्वकै सर्वोच्व शिखर सगरमाथाको उचाई एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान गरिएको छ । वैशाख १२ गते गोरखाको बारपाकलाई इपिसेन्टर (केन्द्रविन्दु) पारेर गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण सगरमाथाको उचाई घटेको हुन सक्ने अनुमान गरिएको छ ।
खानी तथा भूगर्भ विभागको मुलुकका विभिन्न भागमा रहेका स्टेसनले भूकम्प हुनु अघि र पछि दिएको नतिजा तथा भूगर्वविद्का अनुसार सगरमाथाको उचाई घटेको हुन सक्ने देखिएको हो ।
विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ रहेको छ । सगरमाथाको उचाई करिब एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान छ । खानी तथा भूगर्भ विभागको सगरमाथा नै अवस्थित सोलुखुम्बु जिल्लाको स्याङबोचेमा राखेको स्टेनलाई हेर्दा सगरमाथाको उचाई घटेको हुन सक्छ । स्याङबोचेको स्टेशन नै करिब एक सेन्टिमिटर तल झरेकोको भूकम्पमापन केन्द्रबाट प्राप्त तथ्यांकले देखाएको छ । ‘स्याङबोचेकै स्टेशनका आधारमा सगरमाथाको उचाई केहि घटेको हुन सक्ने देखिन्छ,’ राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारी भने,‘अहिले नै घटेको भन्न गाह्रो छ । यसको बारेमा थप जानकारी पाउने प्रतिक्रिया भइरहेको छ ।’
जगदीश्वर पाण्डे
काठमाडौं– वैशाख १२ को महाभूकम्प र त्यसपछि गइरहेका शक्तिशाली पराकम्पनले ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घर, कार्यालय, सडक लगायतका पूर्वाधार भत्किएर अर्बौंको क्षति भएको छ । हिमाली क्ष्ँेत्रमा भूकम्पपछि हिमपहिरो गएर कतिपय ठाउबाट मानवसहित बस्ती नै खाली गराउनुपरेको छ । पहाडी क्षेत्रमा पहिरो गएका छन्, लोकमार्ग भास्सिएका छन् ।
हामीले सम्पूर्ण मानवीय क्ष्ँति, पूर्वाधार, पहिरोको कारक भूकम्पलाई देखाएका छौं । यथार्थमा भूकम्पको क्षतिको कारक भूकम्पमात्र नभएर मानवीय कमजोरीसमेत भएको बताउछन् विज्ञहरु ।
‘भूकम्प आएपछि भएको जनधनको क्षतिको प्रमुख कारक मानवीय कमीकमजोरी हो,’ विज्ञहरु भन्छन् ।
भूगर्भविद् डा. तारानीधि भट्टराई भन्छन्,‘कुन ठा“उमा बस्ती बसाल्नु पर्छ । संरचना बनाउनु पर्ने, सडक विस्तार गर्नु पर्ने लगायतका कुराहरु त्यस बारेमा सरकारीस्तर तर्पmबाटै अध्ययन हुनु आवश्यक छ ।’ भट्टराईका अनुसार कहा के गर्ने भनेर सरकारले एउटा किताबै निकाल्नु जरुरी छ । उनी भूकम्पले नभई मानवीय कमिकमजोरीका कारण बढी क्षति भएको बताएका छन् ।