Pages

नेपाली क्रिकेटका ‘शक्ति’


जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पु¥याए 

जगदीश्वर पाण्डे 

मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ, भन्ने कसैलाई सिक्नु छ भने त्यो क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ । 

शक्ति आफैमा ‘गर्ड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टिमका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनका क्रिकेटर साथीहरू यसै भन्छन् ।

नेपाल सामु विमस्टेक कि सार्क?


जगदीश्वर पाण्डे 

नेपाल चौथो विमस्टेक शिखर सम्मेलनको आयोजना गर्ने संघारमा छ । उता, नेपालको एक महŒवपूर्ण साथी राष्ट्रको रुपमा रहदै आएको पाकिस्तानमा नया“ प्रधानमन्त्रीको रुपमा उदय भएको छ, इमरान खानको रुपमा ।

युद्ध, आतंकवाद र गरिबी जस्ता शब्दको विशेषणबाट चिनिने पाकिस्तानको रुप, रेखालाई फेर्छु भनेर खान पाकिस्तानको सबैभन्दा महवपूर्ण पदमा जिम्मेवारी सम्हाल्न आएका छन् । खानले भनिरहेका छन्, पाकिस्तान अब चाहन्छ त केवल शान्तिमात्र ।

अध्यक्ष राष्ट्रको रुपमा रहेको नेपालले चौथो विमस्टेक शिखर सम्मेलन काठमाडौंमा आयोजना गरिरहदा पक्कै पनि इस्लामाबादका प्रतिनिधि र उसका राष्ट्र प्रमुख उपस्थित हुने छैनन् । नेपाल सार्क मुलुकको पनि अध्यक्ष राष्ट्र हो । नेपालले १८ औं सार्कको आयोजना त ग¥यो तर पाकिस्तानलाई अध्यक्ष राष्ट्रको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गर्न पाएको÷सकेको छैन ।

क्रिकेट : उचाईमा त पुगियो, टिकिरहन सकिएला?


जगदीश्वर पाण्डे 

भनिन्छ, कुनै पनि उचाईमा पुग्न सकिन्छ । तर त्यहा“ रहिरहन कठिन हुन्छ ।

भर्खरै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको नेपाली क्रिकेट टोलीको लागि आगामि ४ वर्ष यहि भनाई लागु हुन्छ । पारस खड्काले नेतृत्व गरेको नेपाली टोलीले नेदरल्यान्ड्स विरुद्धको दुई खेल मध्ये एकमा हार र अर्कोमा जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको छ । त्यो पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ वर्षमा ।

जहा भाषाको राजनीति चलिरहेकोछ


जगदीश्वर पाण्डे, चेन्नाई 

एउटै मुस्लिम धर्म मान्ने भएर के भो र ! भाषाको कारण सन् १९७१ मा पश्चिमी पाकिस्तानबाट पूर्वी पाकिस्तान अलगियो । पश्चिम पाकिस्तानको उर्दु र पूर्वी पाकिस्तानको बंगाली भाषा बीचको तालमेल धर्मले गर्न/गराउन सकेन । पूर्वी पाकिस्तान नया मुलुक बंगलादेशको रूपमा जन्मियो   (पाकिस्तानलाई फुटाउन भारतले लेखेको भूमिकालाई यस लेखमा छाडिदिउ)।

नेपाली क्रिकेटमा बिर्सन नसक्ने ऐतिहासिक दिन


जगदीश्वर पाण्डे 
मैले एक वर्ष अघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोधेको थिए,‘नेपाललाई विश्वकप क्रिकेटमा त पु¥याउनु भयो । अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मुड त बनाउनु भएको छैन ?’ खड्काको जवाफ आयोे,‘पहिला टिमलाई वान–डे अन्तर्राष्ट्रिय मान्यता त दिलाउन दिउ । त्यस पछि वान–डे क्रिकेट खेलेर आनन्द लिऔं । त्यसपछि सोचौला नी के गर्ने भनेर ।’



२२ वर्ष पुग्यो नेपालले अन्तर्राष्ट्रिय  क्रिकेट खेलेको । क्रिकेटको २२ यार्डको पिचमा हाम्रा खेलाडीहरूले देखाएको प्रदर्शनले सबैको मन जित्न सफल भएको छ । हाम्रो सिमित स्रोत र साधनका बाबजुत नेपालको प्रदर्शनलाई जति तारिफ गरे पनि कमै होला ।

मैले खड्कासगको कुराकानी गरेको सायद एक वर्षमात्र भएको छ । तर उनले आपूmले जे भनेका थिए । त्यो पु¥याएरै छाड्ने भएका छन् । आज (बुधबार) नेपालले नेदरल्यान्ड्सविरूद्ध उसकै घरेलु मैलानमा एकदिवसीय क्रिकेट खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा नया“ पाइला टेक्दैछ । अर्थात् अब नेपाली क्रिकेट पनि अन्तर्राष्ट्रिय मन्चमा नया“ शक्तिको रुपमा उत्रिएको छ ।

नगरपालिकाको आकर्षण

जगदीश्वर पाण्डे, काठमाडौं


आश्विन १६, २०७२- २००७ सालमा राणा शासनको अन्त्यसँगै मुलुक अर्कै कालखण्डमा प्रवेश गर्‍यो । उक्त राजनीतिक परिवर्तनपछि बनेको नगर पञ्चायती ऐन, २००७ ले मुलुकमा पहिलो पटक नगरपालिकाको जन्म दियो । ऐनअनुसार गठित सुरुमा ५ नगरपालिका थिए– पाटन, कान्तिपुर, भक्तपुर, विराटनगर र वीरगन्ज ।मुलुकमा पछिल्लो पटक सरकारले २६ नयाँ नगरपालिका गठन गर्‍यो असोज १ को निर्णयबाट । तीसँगै प्रजातन्त्रको स्थापना, पञ्चायती शासन व्यवस्था, २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली, २०६२/६३ जनआन्दोलनपछिको लोकतन्त्रको कालखण्डसमेत गरी हालसम्म दर्जनभन्दा बढी पटक थप्दै २ सय १७ नगरपालिका पुगेका छन् । तिनमा नगरपालिका २ सय ४, उपमहानगरपालिका १२ र महानगरपालिका १ छन् । गाविस घटेर ३ हजार १ सय ५७ भएका छन् ।

फाइनल खेल होइन संविधान

जगदीश्वर पाण्डे
खेलमा दुई टिम एकै पटक विजयी हुदैनन्, मिल्दैन । एउटा टिमले जित्छ, र अर्कोले हार्छ । अन्त्यमा, जित्नेहरुले खुसीयाली बनाउछन् र हार्ने पिडा हुन्छ । यो प्राकृतिक नियम जस्तै हो ।  

६८ वर्षदेखि नेपाली जनताले चाहेको संघीय संविधान जारी भएको दिन (असोज ३, आइतबार) बेलुकी जब राष्ट्रपति रामवरण यादवले नया“ बानेश्वरस्थित संविधानसभाको हलमा नया संविधानलाई दुवै हातले समाते र ढोक्दै माथि उचाल्दै जारी भएको घोषणा समेत गरे ।

त्यो बेला पहाडी क्षेत्रका जनताका आखाबाट खुसीका आसु झरेका थिए । खुसीयाली मनाए । ¥याली र दिपावली समेत गरे । तर त्यसको ठिक विपरित तराई क्षेत्रमा नया संविधानको विरोध भयो । नया“ संविधानलाई त्यहा“का जनताले असन्तोष व्यक्त गर्दै पिडाको रूपमा ब्याख्या गरे ।