Pages

जेब्रा कि ज्यानमारा क्रस ?

  •  उपत्यकामा जेब्राक्रसको समस्याले दिनहुँजसो दुर्घटना भइरहेका हुन्छन् । 'त्यसो हुनुको मुख्य कारण ट्राफिक लाइट नहुनु पनि हो,' भक्तपुर, काठमाडौं हँुदै ललितपुर पुगेका हाछेथुले भने, 'उपत्यकाको रिङरोडभित्र ३६ वटा ट्राफिक लाइट हुनुपर्छ । तर १० वटामात्र छन्, सबै बिगि्रएका छन् ।' ट्राफिक लाइटबिना जेब्राक्रसको कुनै महत्त्व नहुने उनले बताए । 

काठमाडौ, पुस १ - सुन्निएको अनुहार, दायाँ आँखाको माथिल्लो भागमा ५ र ओठको तल्लो भागमा ३ टाँका । शरीरका अन्य भागका साना घाउ त छँदैछन् । यी उनै स्नेहा हुन्, जो आइतबार बिहान शान्तिनगरस्थित आफ्नो घरबाट सुविधानगरस्थित बार्सा स्कुलमा पढ्न गएकी थिइन् ।
तर बेलुकी गणितको अन्तिम कक्षा लिएर फकर्ंदै गर्दा तीनकुनेस्थित कान्तिपुर अस्पतालको अघिल्लो भागको सडकको 'जेब्राक्रस' मा उनी दुर्घटनामा परिन् । १४ वषर्ीया स्नेहालाई काभ्रे मिनिबस व्यवसायी संघद्वारा सञ्चालित र रत्नपार्कबाट काभ्रे जाँदै गरेको बा२ख २२०७ नम्बरको बसले ठक्कर दियो ।
'गाडी आएको थिएन, जेब्राक्रसमा हात उठाएर हिंडेकी थिएँ । त्यसपछि टाँका लगाउँदामात्र मेरो होस आयो,' थापाथलीस्थित नर्भिक अस्पतालको जनरल वार्डको २३४ शय्यामा शनिबार दुःखद घटनालाई सम्भिmइन् ।
उनलाई जेब्राक्रसमा हिंड्दा पनि मिनिबसले हान्यो ? कारण थियो, ड्राइभरले तीव्र गतिमा बस ओभर-टेक गर्न खोज्नु । स्कुलको ड्रेस र पछाडि झोला बोकेकी उनलाई मिनिबसको अघिल्लो भागले के हानेको थियो, उनी सडकको बीचमा फूल रोपेको स्थानमा उछिट्टएिर पुगिन् । 'नउछिट्टएिको भए, छोरीको मुख हेर्न पाइन्नथ्यो,' अस्पतालमा श्रीमती रामकाशीसँगै स्नेहालाई कुरिरहेका बुवा नवलकिशोरले भने ।

उनले छोरीलाई सधैं पुलमुनिको बाटोबाट वाग्मती नदी तर्नका लागि भन्ने गरेका रहेछन् । छोरी स्नेहाले पनि त्यही गर्थिन् । तर आइतबारको वषर्ाले पुलमुनि हिलो भयो । 'त्यसैले जेब्राक्रस प्रयोग गरेको थिएँ,' स्नेहाले भनिन् । कक्षा ९ मा अध्ययनरत उनले स्कुलमा पढ्दा जेब्राक्रसमा मान्छे हिंड्ने र यो देखेपछि सवारी साधनका चालकले रोक्नुपर्छ भन्ने पढेकी थिइन् । 'तर त्यसो हुँदो रहेनछ,' दायाँ हातको सलाइनको सुईको पीडा इंगित गर्दै सुनाइन् ।
उनलाई चिकित्सकहरूले २४ देखि ३६ घन्टासम्म उच्च निगरानीमा राखेका छन् । 'उनलाई 'कनकसन' भएको हो । टाउकामा चोट लागेपछि गिदी 'हल्लिएर' वरपरका हड्डीमा ठोकिएपछि यो समस्या हुन्छ,' उपचारमा संलग्न डा. राजीवकुमार झाले भने, 'यस्तो केसमा रगत जमेको भए, थप समस्या हुन्थ्यो । तर त्यस्तो केही छैन । तैपनि उनलाई कम्तीमा १५ दिनसम्म उच्च निगरानीमा राखेर हेर्नुपर्छ ।' जेब्रा-क्रसिङमा हिंडेको मान्छेलाई गाडीले हान्नु भनेको सडकको पेटीमै गएर किचे जस्तो हुने जावलाखेल ट्राफिक प्रहरी वृत्तका प्रहरी निरीक्षक सीताराम हाछेथुले प्रतिक्रिया दिए ।
स्नेहा त एक पात्र मात्र हुन् । उपत्यकामा जेब्राक्रसको समस्याले दिनहुँजसो दुर्घटना भइरहेका हुन्छन् । 'त्यसो हुनुको मुख्य कारण ट्राफिक लाइट नहुनु पनि हो,' भक्तपुर, काठमाडौं हँुदै ललितपुर पुगेका हाछेथुले भने, 'उपत्यकाको रिङरोडभित्र ३६ वटा ट्राफिक लाइट हुनुपर्छ । तर १० वटामात्र छन्, सबै बिगि्रएका छन् ।'
ट्राफिक लाइटबिना जेब्राक्रसको कुनै महत्त्व नहुने उनले बताए । हाछेथुले स्पष्ट पारे, 'बानेश्वरकै बाटोको उदाहरण लिन सकिन्छ । त्यहाँ एक मिनेटमा २०० भन्दा बढी मान्छे हुन्छन् । पैदल यात्रुलाई मात्र हिंड्न दिइयो भने सवारी जान पाउँदैनन् । त्यसैले लाइट भएपछि एक वा दुई वा तीन मिनेटपछि पालो आउँछ । लाइट नभए सधैं ट्राफिक प्रहरीले मिलाउनु पर्‍यो, नत्र भद्रगोल हुन्छ ।'
हरेक वर्ष सरकारले ट्राफिक प्रहरीबाट उठेको रकम लाने गर्छ, तर बाटाका सिग्नल बनाउँदैन । अपुग प्रहरीको पूर्ति त धेरै परका कुरा भए । अझ सडकमा भएका जेब्राक्रस सवारीको चापले छिट्टै मेटिने गरेको छ । हाछेथुले भने, 'काठमाडौं फोहोर छ, यहाँ बढी धूलो आउँछ । अर्कोतर्फ बाहिरबाट उपत्यका छिर्ने सवारीले पनि बढी फोहोर लिएर आएका हुन्छन् ।' सडक विभागले जेब्राक्रस कति महिनामा फेरि रंगाउने भन्ने योजना अहिलेसम्म बनाएको छैन । 'कति महिना हो, ३, ४, ५ वा ६ ? त्यस अवधिमा जेब्राक्रसलाई फेरि रंगाउनुपर्ने नियमै सरकारले बनाउनुपर्छ,' हाछेथुले थपे ।

प्रकाशित मिति: २०७१ पुस १ ०८:३६