Pages

चिनियाँ विदेशमन्त्री वाङ आज आउँदै

काठमाडौ, पुस १० - चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय जन कंग्रेसबाट २०६९ चैत १ मा राष्ट्रपति बनेका थिए, चीनका राष्ट्र प्रमुख सी जिनपिङ । उनी सत्तामा आउँदा चीन संसारको दोस्रो ठूलो आर्थिक शक्ति थियो । यो वर्ष अमेरिकालाई उछिनेर विश्वमै आर्थिक रूपमा शक्तिशाली बन्न सफल भयो चीन । राष्ट्रपति सीले सत्ता सम्हाले लगतै चीनले विदेश नीतिमा छिमेकीसँगको सम्बन्ध अझ विस्तार/राम्रो बनाउदै र छिमेकीलाई धनी बनाएर विश्वमा अघि बढ्ने नीति लिए । त्यहि नीतिको एक खुडकलोको रूपमा लिन सकिन्छ, चीनका विदेशमन्त्री वाङ यीले बिहीबारबाट नेपालमा हुने तीन दिने भ्रमणलाई ।
विदेश मन्त्री वाङ बिहीबार सात सदस्यीय टोलीसहित राजधानी वेइजिङबाट नेपालको राजधानी काठमाडौंमा ३ हजार १ सय ५१ किलो मिटर यात्रा गर्दै राष्ट्रपति सीको दुतका रूपमा उत्रने छन् । वाङ सन् २००८ मा याङ जेइचीपछि नेपाल भ्रमण गर्ने पहिलो विदेशमन्त्री हुन् । वाङको भ्रमणले दुई देश बीचको सद्भावना र सम्बन्धलाई अझ गाढा बनाउन मद्दत गर्ने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए ।

परराष्ट्र स्रोतका बिहीबार १२ बजे त्रिभुवन विमानस्थलमा उत्रने वाङले त्यसपछि आफ्ना व्यक्तिगत भेट-घाट गर्ने छन् । बेलुकी नगरकोटमा बसेर शुक्रबार बिहान
चीन सरकारकै सहयोगमा बानेश्वरमा बनेको निजामति अस्पताल -सिभिल हस्पिटल) लागि सामाग्री पनि हस्तान्तरण गर्ने छन् । त्यस लगतै होटल सोल्टीमा हुने मन्त्री स्तरिय द्धि-पक्षिय वार्तामा सहभागि हुने छन् । त्यसपछि उनले चीनको सहयोगमा बलम्बुमा बन्न लागेको शसस्त्र प्रहरी बलको तालिम केन्द्रको शिलन्यास गर्ने छन् । त्यसपछि राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला तथा प्रमुख दलका केही नेताहरूसँग भेट-वार्ता गर्ने विदेश मन्त्री वाङ बेलुकी याक एन्ड यतिमा नेपालका लागि चिनिँया राजदुत वु चुन्ताईले दिने रात्री भोज सहभागि हुने छन् । सोल्टी होटलमा रात बिताएर उनी शनिबार बंगलादेश प्रस्तान गर्ने कार्यक्रम छ ।
नेपालको एजेन्डाहरू के ?
चीनका विदेशमन्त्रीको भ्रमणलाई लिएर नेपाल सरकारले विभिन्न क्षेत्रमा आफ्नो एजेन्डाहरू तयार पाएको छ । परराष्ट्रका प्रवक्ता सह-सचिव ताराप्रसाद पोखरेल भन्छन्,'यो थाहा भएकै कुरा हो । विदेशमन्त्री स्तरिय भ्रमणमा देशका विभिन्न पक्षका बारेमा छलफल हुन्छन् ।' उनले पुराना कुराहरूमा छलफल गर्ने र द्धिपक्षिय सम्बन्धलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्ने बताए । परराष्ट्र मन्त्रालयका चिनिँया डेक्स हेर्ने प्रमुख झविन्द्रप्रसाद अर्यालले एजेन्डाहरूको बारेमा प्रस्ट पार्दै भने,'सरकारका विभिन्न निकायबाट ल्याएका विषयहरू शुक्रबार हुने द्धि-पक्षिय वार्तामा छलफल हुन्छ । त्यहिबाट के सहमति हुन्छ, थाहा हुन्छ ।'


उनले चीन र नेपाल बीच अहिलेसम्म भएका द्धि-पक्षिय सम्बन्धका बारेमा फेरि छलफल हुन सक्ने बताए । अर्यालले थपे,'चीनले पूर्वाधार, व्यापार, विभिन्न सहयोग, उर्जा, बाटो-घाटो आदिमा सहयोग गर्दै आएको छ । त्यसलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेमा छलफल हुन्छ ।' उनले मंसिर महिनादेखि संचालनमा आएको रसुवा-गढी केरूङ नाकाको बारेमा पनि छलफल हुन सक्ने जानकारी दिए । 'त्यहाँको स्थिती, बाटो, भवन आदिको सुधारमा बारेमा छलफल हुन सक्छ,' अर्यालले भने । परराष्ट्र मन्त्री पाण्डेले जस्तै उनले पनि अर्को वर्ष चीनका राष्ट्रपतिको भ्रमणको संभावित तयारी पनि यो भ्रमण हुन सक्ने बताए ।
प्रकाशित मिति: २०७१ पुस १० ०२:२३