Pages

लिपुलेक सम्झौताबारे सरकार मौन

कूटनीतिज्ञहरूद्वारा सरकारकोआलोचना

lipu lake
काठमाडौं, असार ४ - नेपालको पश्चिम–उत्तरी क्षेत्रको भू–भाग दार्चुला जिल्लाको लिपुलेक हुँदै व्यापारिक नाका खोल्न भारत र चीन बीच सम्झौता भएको एक महिना बित्तिसक्दा पनि त्यसलाई रोक्न सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा जेठ १ मा दुई देशबीच भएको ४१ बुँदे सम्झौतामा भारतले अतिक्रमण गरिरहेको नेपाली भूमि लिपुलेक हुँदै नाका खोल्ने उल्लेख छ ।
नेपाली भू–भाग भएर नाका खोल्ने सम्झौता नेपाललाई नै नसोधी दुई छिमेकीले सम्झौता गर्दा पनि सरकारी पक्ष मौन बसेकामा पूर्व परराष्ट्र मन्त्रीदेखि चीन र भारतका लागि पूर्व राजदुतसहितका कूटनीतिज्ञहरूले सरकारको  आलोचना गरेका छन् ।

सगरमाथाको उचाई ‘घटेको हुन सक्ने’

अभैm सगरमाथा अग्लै  
जगदीश्वर पाण्डे
काठमाडौं– विश्वकै सर्वोच्व शिखर सगरमाथाको उचाई एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान गरिएको छ । वैशाख १२ गते गोरखाको बारपाकलाई इपिसेन्टर (केन्द्रविन्दु) पारेर गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण सगरमाथाको उचाई घटेको हुन सक्ने अनुमान गरिएको छ ।
खानी तथा भूगर्भ विभागको मुलुकका विभिन्न भागमा रहेका स्टेसनले भूकम्प हुनु अघि र पछि दिएको नतिजा तथा भूगर्वविद्का अनुसार सगरमाथाको उचाई घटेको हुन सक्ने देखिएको हो ।
विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ रहेको छ । सगरमाथाको उचाई करिब एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान छ । खानी तथा भूगर्भ विभागको सगरमाथा नै अवस्थित सोलुखुम्बु जिल्लाको स्याङबोचेमा राखेको स्टेनलाई हेर्दा सगरमाथाको उचाई घटेको हुन सक्छ । स्याङबोचेको स्टेशन नै करिब एक सेन्टिमिटर तल झरेकोको भूकम्पमापन केन्द्रबाट प्राप्त तथ्यांकले देखाएको छ । ‘स्याङबोचेकै स्टेशनका आधारमा सगरमाथाको उचाई केहि घटेको हुन सक्ने देखिन्छ,’ राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारी भने,‘अहिले नै घटेको भन्न गाह्रो छ । यसको बारेमा थप जानकारी पाउने प्रतिक्रिया भइरहेको छ ।’

विनाशको कारक मानवीय कमजोरी

जगदीश्वर पाण्डे
काठमाडौं– वैशाख १२ को महाभूकम्प र त्यसपछि गइरहेका शक्तिशाली पराकम्पनले ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घर, कार्यालय, सडक लगायतका पूर्वाधार भत्किएर अर्बौंको क्षति भएको छ । हिमाली क्ष्ँेत्रमा भूकम्पपछि हिमपहिरो गएर कतिपय ठाउबाट मानवसहित बस्ती नै खाली गराउनुपरेको छ । पहाडी क्षेत्रमा पहिरो गएका छन्, लोकमार्ग भास्सिएका छन् ।
हामीले सम्पूर्ण मानवीय क्ष्ँति, पूर्वाधार, पहिरोको कारक भूकम्पलाई देखाएका छौं । यथार्थमा भूकम्पको क्षतिको कारक भूकम्पमात्र नभएर मानवीय कमजोरीसमेत भएको बताउछन् विज्ञहरु ।
‘भूकम्प आएपछि भएको जनधनको क्षतिको प्रमुख कारक मानवीय कमीकमजोरी हो,’ विज्ञहरु भन्छन् ।
भूगर्भविद् डा. तारानीधि भट्टराई भन्छन्,‘कुन ठा“उमा बस्ती बसाल्नु पर्छ । संरचना बनाउनु पर्ने, सडक विस्तार गर्नु पर्ने लगायतका कुराहरु त्यस बारेमा सरकारीस्तर तर्पmबाटै अध्ययन हुनु आवश्यक छ ।’ भट्टराईका अनुसार कहा के गर्ने भनेर सरकारले एउटा किताबै निकाल्नु जरुरी छ । उनी भूकम्पले नभई मानवीय कमिकमजोरीका कारण बढी क्षति भएको बताएका छन् ।

'बाटो काट्नै गाह्रो रहेछ'

काठमाडौं, वैशाख १२ - 'तपाईंहरू यहाँ (काठमाडौं) को सडकमा हिँड्दा सुरक्षित महसुस गर्नुहुन्छ ?' हलिउड अभिनेत्री मिचेल योहले प्रश्न गरिन् । र, आफैँले उत्तर दिइन्- 'म त कारबाट घुमें । तर बाटोचाहिँ काट्न सक्दिनँ होला ।'
आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल शुक्रबार बेलुकी बालबालिकासँग सडक सुरक्षाबारे अन्तक्रिर्या गरिरहेकी थिइन् । स्कुलका साना नानी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारीलगायत उनलाई ध्यान दिएर सुनिरहेका थिए ।
मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तक्रिर्या गरिन् । बालबालिकाले जेब्राक्रसिङ, ट्राफिक लाइट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्या बालबालिकाले सुनाउँदा उनी
ध्यानमग्न थिइन् ।
मिचेलले नेपालमा भियतनाममा जस्तै 'ललिपप म्यान' (बाटो काट्न सहयोग गर्ने मान्छे) राख्न ठीक हुन सक्ने बताइन् । 'यो आर्थिक रूपमा त्यति महँगो हुँदैन र सहज पनि हुन्छ,' उनले भनिन्, 'सरकारले यस बारेमा ध्यान दिए राम्रो हुन्थ्यो ।' मिचेलले गाडी चढ्दा सुरक्षित बेल्ट, मोटरसाइकलमा चढ्दा अघि र पछि बस्ने दुवैले हेलमेट प्रयोग गर्नुपर्ने बताइन् । 'भियतनाममा सार्वजनिक यातायातमा पनि यात्रुका लागि सुरक्षित बेल्ट लगाउनुपर्ने नियम ल्याइएको छ । अन्य मुलुकमा पनि यस्तो कुरालाई ध्यान दिनुपर्छ,' उनले भनिन्, 'अविकसित देशभन्दा विकसित देशमा दुर्घटना बढी हुने तथ्यांक
पनि छ ।'

बीपीको सपनाको बाटो

Sindhuli
सिन्धुली, चैत्र १६ - १९ वर्षको काम, २५ अर्ब रुपैयाँ लागत र १ सय ५८ किलोमिटर लम्बाइ । ती तथ्यांकले परिचय दिन्छन् बीपी लोकमार्गको । काभे्रको धुलिखेलबाट सुरु हुने यो बाटो सिन्धुली हुँदै महोत्तरीको बर्दिबाससम्म पुग्छ, खास अर्थमा राजधानीलाई मुलुकको पूर्वी भागसँग नजिक बनाउँदै ।
२०१६ मा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री बनेका समाजवादी नेता बीपी कोइरालाले यो बाटो शिलान्यास गरेका हुन् । २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्र अपहरित भयो, बीपी जेल गए । सडक पनि त्यतिकै रह्यो । बरु राजा महेन्द्रले आफ्नै नाममा पूर्वपश्चिम राजमार्ग निर्माण गरे ।
२०३९ मा बीपीको निधन भयो । त्यसको ३२ वर्षपछि बल्ल उनले चाहेको बाटो उनकै नाममा बनेको छ । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा सन् १९९६ मा सुरु भई हालै निर्माण सम्पन्न भएको हो ।

द स्टोरी टेलर्स

रसियन कल्चर सेन्टरमा हालै स्टोरी टेलर्स नेपालले ‘एभ्रि एडुकेटर ह्याज अ स्टोरी’ अर्थात् हरेक शिक्षकको कथा हुन्छ भन्दै जिन्दगीको कथा सुनाएको थियो । रुसमा एउटा चलन छ, कथा वाचन गर्ने । अर्थात् स्टोरी टेलिङ । बुढौलीले छुन थालेपछि मान्छेको संयोगको घटना, समय वा वर्ष पारेर अरूलाई आफ्नो जिन्दगीको कथा सुनाइन्छ ।
डा. जुगल भुर्तेलले करिब दुई दशक लामो रूस बसाइका बेला यस्तै अनुभव गरेका थिए। साइबेरियाकी तातियानाले पनि आफ्नो देशमा स्टोरी टेलिङको कल्चर रहेको बताइन्। नेपाल र रूसबीच सन् १९५६ को जूनबाट कूटनीतिक सम्बन्ध अघि बढ्यो। त्यसपछि काठमाडौंस्थित कमलपोखरीमा खडा भएको हो, रसियन कल्चर सेन्टर। 


यही कल्चर सेन्टरमा हालै स्टोरी टेलर्स नेपालले 'एभ्री एडुकेटर ह्याज अ स्टोरी' अर्थात् 'हरेक शिक्षकको कथा हुन्छ' भन्दै जिन्दगीको कथा सुनाएको थियो। मञ्चमा किताबका चाङ थिए, कुनै किताब बन्द त कुनै पढ्दा-पढ्दै बीचमै छाडेर हिँडेको जस्तो। तर रूसी गन्ध आउने हलमा कुनै पाका, सफल वा अन्य रसियन व्यक्तिबारे कथा वाचन सुरु हुन गइरहेको थिएन। उपत्यकाका अन्य हल छाडेर यही हलमा कार्यक्रम गर्नु 'द स्टोरी टेलर्स, नेपाल' का संस्थापक प्रशान्त मानन्धरको बाध्यात्मक संयोग थियो। घडीको सुईले दिउँसोको साढे ३ पार गरेलगत्तै स्टेजमा प्रशान्त झुल्किए र भने, 'आज हामी यस्तो तीन युवा नेपाली व्यक्तिलाई आफ्नो कथा सुनाउन यहाँ बोलाउँदै छौं।' जसले नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउने कोसिस गरेका छन्, आफ्नो ऊर्जाशील समयलाई ग्रामीण क्षेत्रमा पुगेर बालबालिकालाई शिक्षा दिने काम गरेका छन्। 

फुटपाथ बने 'घरपाथ’

काठमाडौं, फाल्गुन ४ - पैदलयात्रुहरूको सुविधाका लागि सडकछेउमा फुटपाथ बनाइन्छ। सडक विस्तार वा निर्माण जे भए पनि फुटपाथ कति चौडा र कस्तो हुने भन्ने योजना सबैभन्दा पहिले बनाउनुपर्छ। सडक विभागका लागि त यो मूलभूत विषय नै हो।

अझ, राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्ग निर्माण गर्दा न्यूनतम् कति चौडा फुटपाथ बनाउने भनेर सरकारले तोकेकै छ। न्यूनतम् फुटपाथ १ दशमलव ५ र अधिकतम् ५ मिटरसम्मको हुनुपर्ने व्यवस्था छ।

तर, मुलुकका सडकहरूमा यसको कार्यान्वयन भएको कतै पाइँदैन। उपत्यकाका सडकहरूमा त झनै यो मापदण्डअनुसार फुटपाथ बनेको छैन। यहाँका अधिकांश सडकमा फुटपाथ छैनन्। फुटपाथ भएका सडकमा यात्रा गर्दै जाँदा कतिपय स्थानमा यो हराउँछ। बाँकी रहेका पनि नियमअनुसार छैनन्। जुन घरअगाडिको सडकमा फुटपाथ बनेको छ, त्यही घरधनीको आवश्यकता र स्वार्थअनुसार फुटपाथ नभई 'घरपाथ' का रूपमा निर्माण भएका छन्।
काठमाडौंको बालुवाटार, नक्साल, अनामनगर, महाराजगन्ज, लाजिम्पाट, थापागाउँ लगायतका सडक अवलोकन गर्दा प्रश्न उठ्छ, सडकछेउको फुटपाथ धनधनीका लागि कि पैदलयात्रु हिंड्नका लागि? सडकभन्दा तलसम्म घर छ भने त्यहाँ ओर्लन सहज हुने गरी फुटपाथ बनाइएका छन्। सडकभन्दा माथिबाट घरको सुरुआत भए, त्यहाँ उक्लन सहज हुने गरी फुटपाथ बनाइएका छन्।