Pages

रोसारियोका दुई नायक

स्पेनीहरू १५ शताब्दीमा दक्षिण अमेरिकामा उपनिवेश गर्न पुग्दा एउटा सुन्दर र लोभ–लाग्दो शहर भेट्टाए । त्यो शहर थियो, अर्जेन्टिनाको । र, शहरको नाम थियो, ब्युनर्स आयर्स । त्यहा“को हावा–पानी र सौन्दर्यताले यूरोपबाट पुगेका शासक वर्गको मन लोभ्याएको थियो । यो शहर अहिले पनि ल्याटिन अमेरिकामा ब्राजिलको साओ पाउलोपछि दोस्रो ठूलो र विश्वका २० चर्चित शहरमा गनिन्छ ।  



त्यो शहरको कुरालाई छाडौं र अब लागौं, त्यसको एक सय ८० माइल उत्तरपश्चिममा रहेको एउटा नगर तिर । न्युनर्स आयर्स जति चर्चित छ, नदीको छेउमा रहेको त्यो सुन्दर नगर पनि विश्वमा उत्तिकै प्रख्यात छ । 
त्यो नगरको नाम हो, रोसारियो । र, त्यसलाई प्रख्यात बनाउने काम गरे, वामवन्थी नेता अर्नेस्टो चे ग्वेभारा र फुटबल स्टार लियोनल मेसीले । यी दुवै विश्वकै चर्चित व्यक्ति त्यहि रोसारियो नगरमा जन्मेका थिए । चे ग्वेभाराले वामवन्थी राजनीति मार्पmत २० औं शताब्दीमा विश्वक्रान्तिको लहर ल्याए । उनलाई कम्यिुनिस्टहरूले विश्वकान्तिका नायक पनि भने÷भनिरहेका छन् ।

धारिलो पुस्ता

उमेर समूहको क्रिकेटमा पाँच वर्षदेखिको खडेरी चिर्दै जब नेपालको १६ वर्षभन्दा कम उमेरका क्रिकेट खेलाडीहरूले मलेसियामा सम्पन्न 'एसीसी यू-१६ प्रिमियर लिग' कब्जा गरे तब नेपाली क्रिकेटको भविष्यको पुस्ताको योग्यताका बखानहरूले नेपाली छापाहरू रंगिए। अहिलेको जितको अर्थ नेपालका लागि किन पनि महत्वपूर्ण छ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गरेको वर्गीकरणअनुसार टेस्ट क्रिकेट वा एक दिवसीय क्रिकेट खेल्ने योग्यता नभएका दोस्रो दर्जाका मुलुकहरूमा नेपालले आफ्नो अब्बलता प्रमाणित गरेको छ। 

मलेसियामा प्राप्त पछिल्लो सफलता किन पनि अर्थपूर्ण छ भने त्यहाँ नेपाली खेलाडीहरूका साथ प्रशिक्षकका रूपमा पनि पहिलो पटक एक नेपाली नै थिए। यो सफलतालाई एक कदम अगाडि गएर विश्लेषण गर्ने हो भने के भन्न सकिन्छ भने खेलाडीहरूमा देखिएको सुधारसँगै नेपाली प्रशिक्षकहरू पनि रणनीति बनाउने कलामा खारिँदै गएका छन्। यस्तो बहुआयामिक सफलताको अर्थ हुन्छ भविष्यमा नेपाली क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ र त्यसका लागि नेपाली क्रिकेटको धारिलो पुस्ता क्रमशः खारिँदै जान थालेको छ। 

क्रिकेटमा नयाँ शक्ति

जगदीश्वर पाण्डे
‘प्रतिक्षाको फल मिठो हुन्छ’ भनिन्छनेपाली क्रिकेटमा उमेर समूहले सफलता हात पार्न ५ वर्ष कुर्नु प¥यो । त्यसैले पनि होला, मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा घरेलु टिमलाई नै ३२ रनले हराएर बुधबार जितेको एसीसी यू–१६ प्रिमियर लिगको उपाधि मिठो बन्न पुग्यो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालले खेलेको पा“चै खेलमा जित निकाल्यो । ‘हाम्रो लक्ष्य पूरा भयो,’ जित लगतै सहायक प्रशिक्षक राजु बस्न्यातले प्रतिक्रिया दिए,‘यो हामीले गरेको मिहिनेतको सफल हो ।’
एसियाली क्रिकेट काउन्सिल (एसीसी) मा अन्तरगत रहेका देशहरू मध्ये उमेर समूहमा नेपाल सबैभन्दा सफल टिम बन्न सफल भएको छ । किनकी नेपालले उमेर समूहमा जित्न बाकी एकमात्र ट्रफि यहि थियो, यू–१६ उमेर समूहको । यसले नेपालको ‘ट्रफि क्याबिनेट’ मा सम्पूर्ण सदस्य पूरा भएका छन् ।

सडकमा 'भ्याकुम क्लिनर' लगाइने

काठमाडौ, भाद्र ५ -  
-    धरहरा, शान्ति बाटिका, रानीपोखरी, घन्टाघर र  सहिदगेटमा रङरोगन गरिने
-    रानीपोखरीमा म्युजिकल फाउन्टेन बनाइने
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा काठमाडौंका सडक सफा गर्न 'भ्याकुम क्लिनर' प्रयोग गरिने भएको छ।
'सडकको धूलो यताबाट बढारे उता र उताबाट बढारे यता पुग्छ। त्यसैले हामीले भ्याकुम क्लिनर नै लगाएर सफा गर्ने योजना बनाएका हौं,' काठमाडौं महानगरपालिका भौतिक विकास तथा निर्माण विभागका सञ्जयराज उपाध्यायले कान्तिपुरसँग भने, 'सामान खरिदको प्रक्रियामा छौं।'

मिसन एसियाड


बिहान ७ बज्दा नबज्दै यानकुमारी चौलागाइर्ं, नीमा तामाङ, आयशा शाक्य, मनीता शाही, दानबहादुर ऐरीसहित १२ तेक्वान्दो खेलाडी राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको तेक्वान्दो डोजाङमा पुग्छन्। फिजिकल फिटनेस, स्पाइकिङ र अभ्यासका अन्य चरणका लागि खेलाडीले बिहान तीन घन्टा र साँझ त्यही स्थानमा ४ बजेदेखि दुई घन्टा पसिना बगाउँछन्। कारण, उनीहरूलाई यसपटकको एसियाली खेलकुद -एसियाड)मा पदक जित्नुपर्ने दबाब छ।

त्यसो त ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा सबैभन्दा बढी दबाब खेलको यही विधाले झेल्ने गरेको छ। ३ देखि १८ असोजसम्म दक्षिण कोरयिाको इन्चोनमा हुने १७औँ एसियाडमा अहिलेसम्मकै सबैभन्दा बढी १३ पदक जितेको तेक्वान्दोप्रति आशा र भरोसा रहनु स्वाभाविक पनि छ। "अवसरको सदुपयोग गर्ने हो, मिहिनेत गर्ने हो," चारपटक दक्षिण एसियाली खेलकुद -साग)मा स्वर्ण र दुईपटक एसियाडमा काँस्य जितेका दीपक विष्ट भन्छन्। विष्ट अहिले प्रशिक्षकको भूमिकामा छन्। दीपकसँगै तेक्वान्दोकै पूर्वखेलाडी संगीना वैद्यले पनि खेलाडी प्रशिक्षण गररिहेकी छन्। यी दुई घरेलु प्रशिक्षकसँगै दक्षिण कोरयिाली प्रशिक्षक कोन योङ दलले पनि टिमलाई हेररिहेका छन्।

नेपालले १६ एसियाडमध्ये १४ मा सहभागिता जनाएको छ। सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाडमा नेपालले सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र सन् १९६२ मा जाकार्तामा भएको एसियाडमा नेपालले सहभागिता जनाएन। नेपालले खेलेका अन्य एसियाडमा २२ पदक जितेको छ। त्यसमा तेक्वान्दोले १३ पदक हात पारेको छ, १ रजत र १२ काँस्य गरी।

राजेन्द्र पाण्डेको राजनीति ?

जगदीश्वर पाण्डे
सिन्धुपाल्चोक माङ्खा, चुरेमा गत शनिबार गएको पहिराले १ सय ५७ जनाको मृत्यु भएको छ, तर हाम्रा नेताहरू भने एक जना गुन्डाका नायिकेको नामले प्रख्यात दीनेश अधिकारी ‘चरी’ को मृत्युलाई लिएर होहल्ला गरिरहेका छन् । लाग्छ, देशमा अन्य कुनै महत्वपूर्ण घटना भएका छैनन् ।
त्यसमा पनि अग्रंपक्तिमा छन्, धादिङ जिल्ला क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डे ।

गिरिजाप्रसाद कोइरालाको पालामा स्थानिय विकास मन्त्री समेत भएका पाण्डेलाई एमालेमा छबिमान नेताको रूपमा लिइन्छ । जनताको सेवा गर्नका लागि धादिङवासीले उनलाई दोस्रो सविधान सभामा जिताएका पठाएका थिए । उनकै पार्टी सरकारको रहेको बेलामा देशमा ठूलो विपत्ति परेको छ । गत शनिबार सिन्धुपाल्चोकमा गएको पहिलोले सुनकोशी नदी थुनिएपछि हजारौं घरबार बिहीन भएका छन् ।

सहर सधैं सफा हुन सक्दैन ?

काठमाडौ, श्रावण २१ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा रहँदा राजधानीका मुख्य सडकहरू पूर्णरूपमा सफा देखिए। मोदीले न धुलोको समस्या बेहोरे न त डिभाइडरको। न सडकका भित्तामा फोहोर नै देखे। त्यसबेला सहरका जनताले आफ्नै सहरलाई सफा भएको हेर्ने मौका पाए।
मोदीजस्ता भीआईपीहरू आउँदा मात्र सहरवासीले आफ्नै ठाउँ सफा हेर्ने मौका पाउने हो त? अरू बेलामा पनि lकाठमाडौंलाई के सफा राख्न सकिन्न? सकिन्छ भने के-के गर्न आवश्यक छ? त्यसका समस्या र आवश्यकता के हुन्? जस्ता प्रश्न उठेका छन्।