Pages

लिपुलेक सम्झौताबारे सरकार मौन

कूटनीतिज्ञहरूद्वारा सरकारकोआलोचना

lipu lake
काठमाडौं, असार ४ - नेपालको पश्चिम–उत्तरी क्षेत्रको भू–भाग दार्चुला जिल्लाको लिपुलेक हुँदै व्यापारिक नाका खोल्न भारत र चीन बीच सम्झौता भएको एक महिना बित्तिसक्दा पनि त्यसलाई रोक्न सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा जेठ १ मा दुई देशबीच भएको ४१ बुँदे सम्झौतामा भारतले अतिक्रमण गरिरहेको नेपाली भूमि लिपुलेक हुँदै नाका खोल्ने उल्लेख छ ।
नेपाली भू–भाग भएर नाका खोल्ने सम्झौता नेपाललाई नै नसोधी दुई छिमेकीले सम्झौता गर्दा पनि सरकारी पक्ष मौन बसेकामा पूर्व परराष्ट्र मन्त्रीदेखि चीन र भारतका लागि पूर्व राजदुतसहितका कूटनीतिज्ञहरूले सरकारको  आलोचना गरेका छन् ।