Pages

सगरमाथाको उचाई ‘घटेको हुन सक्ने’

अभैm सगरमाथा अग्लै  
जगदीश्वर पाण्डे
काठमाडौं– विश्वकै सर्वोच्व शिखर सगरमाथाको उचाई एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान गरिएको छ । वैशाख १२ गते गोरखाको बारपाकलाई इपिसेन्टर (केन्द्रविन्दु) पारेर गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण सगरमाथाको उचाई घटेको हुन सक्ने अनुमान गरिएको छ ।
खानी तथा भूगर्भ विभागको मुलुकका विभिन्न भागमा रहेका स्टेसनले भूकम्प हुनु अघि र पछि दिएको नतिजा तथा भूगर्वविद्का अनुसार सगरमाथाको उचाई घटेको हुन सक्ने देखिएको हो ।
विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ रहेको छ । सगरमाथाको उचाई करिब एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान छ । खानी तथा भूगर्भ विभागको सगरमाथा नै अवस्थित सोलुखुम्बु जिल्लाको स्याङबोचेमा राखेको स्टेनलाई हेर्दा सगरमाथाको उचाई घटेको हुन सक्छ । स्याङबोचेको स्टेशन नै करिब एक सेन्टिमिटर तल झरेकोको भूकम्पमापन केन्द्रबाट प्राप्त तथ्यांकले देखाएको छ । ‘स्याङबोचेकै स्टेशनका आधारमा सगरमाथाको उचाई केहि घटेको हुन सक्ने देखिन्छ,’ राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारी भने,‘अहिले नै घटेको भन्न गाह्रो छ । यसको बारेमा थप जानकारी पाउने प्रतिक्रिया भइरहेको छ ।’

विनाशको कारक मानवीय कमजोरी

जगदीश्वर पाण्डे
काठमाडौं– वैशाख १२ को महाभूकम्प र त्यसपछि गइरहेका शक्तिशाली पराकम्पनले ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घर, कार्यालय, सडक लगायतका पूर्वाधार भत्किएर अर्बौंको क्षति भएको छ । हिमाली क्ष्ँेत्रमा भूकम्पपछि हिमपहिरो गएर कतिपय ठाउबाट मानवसहित बस्ती नै खाली गराउनुपरेको छ । पहाडी क्षेत्रमा पहिरो गएका छन्, लोकमार्ग भास्सिएका छन् ।
हामीले सम्पूर्ण मानवीय क्ष्ँति, पूर्वाधार, पहिरोको कारक भूकम्पलाई देखाएका छौं । यथार्थमा भूकम्पको क्षतिको कारक भूकम्पमात्र नभएर मानवीय कमजोरीसमेत भएको बताउछन् विज्ञहरु ।
‘भूकम्प आएपछि भएको जनधनको क्षतिको प्रमुख कारक मानवीय कमीकमजोरी हो,’ विज्ञहरु भन्छन् ।
भूगर्भविद् डा. तारानीधि भट्टराई भन्छन्,‘कुन ठा“उमा बस्ती बसाल्नु पर्छ । संरचना बनाउनु पर्ने, सडक विस्तार गर्नु पर्ने लगायतका कुराहरु त्यस बारेमा सरकारीस्तर तर्पmबाटै अध्ययन हुनु आवश्यक छ ।’ भट्टराईका अनुसार कहा के गर्ने भनेर सरकारले एउटा किताबै निकाल्नु जरुरी छ । उनी भूकम्पले नभई मानवीय कमिकमजोरीका कारण बढी क्षति भएको बताएका छन् ।