Pages

बालक छोरी गुमाउने चिन्ता


हनुमानले छोरीको उपचारमा आफ्नो पुर्खौली सम्पती पनि सक्काए । ‘भीर पाखा न हो, एक लाख रूपैंया आएको थियो, सकियो,’ उनले उपचारमा परेको आर्थिक संकटा बारे प्रस्त पारे, ‘अहिलेसम्म ४ लाख सकियो । 


छोरीको अनुहारमा मिठो मुस्कान, हातमा किताब र उन्नती कुन चाहि अविभावकले हेर्न चाहदैनन् ? सिन्धुली, झागाझोली रातमाटाका बाबु हनुमान र आमा मसिना थापाले पनि आफ्नो नौ वर्षे छोरी सुमित्रा थापालाई त्यसै देख्न चाहन्छन् । कक्षा २ मा पढिरहेकी कृषककी छोरी सुमित्रा हातमा किताब बोक्दै दौडेर स्कुल पुग्थिन् । अर्को ४ वर्षे छोरा सुमित पनि छन्, हनुमानको परिवारमा । पुर्खौली अंशको रूपमा गा“उमा भएका थोरै भीरपाखामै पनि खुसी साथ चलिरहेको थियो, यो परिवार ।
यस वर्षको वर्षायाम असार यो परिवारमा ठूलो बाढी आयो । बाढीले गर्दा यो परिवार अहिले सडकमा आइपुगेको छ, हनुमानको परिवारस“ग न त त्यो खुसी बा“कि छ, न पुर्खौली सम्पती ।
अहिले हनुमानको दम्पतीको दैनिकी कान्ति अस्पालको बेडमा छोरी सुमित्रालाई कुर्दै बितिरहेको छ । सुमित्राले हनुमानलाई सोध्छिन्,‘बुबा म कहिले ठिक हुन्छु ।’ हनुमानस“ग छोरीलाई दिने सहि उत्तर छैन । र, झुटो बोलिदिन्छन्,‘छिटै हुन्छौ ।’ छिटै भनेको कहिले हो हनुमानस“ग स्पष्ट उत्तर छैन ।

किनकी हनुमानको क्षमताभन्दा बाहिर छ, छोरीको जिन्दगी । हनुमानस“ग सुक्को पैसा छैन, तर छोरीको उपचार खर्चमा कम्तिमा पनि चाहिन्छ, १२ लाख रूपैंया । त्यो पनि छिटोभन्दा छिटो ।
‘खाना नखाने, आए पनि केही स्वाद आएन भन्ने र पेट दुखिरहन्छ भनिरहिन्,’ असारमा आफ्नो छोरीले पहिलो पटक सुनाएको घटनालाई बाबु हनुमानले कोशेलीलाई सुनाए । छोरीलाई उपचार गर्नु पर्छ भनेर सबैले सुझाब दिए । छोरी सुमित्राको उपचार गर्न हनुमानको परिवार साउनमा राजधानी छि¥यो । सबैभन्दा पहिले छोरीलाई अल्का अस्पताल जवलाखेलमा लगे । अल्कामा ब्लड क्यान्सर भएको संका गरेर नया“ बानेश्वरस्थित सिभिलमा पठायो । सिभिलमा डाक्टर विशेष पौडेललले रिर्पोट अनुसार सुमित्रालाई ब्लड क्यान्सर नै भएको बताइदिए । अस्पतालमा उनलाई उपचारमा सक्ने छुट पनि मिलाइदियो ।
हनुमानले छोरीको उपचारमा आफ्नो पुर्खौली सम्पती पनि सक्काए । ‘भीर पाखा न हो, एक लाख रूपैंया आएको थियो, सकियो,’ उनले उपचारमा परेको आर्थिक संकटा बारे प्रस्त पारे, ‘अहिलेसम्म ४ लाख सकियो । ऋण पनि गरे, आफन्तस“ग पनि मागे । अब त सम्पत्ति छैन, ऋण पत्याउने पनि कोही भएनन् ।’ तर अभैm भर्ना गरेर उपचार गर्न पैसा भएन । सुमित्राको रोग सामान्य थिएन ।
छोरीको उपचार गर्न उपत्यका छिरे लगतै हनुमानले ज्यामी काम गर्न पनि थाले, ललितपुरस्थित पाटनमा लिएको एक कोठे डेराको भाडा तिर्नुको र परिवारलाई पाल्नु जो थियो । ‘एक दिनको चार सय रूपैंया हुन्थ्यो । भाडा पनि तिर्नु पर्ने,’ हनुमानले पिडा सुनाए ।
भएको पैसा वर्षाको पानी भैm बगेर गयो । हनुमानस“ग एक पैसा पनि रहेन । अब छोरीको उपचार गर्न सकिन्न भनेर परिवार गा“उ फर्किन लाग्यो । हनुमानले आफ्नो छोरीलाई दिएको वाचा अब पूरा नहुने भयो । रोग लागेको छोरीलाई ठिक नै नगरि घर लाने कठोर निर्णय कुन चाहि बाबुले लिन सक्थें । हनुमानले लिए । ‘मस“ग घर जाने भाडा समेत थिएन । उपचारको त परैको कुरा,’ हनुमान भावुक भए,‘८÷९ हजार रूपैंया त बल्ल बल्ल देख्ने हामी जस्तो मान्छेस“ग १२ लाख कहा“बाट आउने ।’
सिभिल अस्पतालमा भएका रकम सकिएपछि अस्पतालबाट डिस्चार्ज गर्नकै लागि गाह्रो भयो । त्यहा“का डा. विशेषकै सल्लाहमा हनुमानले कान्तिपुर दैनिकमा ‘सहयोगका लागि अपिल’ गरिएको समाचारमा सुमित्राको अवस्था र उनको सहयोग गर्नका लागि सम्पर्क नम्बर दिन आग्रह गरे । पैसा थिएन ।  भदौंको सुरूआतमा हनुमानको परिवार सिन्धुली फर्कियो, बयान गर्न नसक्ने पिडासाथ ।
भदौंको अन्त्यमा घरमा बसिरहेका हनुमानको मोबाइल बज्यो । त्यो फोन काठमाडौंबाट दीपक सिलवालले गरेका थिए । दीपकले पत्रिकामा पढेको ‘सहयोगको लागि अपिल’ बाट मोबाइल नम्बर भेट्टाएका थिए । दुई वर्ष अघि आफ्नो बाबुलाई क्यान्सरकै कारण गुमएका थिए, दीपकले । उनलाई समाजसेवा गर्ने जागर चल्यो र दुई वर्षदेखि ‘घर आगन नेपाल’ संस्था चलाउदै आएका छन्, असायहरूलाई सहयोग गर्न । ‘दीपकले छोरीलाई मार्न हुन्न, बचाउन सकिन्छ । पैसाको व्यवस्था म गरिदिउला भनेर बोलाए । फेरि छोरी बच्छेकी भनेर काठमाडौं आएका हौं,’ हनुमानको आशा छ । हनुमानलाई दसैं अघि दीपकले फोन गरेका थिए, तर उनले सुरूमा पत्याएनन् । त्यसैले धेरै कर गरेपछि मात्र दसैंपछि आए । आए लगतै दीपकले सुमित्रालाई कान्तिमा भर्ना गरिदिए । ‘त्यहा“ बेडको पैसा लाग्दैन,’ दीपकले भने,‘औषधीको मात्र हो ।’ सुमित्रालाई किमो थेरापी गर्नु पर्छ । एक पटकमा कम्तिमा पनि ४० हजार रूपैंया खर्च हुन्छ । दोस्रो पटक किमो थेरापी भएको छ ।
बाबु हनुमान एकतिर चिन्तित छन्, अर्को तर्पm आमा मसिनाको आ“खाबाट आ“सु रोकिएको छैन । जाडोयाममा छोरी सुमित्रालाई रातो पछैरीले च्याप्दै छाड्न चाहदिनन् । रोगले सुमित्रालाई गाली सकेको छ । उनका अनुहार, आ“खा र शरिरले उनी भित्र कस्तो भइरहेको छ, प्रस्ट देख्न सकिन्छ । उनलाई रोगले पूर्ण रूपमा गाली सकेको छ । उनको चार वर्षे भाई सुमितको रोगको हेक्का छैन, बाबु–आमा र दीदीको वरपर घुमिरहन्छन् ।

छिटोभन्दा छिटो भनेजति पैसा संकलन नभए छोरीलाई गुमाउनु पर्ने चिन्तामा छन्, हनुमानको दम्पती । हनुमान भन्छन्, ‘भएको सम्पत्ति सकियो, अब छोरीको उपचारमा सहयोग मिले । उनलाई ठिक भए, ज्यामी काम गरेर पनि घर चलाउने र फेरि छोरीलाई स्कुल पठाउथें ।’
.........
सुमित्रा बचाउ अभियान
दीपकले सुमित्रालाई बचाउनका लागि सहयोगको अभियाननै चालेका छन् । उनले २५ हजार रूपैंया शनिबार दिए, ओम हेल्थ फाउन्डेसनका अध्यक्ष डा. भोला रिजालले २५ हजार सहयोग गरे भने अब एक लाख आफ्ना मित्रहरूस“ग उठाएर दिने घोषणा गरे ।
सुमित्राको उपचारमा सहयोग गर्न आम जनतालाई पनि हनुमान, दीपक र भोलाले आग्रह गरे । त्यसका लागि एनआईसी एसिया बैंक थापाथलीको शाखामा रहेको ५४४१३३१०२६५२४००१ सहयोग गर्न सकिन्छ । बाबु हनुमानको फोन नम्बर ९८१८०१८०९२ वा दीपकको फोन नम्बर ९८५१०३६४१९ मा सम्पर्क गर्न सकिन्छ । यस्तै, विदेशबाट सहयोग गर्न चाहनेहरूका लागि स्विफ्ट कोड एनआईसीइएनपीकेए मा रकम जम्मा गर्न सक्ने छन् ।