Pages

नगरपालिकाको आकर्षण

जगदीश्वर पाण्डे, काठमाडौं


आश्विन १६, २०७२- २००७ सालमा राणा शासनको अन्त्यसँगै मुलुक अर्कै कालखण्डमा प्रवेश गर्‍यो । उक्त राजनीतिक परिवर्तनपछि बनेको नगर पञ्चायती ऐन, २००७ ले मुलुकमा पहिलो पटक नगरपालिकाको जन्म दियो । ऐनअनुसार गठित सुरुमा ५ नगरपालिका थिए– पाटन, कान्तिपुर, भक्तपुर, विराटनगर र वीरगन्ज ।मुलुकमा पछिल्लो पटक सरकारले २६ नयाँ नगरपालिका गठन गर्‍यो असोज १ को निर्णयबाट । तीसँगै प्रजातन्त्रको स्थापना, पञ्चायती शासन व्यवस्था, २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली, २०६२/६३ जनआन्दोलनपछिको लोकतन्त्रको कालखण्डसमेत गरी हालसम्म दर्जनभन्दा बढी पटक थप्दै २ सय १७ नगरपालिका पुगेका छन् । तिनमा नगरपालिका २ सय ४, उपमहानगरपालिका १२ र महानगरपालिका १ छन् । गाविस घटेर ३ हजार १ सय ५७ भएका छन् ।

फाइनल खेल होइन संविधान

जगदीश्वर पाण्डे
खेलमा दुई टिम एकै पटक विजयी हुदैनन्, मिल्दैन । एउटा टिमले जित्छ, र अर्कोले हार्छ । अन्त्यमा, जित्नेहरुले खुसीयाली बनाउछन् र हार्ने पिडा हुन्छ । यो प्राकृतिक नियम जस्तै हो ।  

६८ वर्षदेखि नेपाली जनताले चाहेको संघीय संविधान जारी भएको दिन (असोज ३, आइतबार) बेलुकी जब राष्ट्रपति रामवरण यादवले नया“ बानेश्वरस्थित संविधानसभाको हलमा नया संविधानलाई दुवै हातले समाते र ढोक्दै माथि उचाल्दै जारी भएको घोषणा समेत गरे ।

त्यो बेला पहाडी क्षेत्रका जनताका आखाबाट खुसीका आसु झरेका थिए । खुसीयाली मनाए । ¥याली र दिपावली समेत गरे । तर त्यसको ठिक विपरित तराई क्षेत्रमा नया संविधानको विरोध भयो । नया“ संविधानलाई त्यहा“का जनताले असन्तोष व्यक्त गर्दै पिडाको रूपमा ब्याख्या गरे ।

‘यहाँ कसैसँग भिजन छैन’

  • नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का धेरै बोल्दैनन् । नेपाली क्रिकेटलाई सफलताको स्वाद चखाउने कप्तान खड्का पछिल्लो समय भने सफल हुन सकेनन् । २०१४ मा पहिलोपटक टि–ट्वान्टी विश्वकप पुगेको नेपाली टिम यसपटक भने छनोट हुन सकेन । आफ्नो सफलता, असफलता, क्रिकेट, क्रिकेट प्रशासन र अहिलेको समाजबारे खड्कासँग जगदीश्वर पाण्डेले गरेको कुराकानी ।
कान्तिपुर संवाददाता, काठमाडौं
अहिले हामी खेलाडीहरू मिलेर केही योजना बनाएका छौं । क्रिकेटको संरचनामा केही फरक ल्याउन यो प्रयोग गर्न लागेका हौं । अबको ६ महिनामा योजना सार्वजनिक गर्नेछौं । हामीले परिवर्तन ल्याउन लागेका छौं । सभासद ६ सय १ जना छन् । हामीले ठीक मान्छे चुनेनौं त म भन्दिनँ । तर मलाई लाग्छ, नचाहेरै संविधान नबनेको हो । हामीले चुनेका मानिसहरूले नै बनाउन नखोजेजस्तो लाग्छ । हरेक दिन वार्ता भइरहेका छन् । एउटा मिले अर्को नमिल्ने । तेस्रो मिले चौथो नमिल्ने, चौथो मिले पाँचौं नमिल्ने । यो कहिलेसम्म चल्छ ?
भाद्र १९, २०७२- यसपालि विश्वकपमा नेपाललाई देख्न नपाइने भइयो, खेलमा कहाँ चुकियो भन्ने लाग्छ ?
कप्तानका रूपमा विश्वकप पुग्न असफल भएको जिम्मेवारी मैले लिनुपर्छ । हामीले कोसिस गरेका थियौं तर योपटक हामीले आफ्नो क्षमताअनुसार खेल्न सकेनौं । वातावरण र पिचलाई दोष दिनु गलत हुन्छ । यो हार र गल्तीबाट हामीले सिकेका पनि छौं ।
नेपाल अहिले डिभिजन वानमा छ, यो उपलब्धि हो । नेपालमा क्रिकेटको बिउ उम्रिइसक्यो । बिउभन्दा माथि जरा उब्जिसक्यो । स्कुल कलेजमा क्रिकेट खेलिन्छ, सानै उमेरदेखि क्रिकेट खेलिन्छ । मेचीदेखि महाकालीसम्मै क्रिकेट पुगेको छ । क्रिकेटको विकास गर्ने अवसरहरू सिर्जना गर्न सक्ने हो भने हामी डराउनु पर्दैन । त्यसका लागि हामीलाई पूर्वाधार चाहिन्छ । कम्तीमा पनि एउटा मैदान जहाँ पिच होस्, सधैं क्रिकेट अभ्यास गर्न पाइयोस् । ठूलो सुविधासम्पन्न रंगशाला चाहिन्छ भनेको पनि होइन । तर घरेलु प्रतियोगिता भइरहनुपर्‍यो । 
डिभिजन वानबाट माथि पुग्ने सम्भावनाचाहिँ कति छ ?
डिभिजन वानमा पुगेपछि यहाँभन्दा माथि भनेको वान–डे र टेस्ट मान्यता हो । त्यो पनि असम्भव छैन । तर माथि बढ्नलाई आधार बलियो हुनुपर्छ । अहिले क्रिकेटलाई सहयोग गर्ने धेरै आउँछन् । प्रायोजकहरू पनि आउन आनाकानी गर्ने अवस्था छैन । घर–घरमा गएर प्रयोजक खोज्न सक्नुपर्‍यो । आफ्नो स्वार्थभन्दा पनि देशको क्रिकेटलाई माथि लानुपर्छ भनेर काम गर्नुपर्छ । देशका लागि काम गरे आफ्नो व्यक्तिगत स्तर आपैंm बढ्छ । इमानदार भएर लाग्नुपर्छ । पद्धति राम्रो बनाउन क्रिकेटमा केही सुधार गर्नु नै पर्छ । 

लिपुलेक सम्झौताबारे सरकार मौन

कूटनीतिज्ञहरूद्वारा सरकारकोआलोचना

lipu lake
काठमाडौं, असार ४ - नेपालको पश्चिम–उत्तरी क्षेत्रको भू–भाग दार्चुला जिल्लाको लिपुलेक हुँदै व्यापारिक नाका खोल्न भारत र चीन बीच सम्झौता भएको एक महिना बित्तिसक्दा पनि त्यसलाई रोक्न सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा जेठ १ मा दुई देशबीच भएको ४१ बुँदे सम्झौतामा भारतले अतिक्रमण गरिरहेको नेपाली भूमि लिपुलेक हुँदै नाका खोल्ने उल्लेख छ ।
नेपाली भू–भाग भएर नाका खोल्ने सम्झौता नेपाललाई नै नसोधी दुई छिमेकीले सम्झौता गर्दा पनि सरकारी पक्ष मौन बसेकामा पूर्व परराष्ट्र मन्त्रीदेखि चीन र भारतका लागि पूर्व राजदुतसहितका कूटनीतिज्ञहरूले सरकारको  आलोचना गरेका छन् ।

सगरमाथाको उचाई ‘घटेको हुन सक्ने’

अभैm सगरमाथा अग्लै  
जगदीश्वर पाण्डे
काठमाडौं– विश्वकै सर्वोच्व शिखर सगरमाथाको उचाई एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान गरिएको छ । वैशाख १२ गते गोरखाको बारपाकलाई इपिसेन्टर (केन्द्रविन्दु) पारेर गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण सगरमाथाको उचाई घटेको हुन सक्ने अनुमान गरिएको छ ।
खानी तथा भूगर्भ विभागको मुलुकका विभिन्न भागमा रहेका स्टेसनले भूकम्प हुनु अघि र पछि दिएको नतिजा तथा भूगर्वविद्का अनुसार सगरमाथाको उचाई घटेको हुन सक्ने देखिएको हो ।
विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ रहेको छ । सगरमाथाको उचाई करिब एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान छ । खानी तथा भूगर्भ विभागको सगरमाथा नै अवस्थित सोलुखुम्बु जिल्लाको स्याङबोचेमा राखेको स्टेनलाई हेर्दा सगरमाथाको उचाई घटेको हुन सक्छ । स्याङबोचेको स्टेशन नै करिब एक सेन्टिमिटर तल झरेकोको भूकम्पमापन केन्द्रबाट प्राप्त तथ्यांकले देखाएको छ । ‘स्याङबोचेकै स्टेशनका आधारमा सगरमाथाको उचाई केहि घटेको हुन सक्ने देखिन्छ,’ राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारी भने,‘अहिले नै घटेको भन्न गाह्रो छ । यसको बारेमा थप जानकारी पाउने प्रतिक्रिया भइरहेको छ ।’

विनाशको कारक मानवीय कमजोरी

जगदीश्वर पाण्डे
काठमाडौं– वैशाख १२ को महाभूकम्प र त्यसपछि गइरहेका शक्तिशाली पराकम्पनले ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घर, कार्यालय, सडक लगायतका पूर्वाधार भत्किएर अर्बौंको क्षति भएको छ । हिमाली क्ष्ँेत्रमा भूकम्पपछि हिमपहिरो गएर कतिपय ठाउबाट मानवसहित बस्ती नै खाली गराउनुपरेको छ । पहाडी क्षेत्रमा पहिरो गएका छन्, लोकमार्ग भास्सिएका छन् ।
हामीले सम्पूर्ण मानवीय क्ष्ँति, पूर्वाधार, पहिरोको कारक भूकम्पलाई देखाएका छौं । यथार्थमा भूकम्पको क्षतिको कारक भूकम्पमात्र नभएर मानवीय कमजोरीसमेत भएको बताउछन् विज्ञहरु ।
‘भूकम्प आएपछि भएको जनधनको क्षतिको प्रमुख कारक मानवीय कमीकमजोरी हो,’ विज्ञहरु भन्छन् ।
भूगर्भविद् डा. तारानीधि भट्टराई भन्छन्,‘कुन ठा“उमा बस्ती बसाल्नु पर्छ । संरचना बनाउनु पर्ने, सडक विस्तार गर्नु पर्ने लगायतका कुराहरु त्यस बारेमा सरकारीस्तर तर्पmबाटै अध्ययन हुनु आवश्यक छ ।’ भट्टराईका अनुसार कहा के गर्ने भनेर सरकारले एउटा किताबै निकाल्नु जरुरी छ । उनी भूकम्पले नभई मानवीय कमिकमजोरीका कारण बढी क्षति भएको बताएका छन् ।

'बाटो काट्नै गाह्रो रहेछ'

काठमाडौं, वैशाख १२ - 'तपाईंहरू यहाँ (काठमाडौं) को सडकमा हिँड्दा सुरक्षित महसुस गर्नुहुन्छ ?' हलिउड अभिनेत्री मिचेल योहले प्रश्न गरिन् । र, आफैँले उत्तर दिइन्- 'म त कारबाट घुमें । तर बाटोचाहिँ काट्न सक्दिनँ होला ।'
आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल शुक्रबार बेलुकी बालबालिकासँग सडक सुरक्षाबारे अन्तक्रिर्या गरिरहेकी थिइन् । स्कुलका साना नानी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारीलगायत उनलाई ध्यान दिएर सुनिरहेका थिए ।
मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तक्रिर्या गरिन् । बालबालिकाले जेब्राक्रसिङ, ट्राफिक लाइट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्या बालबालिकाले सुनाउँदा उनी
ध्यानमग्न थिइन् ।
मिचेलले नेपालमा भियतनाममा जस्तै 'ललिपप म्यान' (बाटो काट्न सहयोग गर्ने मान्छे) राख्न ठीक हुन सक्ने बताइन् । 'यो आर्थिक रूपमा त्यति महँगो हुँदैन र सहज पनि हुन्छ,' उनले भनिन्, 'सरकारले यस बारेमा ध्यान दिए राम्रो हुन्थ्यो ।' मिचेलले गाडी चढ्दा सुरक्षित बेल्ट, मोटरसाइकलमा चढ्दा अघि र पछि बस्ने दुवैले हेलमेट प्रयोग गर्नुपर्ने बताइन् । 'भियतनाममा सार्वजनिक यातायातमा पनि यात्रुका लागि सुरक्षित बेल्ट लगाउनुपर्ने नियम ल्याइएको छ । अन्य मुलुकमा पनि यस्तो कुरालाई ध्यान दिनुपर्छ,' उनले भनिन्, 'अविकसित देशभन्दा विकसित देशमा दुर्घटना बढी हुने तथ्यांक
पनि छ ।'