Pages

'केरुङ नाकासम्म रेलमार्ग पुर्‍याउने योजना छ'

संक्रमणकाल अन्त्यका संविधानमा साझा बिन्दु आवश्यकः चिनियाँ विदेशमन्त्री

  • 'केरुङ नाकासम्म रेलमार्ग पुर्‍याउने योजना छ'

  • सन् २०१५ नेपाल चीन सम्बन्धको विशेष वर्ष


काठमाडौं, पुस १३ - चीनले नेपालका फरक विचार भएका दलहरूलाई राजनीतिक स्थायित्वका लागि विशेष गरी संविधान निर्माणमा साझा बिन्दु खोज्न सुझाव दिएको छ । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राजनीतिक दलका नेताहरुलाई संविधान निर्माणका लागि साझा बिन्दु खोज्न आग्रह गर्दै फर्केका छन् ।
 दलहरुले संविधान निर्माणबारे आआफ्ना अडानमा कायम रहेको बेला चिनियाँ वरिष्ठ अधिकारीबाट यस्तो भनाइ आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्तो सहमतिका आधारमा संविधान बनाउन स्पष्ट शब्दमा नभने पनि मन्त्री वाङले कुटनीतिक भाषा प्रयोग गरे ।

 'नेपालका राजनीतिक दलले आआफ्ना मतभिन्नता हुदाहुदै भने साझा अवधारणा बनाउने छन् भन्नेमा चीनको बिश्वास छ' वाङले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग शुक्रबार बेलुका भएको रात्रीभोजमा भने, 'मलाई बिश्वास छ, तपाईहरु तोकिएकै समयमा संविधान निर्माण गरी मुलुकको दीर्घकालीन लक्ष्य पुरा गर्नुहुनेछ ।' उनले कांग्रेस, एमाले र अन्य नेताहरुलाई पनि संविधान निर्माणमा सहमति खोज्न सुझाव दिएका थिए ।

'विदेशमन्त्री आउदैमा राष्ट्रपति आउनुहुन्छ भन्ने हुन्न'

तीन दिने नेपाल भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार नेपाल आइपुगेका छन् । उनको भ्रमणलाई अर्को बर्ष हुनसक्ने चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । वाङलाई नेपालका समकक्षी महेन्द्र पाण्डेले भ्रमणको निम्तो दिएका थिए । नेपाल बसाईंका क्रममा वाङले दुई देशको मन्त्रिस्तरीय बैठकमा सहभागीता जनाउनेछन् । उनले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेट गर्ने कार्यक्रम छ । वाङको भ्रमणको बिषयमा केन्दि्रत भएर परराष्ट्रमन्त्री पाण्डेसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानी ।

चीनका विदेश मन्त्री वाङ यीको भ्रमणलाई नेपालले कसरी लिएको छ ?
मन्त्री वाङलाई मैले नै भ्रमणको निमन्त्रणा गरेको हुँ । हाम्रो दुई देश बीचको सम्बन्ध अन्यन्त सुमधुर रहेको अवस्था छ । त्यसमा पारस्परिक हितका निम्ति पनि यस्तो भ्रमणको महत्व हुन्छ । यो आधिकारिक र सद्भावना भ्रमण हो । भ्रमण एकतर्फ दुवै देशको सम्बन्धलाई नवीकरण र सुदृढीकरण गर्दै र अर्को तर्फबाट हेर्दा अहिले विश्वको ठूलो अर्थतन्त्र भएको नाता र छिमेकी राष्ट्र भएकोले पनि देशमा आमन्त्रण गर्ने र सम्बन्ध बलियो बनाउनका निम्ति महत्वपूर्ण हुनेछ ।

दलहरुलाई सहमति खोज्न चीनको सुझाब

काठमाडौ, पुस १२ - चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका दलहरूलाई साझा आधार खोजेर संविधान बनाउन सुझाएका छन्। चिनियाँ राजदूतावासले काठमाडौंको याक एन्ड यति होटलमा शुक्रबार गरेको कार्यक्रममा देश-विदेश नीतिबारे बोल्दै उनले दलका शीर्ष नेताहरूको पनि उपस्थिति रहेको हलमा भने, 'साझा आधार खोजेर संविधान बनाउन सकिन्छ।'


नेपालबारे जानकार र चिनियाँ कम्युनिस्ट पार्टी -सीसीपी) का सदस्यसमेत रहेका वाङले चीन नेपालको राम्रो साथी रहेको र नेपालको आन्तरिक मामिलामा आफ्नो देशले कुनै पनि हस्तक्षेप नगर्ने बताए। उनले भने, 'तर हामी आशा गछौैर्ं, संविधान निर्माण प्रक्रिया राम्ररी अघि बढोस्। हामी आशा गर्छौं, फरक विचारधारा भएका दलहरू एउटै साझा आधारमा आएर सहमति गरून्।'

नेपाल दक्षिण एसियाको पुल: चीन



PM
  • मिलेर संविधान बनाउन नेपाली नेताहरूलाई सुझाव



काठमाडौ, पुस १२ - नेपाल विश्वका दुई उदीयमान शक्तिहरू चीन र भारतबीच पुल बन्न सक्छ? नेपाल भ्रमणमा रहेका वरिष्ठ चिनियाँ मन्त्रीले यस्तो सम्भावना दोहोर्‍याएका छन्। नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, चीन र भारतबीच मात्र होइन, समग्र दक्षिण एसियाकै गतिशील पुल बन्न सक्ने आशा व्यक्त गरेका हुन्।

'नेपाल चीन, भारत र दक्षिण एसिया जोड्ने पुल बन्ने आशा गरौं,' चिनियाँ विदेशमन्त्री वाङले भने, 'हामी यसको सम्भाव्यताका लागि चीन, नेपाल र भारतबीच छलफल गर्न चाहन्छौं। हामी तीन देश छिमेकीबीच सहकार्य हुनुपर्छ। हामी क्षेत्रीय शान्ति र स्थायित्वका लागि योगदान गर्न चाहन्छौं।'

छिमेक सम्बन्धमा 'चिनियाँ प्राथमिकता'



काठमाडौ, पुस ११ - सन् २०१४ सकिनै लाग्दा राष्ट्रपति सी जिनपिङको छिमेकलाई महत्त्व दिने सन्देश लिएर चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं उत्रेका छन् । वाङसँगै चिनियाँ अधिकारीहरूको बाक्लो भ्रमणले नेपालमा चीनको सक्रिय कूटनीतिलाई बढावा दिएको विश्लेषकहरूको बुझाइ छ । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री एवं नेपाल-भारत मामिला प्रमुख छन फङसयाङ फर्केकोे एक सातापछि विदेशमन्त्री वाङ यहाँ आएका हुन् ।

बिहीबार मध्याह्न १२ बजे त्रिभुवन विमानस्थलमा आफ्नै विमानबाट आएका वाङ सिधै नगरकोटस्थित क्लब हिमालय पुगेका थिए, जहाँ क्रिसमसको दिन उनको रिटि्रटमा बितेको छ । नेपाली पक्षसँग उनको औपचारिक भेटवार्ता शुक्रबार हुनेछ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आफ्ना चिनियाँ समकक्ष्ाीको भ्रमण महत्त्वपूर्ण रहेको बताए । 'जुन छिमेकीका पनि उच्चस्तरीय राजनीतिक भ्रमणको आफ्नै महत्त्व रहन्छ,' उनले कान्तिपुरसँग भने, 'यो औपचारिक सद्भाव भ्रमण हो । यो भ्रमणमा बृहत् क्षेत्रका विषयमा छलफल हुन्छ ।'
उनले वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सीको प्रस्तावित नेपाल आगमनसँग जोडेर हेर्न सकिने टिप्पणी गरे । 'यो भ्रमणलाई राष्ट्रपति सीको भ्रमणसँग जोडेर हेर्न सकिन्छ,' उनले भने । सन् २०१५ मा नेपाल-चीन सम्बन्धको ६० वर्ष, जसलाई चिनियाँहरूले राम्रो अंकका रूपमा लिने भएकाले त्यही अवसरमा राष्ट्रपतिको नेपाल भ्रमण हुने नेपाली अधिकारीको अपेक्षा छ ।

चिनियाँ विदेशमन्त्री वाङ आज आउँदै

काठमाडौ, पुस १० - चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय जन कंग्रेसबाट २०६९ चैत १ मा राष्ट्रपति बनेका थिए, चीनका राष्ट्र प्रमुख सी जिनपिङ । उनी सत्तामा आउँदा चीन संसारको दोस्रो ठूलो आर्थिक शक्ति थियो । यो वर्ष अमेरिकालाई उछिनेर विश्वमै आर्थिक रूपमा शक्तिशाली बन्न सफल भयो चीन । राष्ट्रपति सीले सत्ता सम्हाले लगतै चीनले विदेश नीतिमा छिमेकीसँगको सम्बन्ध अझ विस्तार/राम्रो बनाउदै र छिमेकीलाई धनी बनाएर विश्वमा अघि बढ्ने नीति लिए । त्यहि नीतिको एक खुडकलोको रूपमा लिन सकिन्छ, चीनका विदेशमन्त्री वाङ यीले बिहीबारबाट नेपालमा हुने तीन दिने भ्रमणलाई ।
विदेश मन्त्री वाङ बिहीबार सात सदस्यीय टोलीसहित राजधानी वेइजिङबाट नेपालको राजधानी काठमाडौंमा ३ हजार १ सय ५१ किलो मिटर यात्रा गर्दै राष्ट्रपति सीको दुतका रूपमा उत्रने छन् । वाङ सन् २००८ मा याङ जेइचीपछि नेपाल भ्रमण गर्ने पहिलो विदेशमन्त्री हुन् । वाङको भ्रमणले दुई देश बीचको सद्भावना र सम्बन्धलाई अझ गाढा बनाउन मद्दत गर्ने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए ।

'नेपाल मेरो दोस्रो घर हो’

कान्तिपुर कुराकानी
सानोदेखि नै सोच्दै आएको छु, कुनै पनि चुनौतीबाट भागेर समाधान हुँदैन । त्यसको डटेर सामना गर्नुपर्छ र नतिजा स्वीकार गर्न तयार भएर बस्नुपर्छ ।
--------------
मलाई नोमिनेट गर्न समर्थन गरे, संसारबाट अन्यले पनि नोमिनेट गरेका होलान् । तर शेरबहादुर देउवाजीसँग परिचय थियो र पत्ता लाग्यो ।
--------

नेपालमा लोकतन्त्र आएको छ, यो राम्रो हो । हामी चाहन्छौं, बलियो लोकतन्त्र होस् । प्रगतिशील र समावेशी संविधान बनोस् ।
------
बाल्यकालमा स्वामी विवेकानन्द, स्वामी दयानन्द र महात्मा गान्धीबाट प्रेरणा मिल्यो ।
............................................................
नोबेल शान्ति पुरस्कार थापेपछि नेपाल घुम्न आउने आफ्नो पूर्ववाचालाई पूरा गर्दै शुक्रबार नयाँदिल्लीबाट सपरिवार काठमाडौं ओर्लिए, बालअधिकारकर्मी कैलाश सत्यार्थी । फुलेका कपाल, उस्तै दाह्री, बाक्ला चस्मा लगाएका सत्यार्थीले डिसेम्बर १० मा नर्वेको ओस्लोमा पाकिस्तानकी शैक्षिक जागरणकी अभियन्ता मलाला युसुफजाईसँग संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार २०१४ पाएका थिए । तीनदिने नेपाल भ्रमणमा आएका उनी शुक्रबारैदेखि अत्यन्त व्यस्त छन् । व्यस्त समयका बाबजुद बालबालिकाका अभिभावक भनेर चिनिने उनै सत्यार्थीसँग कान्तिपुरका जगदीश्वर पाण्डेले शुक्रबार राति र शनिबार बिहान बानेश्वरस्थित एभरेस्ट होटलमा कुराकानी गरेका थिए । प्रस्तुत छ, सम्पादित अंश :
यतिबेला तपाईं संसारकै बालबालिकाको अभिभावक भनेर चिनिनुभएको छ, कस्तो लाग्छ ?
बालबालिकाको हकहितका लागि काम गर्न पाउँदा म सधैं खुसी हुने गर्छु । तर अझै धेरै गर्न बाँकी छ । जबसम्म हरेक बच्चाको स्वतन्त्र, शिक्षा, स्वास्थ्यको सुनिश्चित हुँदैन, तबसम्म अभियान जारी रहन्छ र खुसी हुनुपर्ने दिन बाँकी नै छ जस्तो लाग्छ । लडाइँ बाँकी नै छ तथापि बालबालिकालाई उद्धार, सहयोग र साथ दिन पाउँदा बालबालिकाहरूसँगै पनि खुसी नै छु ।

वाग्मती सफाइमा सत्यार्थी




काठमाडौ, पुस ६ - वाग्मती सफाइको शनिबार ८४ औं साता हो । विगतको सफाइको भन्दा यो साता अलिक फरक रह्यो । किनभने नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी पनि त्यसमा सहभागी भए ।
सफाइमा उनले भने, 'वाग्मतीको स्वच्छ वातावरणमा आउन पाउँदा मैले आफूलाई धन्य र भाग्यमानी ठानेको छु ।' वाग्मती सफाइका अभियन्ता मुख्यसचिव लीलामणि पौडेलसँगै सत्यार्थीले मिलेर एक डोको फोहोर निकाले । 'वाग्मतीको चरणबाट एउटा फोहोर निकालेर म आपै+mभित्रको केही फोहोर निकालेको सम्झन्छु,'सत्यार्थीले भने, 'म साधु होइन, तपाईंहरू जस्तै एक साधारण व्यक्ति हँु । मेरो भित्र र बाहिर धेरै कमजोरी र फोहोर छन् ।' नदीबाट २५ सय टन फोहोर निकालेकामा उनले प्रशंसा गरे ।

बालबालिकाका संरक्षक

सत्यार्थीले 'बाल्यकाल जोगाऔं' आन्दोलनमा भारतका विभिन्न सर्कस, उद्योग, कम्पनी, घरेलु कामदार आदिमा कार्यरत १२ हजारभन्दा बढी नेपाली बालबच्चालाई उद्धार र पुनर्बसोबास गराइसकेका छन् ।
बाबुको मृत्युपछि चार वर्षको उमेरमा घर छाडेर सडक बालक बन्न पुगेका थिए, वासु राई । उनले आठ वर्षको उमेरसम्म काठमाडौं उपत्यकाका गल्लीहरूमा माग्ने, चोर्ने, गाडीमा काम गर्ने, होटल तथा गलैंचा कारखाना लगायतका काममा व्यस्त रहन बाध्य भए । एकदिन उनलाई सडक बालबालिकालाई हेरचाह गर्ने संस्था सिविन नेपालले उद्धार गर्‍यो । ती बालक अहिले २६ वर्षको लक्का जवान भएर भारतकै चर्चित विश्वविद्यालय नयाँदिल्लीस्थित दिल्ली युनिभर्सिटीमा अध्ययनरत छन् ।
दुई महिनाअघि दिल्लीबाट डेढ घन्टाको उडान भर्दै राई काठमाडौं ओर्लिएका थिए, उपत्यकामा बिताएको आफ्नो धमिलो र कठिन बाल्यकालको संघर्षलाई डायरीमार्फत पुस्तकमा बटुलेर । राईको पुस्तक 'फ्रम द स्ट्रिट्स अफ काठमान्डु'को काठमाडौंमा दोस्रोपटक लोकापर्ण भएको थियो । कार्यक्रममा राईले भने, 'जब म विगतलाई सम्झन्छु, तब दुःखित बन्छु ।'

बुद्धभूमिबाट नयाँ अभियान

काठमाडौ, पुस ५ - जसरी इन्टरनेट सञ्जालले हामीलाई विश्वव्यापीकरण गरेको छ । एक-अर्कासँग जोडेको छ । त्यसरी नै अब हामी बुद्धभूमिबाट नयाँ अभियानको सुरुवात गर्छौं, जुन करुणाको विश्वव्यापीकरण हुनेछ,' बालदासताविरूद्ध योगदान पुर्‍याएबापत सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाएका कैलाश सत्यार्थीले शुक्रबार पुरानो बानेश्वरमा एक कार्यक्रममा भने, 'करुणाबाट संसारलाई एक बनाऔं । संयुक्त विश्व, करुणा विश्व, सुन्दर विश्व र अझै राम्रो विश्व ।'


डिसेम्बर १० मा नर्वेको ओस्लोमा पाकिस्तानकी शैक्षिक जागरणकी अभियन्ता मलाला युसुफजाईसँग संयुक्त रूपमा पुरस्कार पाएका सत्यार्थीले काठमाडौं विमानस्थलमा ओर्लिएपछि भने, 'लुम्बिनीमा एउटा राजकुमार बालक जन्मिए । उनको महानताले दुनियाँलाई तोड्यो । उनको करुणाले पैदा गरेको बालक संसारमा बुद्ध बन्यो ।'
बिहान ११ बजे त्रिभुवन विमानस्थल आइपुगेका सत्यार्थीलाई सयभन्दा बढी स्काउट र स्कुलका विद्यार्थी, पञ्चकन्या, पञ्चेबाजासहित सम्मान गरिएको थियो । सभासद डिल्ली चौधरीलाई आफ्नो छोरा र साथी मान्ने सत्यार्थीले आइपुगेलगत्तै बालबालिकासँगको आफ्नो माया देखाइहाले ।

दुर्घटनाको मुख्य कारण अनुभवहीन चालक

काठमाडौ, पुस ४ - यो वर्ष मंसिरसम्ममा ९ सय जनाभन्दा बढी यात्रुको सडक दुर्घटनाबाट ज्यान गइसकेको छ । प्रहरीले पछिल्लो तीन वर्षदेखि गरेको अनुसन्धानले सडक दुर्घटनामा सबैभन्दा बढी जिम्मेवार चालक भएको देखाएको छ । '६७ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुन्छ,' अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।
सरकारले विभिन्न दुर्घटनाको अनुसन्धान गर्न बनाएको समितिले पनि चालकबाटै बढी लापरबाही हुने निष्कर्ष निकालेको छ । प्रहरी र सरकारी टिमले गरेको अनुसन्धानले अनुभवहीन चालकले हाँकेका सवारी दुर्घटनामा परेका घटना बढी रहेको तथ्य फेला परेको छ ।
थाहा पाउँदा-पाउँदै व्यवसायीहरू आफ्नो सवारी चलाउने जिम्मा किन कम अनुभवी चालकलाई सुम्पिन्छन् त ? यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन्, 'यो व्यवसायीको रहर होइन, बाध्यता हो ।' उनले अनुभवी सवारी चालक पाउन गाह्रो हुने गरेको बताए ।

जेब्रा कि ज्यानमारा क्रस ?

  •  उपत्यकामा जेब्राक्रसको समस्याले दिनहुँजसो दुर्घटना भइरहेका हुन्छन् । 'त्यसो हुनुको मुख्य कारण ट्राफिक लाइट नहुनु पनि हो,' भक्तपुर, काठमाडौं हँुदै ललितपुर पुगेका हाछेथुले भने, 'उपत्यकाको रिङरोडभित्र ३६ वटा ट्राफिक लाइट हुनुपर्छ । तर १० वटामात्र छन्, सबै बिगि्रएका छन् ।' ट्राफिक लाइटबिना जेब्राक्रसको कुनै महत्त्व नहुने उनले बताए । 

काठमाडौ, पुस १ - सुन्निएको अनुहार, दायाँ आँखाको माथिल्लो भागमा ५ र ओठको तल्लो भागमा ३ टाँका । शरीरका अन्य भागका साना घाउ त छँदैछन् । यी उनै स्नेहा हुन्, जो आइतबार बिहान शान्तिनगरस्थित आफ्नो घरबाट सुविधानगरस्थित बार्सा स्कुलमा पढ्न गएकी थिइन् ।
तर बेलुकी गणितको अन्तिम कक्षा लिएर फकर्ंदै गर्दा तीनकुनेस्थित कान्तिपुर अस्पतालको अघिल्लो भागको सडकको 'जेब्राक्रस' मा उनी दुर्घटनामा परिन् । १४ वषर्ीया स्नेहालाई काभ्रे मिनिबस व्यवसायी संघद्वारा सञ्चालित र रत्नपार्कबाट काभ्रे जाँदै गरेको बा२ख २२०७ नम्बरको बसले ठक्कर दियो ।
'गाडी आएको थिएन, जेब्राक्रसमा हात उठाएर हिंडेकी थिएँ । त्यसपछि टाँका लगाउँदामात्र मेरो होस आयो,' थापाथलीस्थित नर्भिक अस्पतालको जनरल वार्डको २३४ शय्यामा शनिबार दुःखद घटनालाई सम्भिmइन् ।
उनलाई जेब्राक्रसमा हिंड्दा पनि मिनिबसले हान्यो ? कारण थियो, ड्राइभरले तीव्र गतिमा बस ओभर-टेक गर्न खोज्नु । स्कुलको ड्रेस र पछाडि झोला बोकेकी उनलाई मिनिबसको अघिल्लो भागले के हानेको थियो, उनी सडकको बीचमा फूल रोपेको स्थानमा उछिट्टएिर पुगिन् । 'नउछिट्टएिको भए, छोरीको मुख हेर्न पाइन्नथ्यो,' अस्पतालमा श्रीमती रामकाशीसँगै स्नेहालाई कुरिरहेका बुवा नवलकिशोरले भने ।

बालक छोरी गुमाउने चिन्ता


हनुमानले छोरीको उपचारमा आफ्नो पुर्खौली सम्पती पनि सक्काए । ‘भीर पाखा न हो, एक लाख रूपैंया आएको थियो, सकियो,’ उनले उपचारमा परेको आर्थिक संकटा बारे प्रस्त पारे, ‘अहिलेसम्म ४ लाख सकियो । 


छोरीको अनुहारमा मिठो मुस्कान, हातमा किताब र उन्नती कुन चाहि अविभावकले हेर्न चाहदैनन् ? सिन्धुली, झागाझोली रातमाटाका बाबु हनुमान र आमा मसिना थापाले पनि आफ्नो नौ वर्षे छोरी सुमित्रा थापालाई त्यसै देख्न चाहन्छन् । कक्षा २ मा पढिरहेकी कृषककी छोरी सुमित्रा हातमा किताब बोक्दै दौडेर स्कुल पुग्थिन् । अर्को ४ वर्षे छोरा सुमित पनि छन्, हनुमानको परिवारमा । पुर्खौली अंशको रूपमा गा“उमा भएका थोरै भीरपाखामै पनि खुसी साथ चलिरहेको थियो, यो परिवार ।
यस वर्षको वर्षायाम असार यो परिवारमा ठूलो बाढी आयो । बाढीले गर्दा यो परिवार अहिले सडकमा आइपुगेको छ, हनुमानको परिवारस“ग न त त्यो खुसी बा“कि छ, न पुर्खौली सम्पती ।
अहिले हनुमानको दम्पतीको दैनिकी कान्ति अस्पालको बेडमा छोरी सुमित्रालाई कुर्दै बितिरहेको छ । सुमित्राले हनुमानलाई सोध्छिन्,‘बुबा म कहिले ठिक हुन्छु ।’ हनुमानस“ग छोरीलाई दिने सहि उत्तर छैन । र, झुटो बोलिदिन्छन्,‘छिटै हुन्छौ ।’ छिटै भनेको कहिले हो हनुमानस“ग स्पष्ट उत्तर छैन ।

'नाफामात्रै हेरे, प्रतिस्पर्धामा जान चाहेनन्'

ललितपुर, मंसिर २६ - लगातार बढेको दुर्घटनाको सबैभन्दा बढी जिम्मेवार आफ्नो मन्त्रालय र आफू भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बिहीबार बताए। उनले भने, 'यदि त्यसमा राजीनामा दिनुपर्‍यो भने सबैभन्दा पहिले मैले नै दिनुपर्छ। तर म आफ्नो जिम्मेवारीबाट भाग्दिनँ।'
सवारी चालकलाई लाइसेन्स, सडकको रुट-पर्मिट लगायतमा यातायातको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै मातहतमा रहेको उल्लेख गर्दै उनले भने, 'दुर्घटना न्यूनीकरण गर्न हामीले छिट्टै सडक सुरक्षा परिषद् ल्याउँदैछौं। त्यसले सम्पूर्ण काम गर्नेछ।'

रित्तै छ यातायात विभाग

काठमाडौ, मंसिर २४ - संविधानसभा भवनको छेवैमा छ, यातायात व्यवस्था विभाग। देशभर सवारी दुर्घटना बढिरहेका बेला विभाग भने महानिर्देशकविहीन छ। काशीराज दाहाल एक महिनाअघि कृषिमा सरुवा भएर गएपछि नेतृत्वविहीन भएको हो। निमित्तको जिम्मा पाएका छन्, निर्देशक मुक्ति केसीले।
सवारी दुर्घटना
आव          दुर्घटना    मृत्यु        गम्भीर घाइते             सामान्य घाइते
२०६७/६८    ८८०३    १६८९          ४७०१                          ८५०३
२०६८/६९    ८८९२    १८३७          ४०१८                          ७८११
२०६९/७०    ८४८४    १८१६         ३९८६                           ८०००
२०७०/७१    ८४०६    १७८७         ३५१६                            ७८७७
२०७१/७२     ३६१९    ८२२         १७२८                              ३३८७
(मंसिर २२ सम्म)
स्रोत: नेपाल प्रहरी

Zebra-cross problem


पैसा नहुँदा नाबालक छोरी गुमाउने चिन्ता

काठमाडौं, मंसिर २१ - छोरीको अनुहारमा मिठो मुस्कान, हातमा किताब र उन्नति देख्न चाहन्थें, सिन्धुली, झागाझोली रातमाटाका बाबु हनुमान र आमा मसिना थापाले । नौ वर्षे छोरी सुमित्रा कक्षा २ मा पढथन्, हातमा किताब बोक्दै दौडेर स्कुल पुग्थिन् । पुर्खौली अंशको रूपमा गाँउमा भएका थोरै भीरपाखामै पनि खुसी साथ चलिरहेको थियो, हनुमानको परिवार ।
यस वर्षको वषर्ायाम असार यो परिवारमा ठूलो बाढी आयो । त्यसले यो परिवारलाई सडकमा ल्याएर छाडिदियो । हनुमानको परिवारसँग अहिले न त त्यो खुसी बाकि छ, न पुर्खौली सम्पती नै ।






'खाना नखाने, खाए पनि स्वाद केही आएन भन्ने र पेट दुखिरहन्छ भनिरहिन्,' असारमा आफ्नो छोरीले पहिलो पटक सुनाएको घटनालाई बाबु हनुमानले शनिबार अनामनगरस्थित मण्डललाई नाट्यघरमा कान्तिपुरसँग भने । लगतै छोरी सुमित्राको उपचार गर्न हनुमानको परिवार साउनमा उपत्यका आइपुग्यो । अल्फा अस्पताल, त्यसपछि सिभिल अस्पताल हुदै सुमित्राको उपचारको क्रम कान्तिबाल अस्पतालमा पुगेको छ । सुमित्रालाई महंगो रोग 'ब्लड क्यान्सर' भएको छ । उनको उपचारमा १० देखि १२ लाख रूपैंया लाग्ने डाक्टरहरूले बताएका छन् । 'त्यति ठूलो रकम त हामीसँग छैन,' हनुमान भन्छन्,'१०/१२ हजार भए पो ल्याउन सकिन्थ्यो ।'  

सभागृहमा विशेष समारोह मात्र

काठमाडौ, मंसिर १९ -  सन् २००० देखि नेपालमा काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल -किम्फ) सुरु भएको हो । अन्तर्राष्ट्रिय हिमाल दिवस पारेर आयोजना गरिने यो फेस्टिभलमा विभिन्न देशका फिल्महरू प्रदर्शन हुँदै आएका छन् । किम्फ अहिलेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुँदै आएको हो । किम्फ भन्नेबित्तिकै सभागृह सम्झने परम्परा बनिसक्यो । तर यस पटक यो सम्बन्ध तोडिंदैछ ।
 १८ औं सार्क शिखर सम्मेलन भएको हल राष्ट्रिय सभागृहमा अब विशेष कार्यक्रम मात्र हुने भएको छ । काठमाडौं महानगरपालिकाको निगरानीमा रहँदै आएको यो हल सम्मेलनपछि सहरी विकास मन्त्रालयले हेर्ने भएको छ ।
२०२२ सालमा चीन सरकारको सहयोगमा बनाउन सुरु गरिएको सभागृह ०२७ मा तयार भएको थियो । हलमा सबैखाले साना, ठूला कार्यक्रम हुँदै आएका थिए । सार्क सम्मेलनका लागि सरकारले सभागृहलाई मर्मत गर्न र 'होल्डिङ रुम' बनाउन १८ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । जीर्ण बनिसकेको हल आकर्षक भएपछि त्यसमा तत्काल कस्ता कार्यक्रम गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन ।

Nepal made Jammer


विश्व अपाङ्गता दिवस

काठमाडौ, मंसिर १७ - आँटिलो स्वभाव, स्पष्ट बोल्ने, आफ्नो विषयमा तर्क गर्न सक्ने लक्ष्मी नेपाल २२ वर्षकी भइन् । पुरानो बानेश्वरस्थित ग्लोबल कलेजमा 'शान्त र द्वन्द्व व्यवस्थापन' पढ्छिन् । भक्तपुर बालकोटकी उनी आवज-जावतमा हुने समस्याका कारण कलेजको होस्टलमै बसेर एमए पढिरहेकी छन् ।

आँखामा कालो चस्मा लगाएकी, हातमा सेतो छडी बोकी बुधबार बागबजारमा भेटिँदा रातो स्विटरमा सजिएकी थिइन् । टेबुलमा मोबाइल र कम्प्युटर राखेर चलाइरहेकी लक्ष्मीले गुनासो गरिन्, 'हरेक ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या छ । त्यसमा पनि अस्पतालमा त झनै आपत्ति हुन्छ ।'