Pages

सधैँ यस्तै रहला ?

काठमाडौं , मंसिर १३ - राजधानीवासीले दुई सातायता सडकछेउ फोहोरका थुप्रा देख्नुपरेको छैन । मूल सडकमा धूलो उड्दैन । मोटरसाइकल चलाउँदा आँखामा धूलो पर्दैन । सडकका कुनामा पनि धूलो खासै देखिंदैन । लत्रिएका बिजुली र टेलिफोनका तार तन्किएका छन् । विस्तारित सडकका बीच र छेउछाउ हरियाली छ । सडकमा लेन छुट्टिने लाइन गाढा छ । रातको समयमा हुने दुर्घटना रोक्न सडक र डिभाइडरमा समेत 'क्याट आइ' राखिएको छ । साँझ परेपछि सोलार बत्तीले सडक झिलिमिली हुन्छ ।
सडकछेउको पर्खाल रङरोगन गरेर भित्ते लेखन मेटिएको छ । आइल्यान्ड र गमलामा ढकमक्क फूल फुलेका छन् । नाली सफा गरिएको छ ।
 एक महिनायताको तुलनात्मक रूपमा राम्रो सज्जा र सफाइले राजधानीवासीको मन चंगा भएको छ । 'विदेशमा छु कि जस्तो पो लाग्छ,' महानगरको वातावरण विभागका प्रशासन प्रमुख हरि कुँवरले भने, 'गर्‍यो भने त हुने रहेछ भन्ने लाग्यो ।' गर्न सकिएजस्तो जोगाउन चाहिँ सकिएला कि नसकिएला ? सार्कका नाममा बनेका संरचना र सहरमा छाएको हरियाली कायम रहला कि नासिएला ? अहिले सर्वसाधारणमा यसको चिन्ता छ ।

सार्क काठमाडौं घोषणापत्र

क्षेत्रीय साझेदारी
१) कार्यकारी प्रमुखहरूले दक्षिण एसियामा शान्ति, स्थिरता र समुन्नतिका लागि क्षेत्रीय एकता सुदुढ पार्ने बलियो संकल्प व्यक्त गरेका छन् । त्यसनिम्ति व्यापार, लगानी, वित्त, ऊर्जा, सुरक्षा, पूर्वाधार, सञ्चार र संस्कृतिका क्षेत्रमा साझेदारी गहन पार्दै लगिनुका साथै प्राथमिकतापूर्वक, नतिजामुखी र समयनिर्दिष्ट ढंगमा परियोजना, कार्यक्रम र क्रियाकलापहरू कार्यान्वयन गरिनेछ ।

अन्ततः मिले हात

काठमाडौ, मंसिर १२ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाज सरिफले सार्क शिखर सम्मेलन समापनका बेला आपसमा हात मिलाएर सबैको कौतुहल मेटाएका छन् । मोदी र सरिफले समापन समारोहको अन्त्यमा बिहीबार राष्ट्रियसभा गृहको मञ्चमा करिब ३५ सेकेन्ड हात मिलाए । दुवैले केहीबेर कुरा मात्र गरेनन् त्यसपछि हाँसे पनि ।
यी दुई सरकार प्रमुखले बिहीबार दिउँसो धुलिखेलको द्वारिकाज रिसोर्टमा आयोजित 'रिटि्रट' मा हात मिलाउनुका साथै कुराकानी गरेका थिए । 'उनीहरूले हात मिलाए र कुराकानी पनि गरे, हामी सबैले देख्यौं । तर के कुरा भयो, उनीहरूलाई मात्र थाहा छ,' भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बिहीबारै भारतीय दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।

सदस्य बन्न चाहन्छौं : चीन

काठमाडौं- विश्वको नयाँ आर्थिक शक्ति चीनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य बन्ने चाहना पुनः प्रकट गरेको छ । सार्क शिखर सम्मेलन उद्‌घाटन कार्यक्रममा सम्बोधन गर्दै नौमध्ये एक पर्यवेक्षक चीनका उपविदेशमन्त्री लिन झेनमेनले भने, 'पहिलेदेखि नै चीन सार्कमा सदस्य रहन इच्छुक छ ।'

मोदी 'द्विविधा'

काठमाडौ, मंसिर ९ - नेपाल एकीकरण गरेका पृथ्विनारायण शाहले भनेका थिए, 'यो देश चार वर्ण छत्तिस जातको फुलबारी हो ।' यो फुलबारीमा गत साता ठूलो आँधी आयो, भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदाश मोदीका नाममा ।

ऊर्जामा अझै सहमति जुटेन

काठमाडौ, मंसिर ९ - यातायात र रेल-वेमा सहमति जुटे पनि सार्कको सचिवस्तरीय संयन्त्रको ४१ औं बैंठकमा ऊर्जाका बारेमा सहमति हुन सकेन । 'ऊर्जाको सहमति अहिले भएको छैन, तर यो हुँदैन भन्न पनि मिल्दैन,' परराष्ट्र मन्त्रालयका कामु सचिव तथा संयन्त्रका अध्यक्ष शंकरदास बैरागीले दुईदिने (आइतबार र सोमबार) को बैठकपछि भने, 'छलफल सफल भएमा काम अघि बढ्न सक्छ ।'

समितिले सार्कका विशेष विभाग, प्राविधिक कमिटी, अन्तर-सरकारी समूह, विज्ञ र गरिखाने समूह, व्यापारमा जोड, आर्थिक, मौदि्रक, लगानी, ऊर्जा, जडान, स्वास्थ्य, शिक्षा, कृषि आदिमा प्रतिवेदन पेस गर्दै छलफल गरेको थियो ।