Pages

सगरमाथाको उचाई ‘घटेको हुन सक्ने’

अभैm सगरमाथा अग्लै  
जगदीश्वर पाण्डे
काठमाडौं– विश्वकै सर्वोच्व शिखर सगरमाथाको उचाई एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान गरिएको छ । वैशाख १२ गते गोरखाको बारपाकलाई इपिसेन्टर (केन्द्रविन्दु) पारेर गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण सगरमाथाको उचाई घटेको हुन सक्ने अनुमान गरिएको छ ।
खानी तथा भूगर्भ विभागको मुलुकका विभिन्न भागमा रहेका स्टेसनले भूकम्प हुनु अघि र पछि दिएको नतिजा तथा भूगर्वविद्का अनुसार सगरमाथाको उचाई घटेको हुन सक्ने देखिएको हो ।
विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ रहेको छ । सगरमाथाको उचाई करिब एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान छ । खानी तथा भूगर्भ विभागको सगरमाथा नै अवस्थित सोलुखुम्बु जिल्लाको स्याङबोचेमा राखेको स्टेनलाई हेर्दा सगरमाथाको उचाई घटेको हुन सक्छ । स्याङबोचेको स्टेशन नै करिब एक सेन्टिमिटर तल झरेकोको भूकम्पमापन केन्द्रबाट प्राप्त तथ्यांकले देखाएको छ । ‘स्याङबोचेकै स्टेशनका आधारमा सगरमाथाको उचाई केहि घटेको हुन सक्ने देखिन्छ,’ राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारी भने,‘अहिले नै घटेको भन्न गाह्रो छ । यसको बारेमा थप जानकारी पाउने प्रतिक्रिया भइरहेको छ ।’

सगरमाथा एक सेमिन्टमिटर घटे पनि अभैm विश्वकै सर्वोच्व शिखरै यर्थावत हुने छ । किनकी विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानको के–टु ८ हजार ६ सय ११ मिटर रहेको छ ।
उत्तरी क्षेत्रमा रहेको युरेसियन (तिब्तियन) प्लेट मुनि दक्षिण क्षेत्रको इन्डियन (अस्ट्रेलियन) प्लेट आएर छिरेपछि संचय भएको शक्ति विस्पोट भई बाहिर आएर नेपालको मध्य भाग गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प आएको विज्ञहरु भन्छन् ।
‘जब भूकम्प गयो, काठमाडौं उपत्यका क्षेत्र माथि उठ्यो,’ भूगर्भविद् अधिकारीले उत्तरी क्षेत्रको उचाई घट्नु र उपत्यकाको उचाई बढ्नुको कारण बारे प्रष्ट्याए,‘तलको संचित शक्ति माथि आउदा काठमाडौं उपत्यकालाई  भूकम्पले माथि उठायो । बिचको भाग माथि उठ्दा उत्तरी क्षेत्र हिमालय क्षेत्रहरु केहि तल झरेका हुन् ।’
चीनको सिमा क्ष्ँेत्र तिब्बत नजिक रहेका गणेश हिमाल, लाङटाङ क्षेत्र र रसुवाको चिलिमे क्षेत्र तल झरेको देखिएको छ । सगरमाथा त्यहि उत्तरी रेन्चमा परेका कारण उचाई घटेको हुन सक्ने अनुमान गरिएको छ ।  बेलायती सञ्चार संस्था बीबीसीले अमेरिका भूगर्भ अनुसन्धानलाई आधार मान्दै सगरमाथाको उचाई तल झरेको हुन सक्ने अनुमान गरेको छ । बीबीसीका अनुसार सेटेलाइटबाट प्राप्त तस्बिरलाई हेर्दा सगरमाथाको उचाई घटेको देखिएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको ककनी क्षेत्र उत्तर–दक्षिणतर्पm १.८२ मिटर सरेको छ भने यसको १.२८ मिटर उचाई बढेको देखिएको छ । काठमाडौं उपत्यका ०.६ मिटर माथि उठेको देखिएको हो । गणेश हिमाल र लामटाङ क्षेत्र करिब ७० सेन्टिमिटर भासिएको भूर्गविद् अधिकारीले जानकारी दिए । रसुवाको माथिल्लो भाग चिलिमे भने करिब ६० सेन्टिमिटर भासिएको देखिएको छ ।
नापी विभागले पनि काठमाडौं उपत्यका र यो वरपरका स्थानको उचाई बढेको जनाएको छ ।
मुलुकभर रहेका स्टेसनले जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) को सेटेलाइट मार्पmत जानकारी दिन्छ । भूकम्प मापन केन्द्रले क्यालिफोनिया इन्टिच्युट अफ टेक्नोलोजीस“ग मिलेर विगत १२ वर्षदेखि काम गरिरहेको छ । ‘हामीले त्यहा“बाट पनि तथ्यांक संकलन गरेर उता पठाउछौं र त्यसपछि स्थिती थाहा हुन्छ ।’
काठमाडौं उपत्यका माथि उठेपछि पश्चिममा तर्पm रहेको जोमसोम स्टेशन दक्षिण–पूर्वतर्पm रहेको एक सेन्टिमिटर सरेको, पूर्व–दक्षिणतर्पm रहेको सिन्धुली स्टेशन १.५ मिटर पूर्व–दक्षिणतर्पm र उदयपुरको रमिते स्टेशन एक विचर पूर्वतिर नै सरेको देखिन्छ । ‘बीचको भाग उठ्दा त्यसका छेउ–छेउका भाग त्यसबाट टाढा जाने र तल झर्ने भएको देखिन्छ,’ भूगर्भविद् अधिकारीले भने ।
नेपालको सम्पूर्ण भूभाग नै सकेको हो वा होइन भन्ने बारे तत्कालै केहि भन्न नमिल्ने अधिकारीले बताए । उनले भने,‘ सम्पूर्ण स्टेशन र यसका अन्य पक्षबारेमा अध्ययन गरेर मात्र भन्न सकिन्छ । हाम्रा साथीहरु स्टेशनहरुमा अध्ययनका लागि गइरहेका छन् ।’