Pages

वाग्मती सफाइमा सत्यार्थी




काठमाडौ, पुस ६ - वाग्मती सफाइको शनिबार ८४ औं साता हो । विगतको सफाइको भन्दा यो साता अलिक फरक रह्यो । किनभने नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी पनि त्यसमा सहभागी भए ।
सफाइमा उनले भने, 'वाग्मतीको स्वच्छ वातावरणमा आउन पाउँदा मैले आफूलाई धन्य र भाग्यमानी ठानेको छु ।' वाग्मती सफाइका अभियन्ता मुख्यसचिव लीलामणि पौडेलसँगै सत्यार्थीले मिलेर एक डोको फोहोर निकाले । 'वाग्मतीको चरणबाट एउटा फोहोर निकालेर म आपै+mभित्रको केही फोहोर निकालेको सम्झन्छु,'सत्यार्थीले भने, 'म साधु होइन, तपाईंहरू जस्तै एक साधारण व्यक्ति हँु । मेरो भित्र र बाहिर धेरै कमजोरी र फोहोर छन् ।' नदीबाट २५ सय टन फोहोर निकालेकामा उनले प्रशंसा गरे ।

कार्यक्रमको सुरुवातमा आफूले नेपाली भाषा बुझ्ने उल्लेख गरेका सत्यार्थीसहित उपस्थित सबैलाई मुख्यसचिव पौडेलले यसरी शपथ खुवाए, 'कार्यस्थल र वरिपरि नदीनाला सफा राख्छु र वाग्मतीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले निरन्तर लाग्नेछु ।' सत्यार्थीले पनि अन्य सहभागीले जस्तै हात उठाए र मुख पनि चलाए । फेरि मुख्यसचिव पौडेलले नाराको सुरुआत गरे, सत्यार्थीसहित अरूले उनलाई साथ दिए, 'हामी वाग्मती सफा गर्न सक्छांै । हामी वाग्मती सफा गर्छाैं । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? अहिले नै सफाइ अभियानमा जुटौं ।'
सत्यार्थीले जुन देशको युवा कुनै अभियानमा लागि पर्छ, त्यो देश विश्वमै शक्तिशाली बन्ने बताए । उनले भने, 'एक समय थियो, पैसाबाट, जमिनको टुक्राबाट र बन्दुकबाट शक्ति मिल्थ्यो । तर अहिले त्यो फेरिएको छ, इन्टरनेट हातमा लिएर, शक्ति हुन्छ, सूचना, ज्ञान पढाइबाट शक्ति मिल्छ ।' उनले 'के नेपाललाई बलियो र शक्तिशाली देश बनाउनु हुन्छ ?' भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा अघिकाले हात उठाए पनि पछि बसेका र कोट/पाइन्ट लगाएकाले उठाएनन् । त्यसपछि सत्यार्थीले पछि बस्ने र हात नउठाउनेलाई व्यंग्य गर्दै भने, 'मैले सानो लुगा लगाएर त हात
उठाएको छु, तपाइर्ंहरू कोट/पाइन्ट लगाएर पनि किन कन्ज्युसाइँ गरिरहनुभएको छ ।'