Pages

बेरोजगारको पनि संघ

काठमाडौ, माघ १७ - कसैको औंलामा सुनको औंठी त कसैको नाडीमा सुनकै ब्रासलेट। अधिकांशको हातमा स्मार्टफोन त छँदै थियो। चिटिक्क पहिरनसहित खुट्टामा आकर्षक जुत्ता पनि लगाएर आएका थिए उनीहरू। कोही बाइक पार्किङ गरेर हातर-हतार आउँदै थिए।
झट्ट हेर्दा यी कुनै तारे होटलको पार्टीमा सहभागी हुन आएका धनाढ्य वा जागिरे जस्ता देखिन्थे। तर, उनीहरूको परिचय बेग्लै र उद्देश्य पनि बेग्लै थियो। सडकमा भेला भएका उनीहरूको साझा परिचय थियो, बेरोजगार युवा। अर्थात् उनीहरू हुन्, बेरोजगार युवा संघ नेपालका सदस्य।
माघको जाडोमा घामले राजधानीलाई तताउँदै गर्दा शुक्रबार ११ बजे बिहान प्रदर्शनी मार्गमा भेला भएका उनीहरूको एजेन्डा थियो, संघको काठमाडौं जिल्ला समितिको घोषणा।
'वसन्तपुरमा घोषणा हुनेछ' टाउकोको रातो कपडामा सेतो अक्षरमा 'बेरोजगार युवा संघ जिन्दावाद' लेखिएको बेरेर हातमा बाइकको चाबी बोकेका जिल्ला संयोजक निर्मल विकले हतारमा भने।

जहाँ फुटपाथ हराउँछ



दृश्य १ :
 लाजिम्पाट सडक खण्डमा पैदलयात्रा गर्दा फ्रान्सको दूतावासअघि पुगेपछि फुटपाथ नै बन्द हुन्छ। पैदल यात्री दूतावासको पर्खाल नटुंगिएसम्म सडकमै हिंड्न बाध्य हुन्छन्। यसले पैदलयात्री दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ। अझ दृष्टिविहीनहरू त बीच-बीचमा फुटपाथै नभएका ठाउँमा यात्रा गर्नै सक्दैनन्।
दृश्य २ : बालुवाटारको प्रधानमन्त्री निवासको तीन नम्बर गेट छेउकै चोकको घुम्तीमा आएपछि फुटपाथ सकिन्छ। चोकैमा पुलिस बिट छ तर त्यसअघि फुटपाथ छैन।
दृश्य ३ : गौशालाचोकबाट रातोपुल जानेतर्फ चोकमै फुटपाथ छैन। केहीअघि गएपछि मात्र फुटपाथ भेटिन्छ। चोकमा सडक र घर सँगै जोडिएको छ।
माथिका यी दृश्य त उदाहरणमात्र हुन्। उपत्यकाका अधिकांश स्थानमा यस्तै समस्या छन्। पढ्न र काम गर्न जाने-आउने र फुटपाथको प्रयोग गर्ने सर्वसाधारणलाई त्यहाँबाट दैनिक हिंड्दा समस्या झेल्नुपर्छ। अझ दृष्टिविहीनहरू त त्यस्तो फुटपाथमा हिंड्नै सक्दैनन्। अन्तर्राष्ट्रिय रूपमै कुनै पनि सडक बनाउँदा सबैभन्दा पहिले बाटो हिंड्ने मानिस (जसमा दृष्टिविहीनसमेत पर्छन्) लाई ध्यानमा राखिन्छ र बनाइन्छ तर नेपालमा त्यस्तो पाइँदैन।
'पहिलो नम्बर, फुटपाथ साना छन्, त्यहाँबाट दोहोरो आवतजावत गर्न गाह्रो हुन्छ। दोस्रो, कुन फुटपाथ कहाँ गएर सकिन्छ थाहै हुँदैन। कहीं घरमा त कहीं पर्खालमा। तेस्रो, भएका फुटपाथमा पनि

मन्त्रालय र सचिवहरू समन्वय गर्दैनन्


–हाम्रो अनुगमनले कुनै पनि काम गरेको छैन । मुख्य–सचिव, प्रधानमन्त्री कार्यालयले भने हुन्छ । नत्र केही हुन्न ।
–दुई मन्त्रालय बीच छलफल गरि काम गर्न पनि सक्दैनन् । जस्तै, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । र, सुचना तथा सञ्चार मन्त्रालय र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय ।
– दुई सचिव मिल्न नसकेको देखिन्छ, समाधान गर्ने भन्दा यत्तिकै चलिहाल्छ भन्ने प्रवृत्ति छ ।

माथिका यी भनाईहरू व्यवस्थापिका संसदको विकास समितिको छलफलमा सञ्चार मन्त्रालय, यातायात मन्त्रालय र स्थानीय विकास मन्त्रालयका पदाधिकारी बीचमा समितिका सभापति रबिन्द्र अघिकारीले बोलेका हुन् । उनको नेतृत्वमा समितिले ३० भन्दा बढी छलफल गरिसकेको छ । ‘तर सधै समन्वय भएको देखिदैन । हामीले बोलाएर भेटेर छलफल गर्नु होस भनेर निर्देशन दिनु पर्छ । त्यसो गर्दा पनि छलफल गर्न तयार हुन्नन्,’ सभापति अधिकारीले निराशा पोखे,‘एउटै प्रकृतिका काम दुई निकायको संमन्वय नहुदा अघि बढ्न नसकेको अवस्था छ ।’

जर्सी संस्कृति

सन् १९३० मा उरूग्वेमा पहिलो विश्वकप फुटबल भयो । दक्षिण अमेरिकी देश उरूग्वे उपाधि घरमै राख्न सफल पनि भया । समाचार एजेन्सी एपीले उल्लेख गरे अनुसार उरूग्वेका खेलाडीले त्यस बेला प्राकृति फाइबरबाट बनेको जर्सी लगाएका थिए, जुन अर्कै संसारबाट ल्याइएको जस्तो देखिन्थ्यो । त्यो जर्सी कुनै प्राविधि वा खेलाडीलाई सहज हुने विभिन्न पक्ष हेरेर अहिलेको जस्तो बनाइएको थिएन । त्यस बेला न त नाइकी, एडियास, पुमा जस्ता स्पोट्र्स ब्रान्ड्स थिए, न त अहिले जस्तो कम्युनिष्ट देशको सस्तो चाइनिज सामानको साम्राज्य ।  

त्यो त खेलाडीले खेल्दा मात्र प्रयोग गर्ने कपडा थियो । त्यस बेला जति फुटबलको चर्चा हुन्थ्यो र खेलाडीले लगाउने जर्सी र उसका किटमा बारेमा केही हुदैन थियो । फुटबलमा जर्सीको प्रयोग हुनुको मुख्य कारण खेल्दा रेफ्रिलाई कुन टिमका खेलाडी हो, कसले कसलाई फल गरेको हो भनेर छुट्याउनका लागि हो । र, त्यहि कामका लागि मात्र जर्सीको प्रयोग हुन्थ्यो । त्यो २० औं शताब्दीको कुरा थियो ।

क्रिकेटबाट सिक्ने कि !

देशमा दुई कुरा चर्चामा छन् : पहिलो, दलहरू र तिनको नेतृत्वले प्रतिबद्धताअनुसार समय (माघ ८) मा संविधानसभामार्फत नयाँ संविधान जारी गर्न सकेनन् । दोस्रो, राष्ट्रिय क्रिकेट टिमले नामिबियामा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-टु मै रहन सफल भएको छ । यसरी एकातिर नयाँ संविधान नआएकोमा निराशा छाएको छ भने अर्काेतिर क्रिकेटले चाहिंँ फेरि हामीलाई एकपटक खुसी दिएको छ । यसरी 'मिसन असफल' र 'मिसन सफल'को चर्चा एकैसाथ भएको छ । मिसन असफलका पछि ६ सय १ जना सभासद छन् भने मिसन सफलका पछि क्यानेडेली नागरिक पुवुदु दासानायकेद्वारा प्रशिक्षित र पारस खड्काको नेतृत्वमा रहेको राष्ट्रिय क्रिकेट टिम रहेको छ ।

नेपाली राजनीति र क्रिकेट टिमलाई दाँज्नु उचित नहोला । किनकि यी दुई फरक विषय हुन् । र आ-आफ्नो स्थानमा फरक अर्थ राख्छन् । यी दुईलाई एक ठाउँमा ल्याएर उभ्याउने काम करिब ३ करोड नेपालीलाई मिल्ने खुसीले गर्छ । देशमा माघ ८ मा नयाँ संविधान आएको भए जनता खुसी हुन्थे । देशमा २०६२/०६३ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि भएको संविधानसभाको निर्वाचन र राष्ट्रिय क्रिकेट टिमलाई दाँज्न सकिन्छ । किनकि २०६४ को चैत २८ मा भएको थियो, पहिलो संविधानसभाको निर्वाचन । चारपटक म्याद थपियो, चार वर्ष पुरा भयो । तर हात लाग्यो शून्य । परिणाम, २०६९ जेठ १४ राति पहिलो संविधानसभाको अवसान भयो ।

सार्कका ‘सेतो हात्ती’

नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन सकिएको एक महिनाभन्दा बढी भयो । मंसिर १० र ११ मा थियो । दुई दिने कार्यक्रमको तयारी गर्न सरकारले २ अर्ब रूपैंयाभन्दा बढी खर्च ग¥यो । सम्मेलन सफलतापूर्वक सकियो । तीन महिनाभन्दा कम समयमा आएर सरकारले सम्मेलन स्थलको चयन गर्नु र त्यसपछि तयारीका लागि ‘वर्षामा पानी बगे’ जस्तै गरि पैसा खर्च गर्नु लज्जास्पक कुरा थियो । छोटो समयमा काम बढी अनियमितता गर्न पाउने मौकालाई न त राजनीतिक पक्षले जान दियो, न कर्मचारीतन्त्रले नै फाइदा उठाउनबाट पछि हट्यो ।