Pages

विनाशको कारक मानवीय कमजोरी

जगदीश्वर पाण्डे
काठमाडौं– वैशाख १२ को महाभूकम्प र त्यसपछि गइरहेका शक्तिशाली पराकम्पनले ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । घर, कार्यालय, सडक लगायतका पूर्वाधार भत्किएर अर्बौंको क्षति भएको छ । हिमाली क्ष्ँेत्रमा भूकम्पपछि हिमपहिरो गएर कतिपय ठाउबाट मानवसहित बस्ती नै खाली गराउनुपरेको छ । पहाडी क्षेत्रमा पहिरो गएका छन्, लोकमार्ग भास्सिएका छन् ।
हामीले सम्पूर्ण मानवीय क्ष्ँति, पूर्वाधार, पहिरोको कारक भूकम्पलाई देखाएका छौं । यथार्थमा भूकम्पको क्षतिको कारक भूकम्पमात्र नभएर मानवीय कमजोरीसमेत भएको बताउछन् विज्ञहरु ।
‘भूकम्प आएपछि भएको जनधनको क्षतिको प्रमुख कारक मानवीय कमीकमजोरी हो,’ विज्ञहरु भन्छन् ।
भूगर्भविद् डा. तारानीधि भट्टराई भन्छन्,‘कुन ठा“उमा बस्ती बसाल्नु पर्छ । संरचना बनाउनु पर्ने, सडक विस्तार गर्नु पर्ने लगायतका कुराहरु त्यस बारेमा सरकारीस्तर तर्पmबाटै अध्ययन हुनु आवश्यक छ ।’ भट्टराईका अनुसार कहा के गर्ने भनेर सरकारले एउटा किताबै निकाल्नु जरुरी छ । उनी भूकम्पले नभई मानवीय कमिकमजोरीका कारण बढी क्षति भएको बताएका छन् ।

‘जापानमा बनेको जस्तो भूकम्प प्रतिरोधक भवन र पूर्वाधार नेपालमा बनेको भए यति धेरै मानवीय र पूर्वाधारको क्षति हुदैन थियो,’ भूगर्भविद् भट्टराईले भने ।
अर्का भूगर्भ विद् रामचन्द्र तिवारी पनि भट्टराईको कुरालाई समर्थन गर्दै थप्छन्,‘कुनै पनि स्थानमा केहि संरचना निर्माण गर्नुपर्दा सबभन्दा पहिले त्यो क्षेत्रको समग्र भू¬–भागको अध्ययन र त्यसपछि त्यहाको माटोको परिक्षण गर्नु पर्छ । साथमा जमिनमुनिको भागमा पानीको भाग कति छ भनेर पनि अध्ययन गर्नु आवश्यक छ ।’
जापानको स्थितीलाई कोट्याउदै भने,‘त्यहा“ कुनै पनि संरचना भूकम्प प्रतिरोधी निर्माण गरिन्छन् । र, कुनै घर वा पूर्वाधार निर्माण गर्दा पहिले नै यति समयका लागि भनेर बनाउछन् र समय पुगेपछि भत्काउछन् ।’ उनले नेपालको स्थितीलाई जोड्दै भने,‘नेपालमा बनाएका संरचना टिकेसम्म केहि गरिन्न । त्यसैले भूकम्प आएपछि बढी क्षति हुने गरेको हो ।’
भट्टराई र तिवारीले भूकम्पले भन्दा पनि यहाको गलत र कमजोर संरचनाले मानवीय र संरचनात्मक क्षति भएको बताए । उनीहरुको एउटै भनाई थियो, सरकारले भूकम्पबाट प्रभावित नहुने स्थानलाई हेरेर एकृकित बस्ती विकासमा ध्यान दिनुपर्छ ।
संरचनात्मक इन्जिनियर विजयलाल न्याछ्योंले कुनै पनि भूभागको अध्ययन नगरि र संरचनात्मक इन्जिनियरको साहयता नदिई घर निर्माण गरे भूकम्प जादा जोखिम हुने प्रष्ट पारे ।
न्याछ्योंले सरकारले कुन निर्माण सामाग्री प्रयोग गरेर घर बनाउनु ठिक हुन्छ भनेर तोकिनु पर्ने बताए । उनले भने,‘नेपालमा नियम भए पनि पालना भएका छैनन् । यसलाई प्रभावकारी रुपमा लानु गर्न जरुरी छ ।’
शहरी विकास योजनाकारण इन्जिनियर डा. सुनिलबाबु श्रेष्ठले भने,‘नेपालमा भवन निर्माण आचार सहिता भए पनि त्यसलाई सहि रुपमा सदुपयोग नहुदा भूकम्पका कारण देशमा ठूलो क्षति भएको हो ।’ उनले भू–अध्ययनसहित संरचनात्मक डिजाइनमा पनि हेल्च्याक्र्याई गर्दा भूकम्पमा परि ठूलो क्षति भएको बताए ।
न्याछ्योंले मुलुकमा भू–अध्ययन गरेर कमै घर बनेको उल्लेख गर्दै,‘घर बनाउदा इन्जिनियरले संरचनात्मक डिजाइन बनाए पनि ठेकेदारस“ग मिलेर त्यसको पालना गर्दैनन् । कम खर्च र आपूmले चाहे जस्तै घर बनाउनका लागि कमसल खालका सामाग्री प्रयोग गर्ने गर्दै आएका छन् । त्यसले गर्दा हाम्रा संरचना कमजोर छन् र हरेक पटक भूकम्प जादा हामी डराउनु पर्छ ।’
श्रेष्ठले नेपालमा भवन निर्णाण आचार सहिता हिमाल, पहाड र तराईमा उस्तै भएकोले प्राविधिक रुपमा ठिक नभएको प्रतिक्रिया दिए । ‘ठाउ अनुसार फरक–फरक भू–भाग पनि फरक हुन्छन्, त्यहि अनुसार संरचना बनाउन जरुरी छ,’ उनले भने ।
सरकारले कुन भूभागमा घर बनाएर बस्न ठिक छ भनेर तोकिदिनु खानी तथा भूगर्भ विभाग अन्तरगत रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । उनले भने,‘सरकारले देशका सबै ठा“उका भू–अध्ययन गरेर जनतालाई सहज बनाइदिने हो । यूरोपमा सरकारले नै यस्तो गरेको पाइएको छ । नेपालमा पनि यस्तो गर्नु पर्छ ।’