Pages

द स्टोरी टेलर्स

रसियन कल्चर सेन्टरमा हालै स्टोरी टेलर्स नेपालले ‘एभ्रि एडुकेटर ह्याज अ स्टोरी’ अर्थात् हरेक शिक्षकको कथा हुन्छ भन्दै जिन्दगीको कथा सुनाएको थियो । रुसमा एउटा चलन छ, कथा वाचन गर्ने । अर्थात् स्टोरी टेलिङ । बुढौलीले छुन थालेपछि मान्छेको संयोगको घटना, समय वा वर्ष पारेर अरूलाई आफ्नो जिन्दगीको कथा सुनाइन्छ ।
डा. जुगल भुर्तेलले करिब दुई दशक लामो रूस बसाइका बेला यस्तै अनुभव गरेका थिए। साइबेरियाकी तातियानाले पनि आफ्नो देशमा स्टोरी टेलिङको कल्चर रहेको बताइन्। नेपाल र रूसबीच सन् १९५६ को जूनबाट कूटनीतिक सम्बन्ध अघि बढ्यो। त्यसपछि काठमाडौंस्थित कमलपोखरीमा खडा भएको हो, रसियन कल्चर सेन्टर। 


यही कल्चर सेन्टरमा हालै स्टोरी टेलर्स नेपालले 'एभ्री एडुकेटर ह्याज अ स्टोरी' अर्थात् 'हरेक शिक्षकको कथा हुन्छ' भन्दै जिन्दगीको कथा सुनाएको थियो। मञ्चमा किताबका चाङ थिए, कुनै किताब बन्द त कुनै पढ्दा-पढ्दै बीचमै छाडेर हिँडेको जस्तो। तर रूसी गन्ध आउने हलमा कुनै पाका, सफल वा अन्य रसियन व्यक्तिबारे कथा वाचन सुरु हुन गइरहेको थिएन। उपत्यकाका अन्य हल छाडेर यही हलमा कार्यक्रम गर्नु 'द स्टोरी टेलर्स, नेपाल' का संस्थापक प्रशान्त मानन्धरको बाध्यात्मक संयोग थियो। घडीको सुईले दिउँसोको साढे ३ पार गरेलगत्तै स्टेजमा प्रशान्त झुल्किए र भने, 'आज हामी यस्तो तीन युवा नेपाली व्यक्तिलाई आफ्नो कथा सुनाउन यहाँ बोलाउँदै छौं।' जसले नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउने कोसिस गरेका छन्, आफ्नो ऊर्जाशील समयलाई ग्रामीण क्षेत्रमा पुगेर बालबालिकालाई शिक्षा दिने काम गरेका छन्। 

फुटपाथ बने 'घरपाथ’

काठमाडौं, फाल्गुन ४ - पैदलयात्रुहरूको सुविधाका लागि सडकछेउमा फुटपाथ बनाइन्छ। सडक विस्तार वा निर्माण जे भए पनि फुटपाथ कति चौडा र कस्तो हुने भन्ने योजना सबैभन्दा पहिले बनाउनुपर्छ। सडक विभागका लागि त यो मूलभूत विषय नै हो।

अझ, राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्ग निर्माण गर्दा न्यूनतम् कति चौडा फुटपाथ बनाउने भनेर सरकारले तोकेकै छ। न्यूनतम् फुटपाथ १ दशमलव ५ र अधिकतम् ५ मिटरसम्मको हुनुपर्ने व्यवस्था छ।

तर, मुलुकका सडकहरूमा यसको कार्यान्वयन भएको कतै पाइँदैन। उपत्यकाका सडकहरूमा त झनै यो मापदण्डअनुसार फुटपाथ बनेको छैन। यहाँका अधिकांश सडकमा फुटपाथ छैनन्। फुटपाथ भएका सडकमा यात्रा गर्दै जाँदा कतिपय स्थानमा यो हराउँछ। बाँकी रहेका पनि नियमअनुसार छैनन्। जुन घरअगाडिको सडकमा फुटपाथ बनेको छ, त्यही घरधनीको आवश्यकता र स्वार्थअनुसार फुटपाथ नभई 'घरपाथ' का रूपमा निर्माण भएका छन्।
काठमाडौंको बालुवाटार, नक्साल, अनामनगर, महाराजगन्ज, लाजिम्पाट, थापागाउँ लगायतका सडक अवलोकन गर्दा प्रश्न उठ्छ, सडकछेउको फुटपाथ धनधनीका लागि कि पैदलयात्रु हिंड्नका लागि? सडकभन्दा तलसम्म घर छ भने त्यहाँ ओर्लन सहज हुने गरी फुटपाथ बनाइएका छन्। सडकभन्दा माथिबाट घरको सुरुआत भए, त्यहाँ उक्लन सहज हुने गरी फुटपाथ बनाइएका छन्।

पार्क छन्, पर्याप्त छैनन्


काठमाडौ, फाल्गुन २ - चालीस लाख जनसंख्या नाघिसकेको छ, काठमाडौं उपत्यकाको। यहाँका बस्ती र बाहिरबाट आउने जमात बढेको बढ्यै छन्। तर, बढ्दो जनसंख्यालाई घुम्न वा डुल्न खाली ठाउँ पर्याप्त छैन। बच्चाहरूले खेल्ने, वृद्धवृद्धाले आराम गर्ने, अपांगता भएकाहरू बस्ने, किशोर-किशोरीको डेटिङ जाने स्थल तथा बिहान मर्निङ र बेलुका इभिनिङ वाक् गर्नेहरू सार्वजनिक पार्क र बगैंचाको खोजीमा छन्। पार्क र बगैंचाले काठमाडौंको सुन्दरता मात्र बढाउँदैन, उपत्यकाको वायु प्रदूषण पनि कम गर्छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन महाशाखाका प्रमुख रविनमान श्रेष्ठ पार्क, बगैंचा, उद्यानहरूले उपत्यकाको वायु प्रदूषण कम गर्न मदत गर्ने बताउँछन्। भन्छन्,'त्यसैले हामीले काठमाडौंमा नयाँ विस्तार गरेका सडकमा बिरुवा रोपेका हौं। पछि गरिने विस्तारमा पनि रोप्ने योजना छ।' तर नयाँ पार्क निर्माण सम्बन्धमा महानगरपालिकाले थप पहल गरे/नगरेकोबारे भने उनी बोल्न चाहेनन्।
काठमाडौं जिल्लामा रहेको रत्नपार्क, बालाजु पार्क, महाराजगन्जमा रहेको शंख पार्क, नक्सालमा रहेको शान्ति बाटिका, लैनचौरस्थित सहिद पार्क महानगरको मातहतमा छन्। नक्सालस्थित नेपाल प्रहरीको प्रधान कार्यालयको पश्चिममा रहेको नन्दकिशोर बगैंचा भने काठमाडौं विकास प्राधिकरणको जिम्मामा छ।
मुलुककै सबभन्दा सानो जिल्ला भक्तपुरमा सार्वजनिक प्रयोगको पार्क र बगैंचा छैनन्। ललितपुरमा भने काठमाडौंसँग वाग्मती नदीले जोडेको यूएन पार्क छ। ५ वर्षमा काम पूरा गर्ने भन्दै १९ वर्षअघि यूएन पार्कको निर्माण गरिएको थियो। तर यो पार्क कछुवाको चालमा अघि बढेको छ। अहिलेसम्म यसको काम पूरा हुन सकेको छैन। करिब १२ सय रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क ललितपुर उपमहानगरपालिकाको ज्वागल, कुपण्डोल, गुसिंगाल र काठमाडौं महानगरपालिकाको थापाथली र त्रिपुरेश्वर क्षेत्रसम्म छ। यूएन पार्क विकास समितिका कार्यकारी निर्देशक कृष्णदेव यादवले बजेट अभावमा निर्माणमा ढिलाइ भएको बताए। उनले अन्य कारण खुलाउँदै भने, 'सानातिना निर्माण त भइरहेका छन्। तर सुकुम्बासी बस्ती र वाग्मती किनारमा ढल निर्माण भइरहेकाले बाधा पुगेको छ।' उनले यसपटक पार्कका लागि बजेट छुट्याइसकेको जनाउँदै छिट्टै निर्माण कार्यलाई तीव्रता दिने बताए। थानकोटमा त्रिभुवन पार्क छ। तर यो पार्क मध्यसहरबाट टाढा छ।

तेलको राजनीति


साउदी अरबका राजा अब्दुल्ला बिन अब्दुलाजिजको गत जनवरी २३ मा ९० वर्षको उमेरमा निधन भयो । स्वाभाविक थियो, ‘हाई प्रोफाइल’ व्यक्तिको मृत्युले संसारभर चर्चा पायो । अमेरिकी राष्ट्रपति बाराक ओबामासमेत भारत भ्रमण सकेर रियाद हानिए, श्रद्धाञ्जलि प्रदान गर्न । तर बजारमा समाचारको भन्दा बढी ‘भाउ’ विश्लेषणको छ, जुन तेलको भाउस“ग जोडिएको छ । विश्वमा कच्चा तेलको मूल्य घटिरहेका बेला अब नया“ राजाले कस्तो रणनीति अख्तियार गर्लान् ?

अब्दुल्लाका ‘हाफ ब्रदर’ (आमा एउटै, बाबु फरक) सलमान बिन अब्लुद–अजिज अल साउद नया“ राजा बनेका छन् । तेलको भाउ ओरालो लागेको यो बेला सलमानले साउदीको निकट मित्र अमेरिकास“गको सम्बन्ध कसरी अघि बढाउलान् ? छिमेकी र बा“की विश्वस“ग कस्तो सम्बन्ध राख्लान् ? धेरैका आ“खा यतातिर सोझिएका छन् । तर नया“ राजाले भने तत्काल कुनै फरक नहुने संकेत गरेका छन् । गद्दीसीन भएकै दिन उनले राष्ट्रिय टेलिभिजनमा भने, ‘भगवान्को सहयोगमा हामी त्यही बाटोमा सीधा हि“ड्नेछौं । जुन बाटो अब्दुल्लाहले देखाएका थिए ।’

संयोगले पाएको जीवन !

Prem
मुटुको शल्यक्रियापछि अस्पतालमा प्रेमबहादुर थापामगर । तस्बिर : कान्तिपुर
काठमाडौं, माघ २९ - 'आज मौसम खुलेछ,' न्यु सर्जिकल वार्डको १३ नम्बरको शय्याबाट चियाउँदै ४२ वर्षीय प्रेमबहादुर थापामगरले माघ १२ गतेको भेटमा सुनाए । उनको फूर्तिलो स्वरले बाहिरको वातावरणको मात्र होइन, उनकै जीवनमा माघ ८ पछि आएको परिवर्तनको पनि सन्देश दिन्थ्यो । संविधानसभा भवनमा नयाँ संविधानबारे चर्काचर्की भइरहँदा उता बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा एक सुकुम्बासी प्रेमबहादुरले दोस्रो जुनी पाएका थिए ।
धादिङ छापथोक गाउँका मुटुरोगी प्रेमबहादुर एक वर्षदेखि काठमाडौं धाइरहेका थिए । 'काम गर्दा मुटु एक्कासि दुखेको थियो,' उनले भने,'त्यसपछि उपचार गराउन आउँदा डाक्टरले छिट्टै भल्भ फेर्नुपर्छ भन्ने सल्लाह दिए ।'
उनलाई जन्म दिएलगत्तै काखे छोरालाई छाडेर आमाले दोस्रो बिहे गरिन् । बाबुले पनि अर्को विवाह गरेर घर-जग्गा सबै बेची भारत लागे । प्रेमबहादुर मामाघरमा हुर्के । १४ वर्षको उमेरमा उनी भारतको कोलकाता पुगे । रिक्सा चलाउने र अन्य मजदुरी गरे । रामेछापबाट उता पुगेकी गीतालाई उनले जीवनसाथी पाए । चार वर्षअघि धादिङबाट मामाको खबर पुग्यो, 'हामी हेरौंला, यतै आएर सँगै बस ।' नपढेका प्रेम र बङ्गाली ज्यादा नेपाली कम बुझ्ने गीता कमाएको केही पैसासहित तीन छोराछोरी लिएर स्वदेश फर्के ।
'पैसा भएसम्म मामाले माया गरे । पैसा सकिएपछि हेला गर्न थाले,' प्रेमबहादुरले दुःख पोखे । उनको परिवार नेत्रावती प्राविको छेवैमा रहेको सरकारी जग्गामा छाप्रो हालेर बसेको छ । प्रेमबहादुर मजदुरी गर्छन् भने गीता मासिक ३ हजारमा त्यही विद्यालयमा पियनको काम गर्छिन् । जेठो छोरा १६ वर्षका छन् । अर्को छोरा १४ र छोरी १३ वर्षका छन् । छाप्रोमा साँघुरो भएपछि दुई छोरा सधैं साथीहरूकै घरमा सुत्न जान्छन् ।

'सहमतिमै जानुपर्छ, द्वन्द्वले फाइदा गर्दैन’

Madhav Nepal
प्रमुख राजनीतिक शक्तिले शान्तिप्रक्रिया टुंग्याउनेदेखि मुलुकलाई गणतन्त्रमा ल्याउनेसम्मका महत्त्वपूर्ण निर्णयहरू वार्ता, संवाद र सहमतिबाटै टुंग्याएका थिए। दलहरूबीचको सहमतिको यात्राले परिवर्तन पनि सम्भव भयो। तर, अहिले प्रमुख दलहरूबीचको ध्रुवीकरणका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा पनि उत्पन्न भएको छ। विगतमा राजनीतिक गतिरोधको यस्तै अवस्थामा मध्यमार्गी भूमिका खेल्ने नेताका रूपमा आफ्नो परिचय दिँदै आएका व्यक्ति हुन्, एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। राष्ट्रिय राजनीतिमा देखिएको यही गतिरोध र त्यसलाई फुकाउने उपायको सेरोफेरोमा रहेर कान्तिपुर दैनिकका दुर्गा खनाल र जगदीश्वर पाण्डेले नेता नेपालसँग गरेको कुराकानीको सम्पादित अंश :
.............................
दलहरूबीच संवादहीनताकै अवस्था किन आयो?
संवादहीनताको अवस्था आउनुमा कारण छन् । तर, म कसैलाई दोषारोपण गर्न चाहन्नँ। तर, एउटा तथ्य के हो भने चार वर्षसम्म संविधान भन्दै त्यत्तिकै अल्झियौं। म त तीन महिनामा संविधान जारी गर्न सकिन्छ भन्ने मान्यता बोकेको मान्छे हुँ। अहिले र पहिले पनि संविधान निर्माणमा लागेको मान्छे हुँ। संविधानका आधारभूत कुरामा सहमति गर्नु मुख्य कुरा हो, बाँकी कुरा गर्न समय लाग्दैन। तर, अनावश्यक समय लिइयो। बहसै गरिरहने हो भने त जति पनि समय लाग्न सक्छ। ०४७ सालकै संविधानमा पनि हामीले चाहेको भए १० वर्ष लगाइदिन सक्थ्यौं। राजाको च्याप्टर नै नराख्ने भनिदिनसक्थ्यौं। संविधानका खासखास कुरामा विवाद हुने हो, अन्यमा हुँदैन। कार्यपालिका र व्यवस्थापिकाबारेमै त हो धेरै विवाद हुने। तर, हाम्राेमा न्यायपालिकाको पनि विवाद आएको छ। हामीले खोजेको गरिब श्रमजीवीको सहारा बन्ने प्रगतिशील संविधान हो। सामाजिक आर्थिक रूपान्तरणमा सहयोग गर्ने कानुन हो। संविधान निर्माणमा धेरै समय लिनु भनेको जनताको भावना नबुझ्नु, जनताको पीडा नबुझ्नु हो। एक माघले जाडो जाँदैन नि। परिवर्तनको अवश्यकता बोध भएपछि संविधान परिवर्तन हुन्छन्। संविधानका आधारभूत संरचना भनेको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता हो। त्यसबाहेक अरू संशोधन हुन सक्छ।