Pages

इजरायल–प्यालेस्टाइन युद्धको अन्तरकथा


दुई मुलुकका बीच विगत एक सय वर्षदेखि नै युद्ध चलिरहेको छ । लिग अफ नेसन्स र संयुक्त राष्ट्र संघले पनि यो युद्धको शृंखलालाई रोक्न सकेको छैन । ओस्लो सम्झौता सहमति नजिक पुगे पनि फेरि दुवै मुलुकका दक्षिण पन्थी र कट्टरपन्थीका कारण युद्ध रोकिन पाएको छैन । यस पटक ११ दिनमा युद्ध विराम भए पनि फेरि अर्को युद्ध कहिले होला भनेर दिन गरेर बस्नु बाहेक अन्य कुनै अवस्था देखिन्न । 


जगदीश्वर पाण्डे 

केहि समय अघि नेपालका लागि इजरायलका राजदुत हनान गोडरस“गको मेरो पहिलो भेटमा उनले मलाई सोधेका थिए, ‘परराष्ट्र सम्बन्ध रिर्पोटिङ बाहेक अन्य के गर्नुहुन्छ ।’  मैले उत्तर दिए“,‘त्यस बाहेक नेपाली सेना र राष्ट्रिय सुरक्षाको सम्बन्धी रिर्पोटिङ गर्छु ।’ लगतै गोडरले थपिहाले,‘नेपाली सेना र सुरक्षा ! हाम्रो इजरायलमा त चिन अफ आर्मी स्टाफ राती सुत्दा पनि एउटा आ“खा खुल्लै राखेर सुत्ने गर्छन् । उनीहरुको दुवै आ“खा बन्द कहिल्यौ पनि हुन्न ।’

राजदुत गोडरको उक्त भनाईले पश्चिम एसिया (पश्चिमाहरु मध्यपूर्व भन्छन्) मा रहेको मुलुक इजरायल कस्तो अवस्थाबाट गुज्रिरहेको हुन्छ र त्यहा कति सुरक्षाको थ्रेट छ भन्ने स्पष्ट पार्छ । गोडरले भने जस्तै इजरायलका सैनिक प्रमुखले राती पनि एक आखा खुला गरेर नसुतेको भए, वैशाख २७ गते राती प्यालेस्टाइनको गाजा क्षेत्रबाट त्यहा“को एक इस्लामिक समूह हमासले इजरायलका विभिन्न शहरहरुमा गरेको दर्जनौं रकेट आक्रमण गर्दा ७ जना नागरिकको मात्र ज्यान जाने थिएन । इजरायल त्यहि राती नै तहस–नहस हुन्थ्यो होला ।