जगदीश्वर पाण्डे
सिन्धुपाल्चोक माङ्खा, चुरेमा गत शनिबार गएको पहिराले १ सय ५७ जनाको मृत्यु भएको छ, तर हाम्रा नेताहरू भने एक जना गुन्डाका नायिकेको नामले प्रख्यात दीनेश अधिकारी ‘चरी’ को मृत्युलाई लिएर होहल्ला गरिरहेका छन् । लाग्छ, देशमा अन्य कुनै महत्वपूर्ण घटना भएका छैनन् ।
त्यसमा पनि अग्रंपक्तिमा छन्, धादिङ जिल्ला क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डे ।
गिरिजाप्रसाद कोइरालाको पालामा स्थानिय विकास मन्त्री समेत भएका पाण्डेलाई एमालेमा छबिमान नेताको रूपमा लिइन्छ । जनताको सेवा गर्नका लागि धादिङवासीले उनलाई दोस्रो सविधान सभामा जिताएका पठाएका थिए । उनकै पार्टी सरकारको रहेको बेलामा देशमा ठूलो विपत्ति परेको छ । गत शनिबार सिन्धुपाल्चोकमा गएको पहिलोले सुनकोशी नदी थुनिएपछि हजारौं घरबार बिहीन भएका छन् ।