Pages

रोसारियोका दुई नायक

स्पेनीहरू १५ शताब्दीमा दक्षिण अमेरिकामा उपनिवेश गर्न पुग्दा एउटा सुन्दर र लोभ–लाग्दो शहर भेट्टाए । त्यो शहर थियो, अर्जेन्टिनाको । र, शहरको नाम थियो, ब्युनर्स आयर्स । त्यहा“को हावा–पानी र सौन्दर्यताले यूरोपबाट पुगेका शासक वर्गको मन लोभ्याएको थियो । यो शहर अहिले पनि ल्याटिन अमेरिकामा ब्राजिलको साओ पाउलोपछि दोस्रो ठूलो र विश्वका २० चर्चित शहरमा गनिन्छ ।  



त्यो शहरको कुरालाई छाडौं र अब लागौं, त्यसको एक सय ८० माइल उत्तरपश्चिममा रहेको एउटा नगर तिर । न्युनर्स आयर्स जति चर्चित छ, नदीको छेउमा रहेको त्यो सुन्दर नगर पनि विश्वमा उत्तिकै प्रख्यात छ । 
त्यो नगरको नाम हो, रोसारियो । र, त्यसलाई प्रख्यात बनाउने काम गरे, वामवन्थी नेता अर्नेस्टो चे ग्वेभारा र फुटबल स्टार लियोनल मेसीले । यी दुवै विश्वकै चर्चित व्यक्ति त्यहि रोसारियो नगरमा जन्मेका थिए । चे ग्वेभाराले वामवन्थी राजनीति मार्पmत २० औं शताब्दीमा विश्वक्रान्तिको लहर ल्याए । उनलाई कम्यिुनिस्टहरूले विश्वकान्तिका नायक पनि भने÷भनिरहेका छन् ।

एकाइसौं शताब्दीमा भने फुटबल खेल्दै मेसीले त्यो ठाउ“लाई थप चर्चामा ल्याए । अहिले विश्वकै सबैभन्दा उत्कृष्ट फुटबलरको रूपमा मेसीले आपूmलाई प्रमाणित गरिसकेका छन् । उनको खेल्ने शैलीमा स्पिड, ब्यालेन्स, एकुरेसी, पेसेन्ट र इन्टेलिजेन्स छ । यहि कारणले उनले पोर्चुगल तथा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि छाडेका हुन् ।


चे ग्वेभारा र मेसी एउटै नगरमा जन्मेर होला यी दुई बीचमा केही समानता छन् । चे ग्वेभारा र मेसीले आफ्नो जन्मभूमिमा कार्य गरेर नाम कमाएका होइनन् । चे ग्वेभारा क्युबाली क्रान्तिका नायक थिए । सन् १९५६–१९५९ सम्म भएको क्युबाली क्रन्तिमा उनले फिडेल क्यास्त्रो र उनका भाई राहुल क्यास्त्रोलाई डाक्टरदेखि मेजरसम्म भएर सहयोग गरेका थिए । पछि उनी राष्ट्र बैंकका प्रमुखका साथै उद्योग मन्त्री पनि भए ।
इन्जिनियर अर्नेस्टो ग्वेभारा लिन्चका छोरा चे ग्वेभारा रोसारियोमा मध्यम वर्गिय परिवारमा जन्म १४ जुन, १९२८ मा जन्म भयो । उनको परिवार त्यस लगतै ब्युनर्स आयर्समा स¥यो । उनले नेशनल युनिभर्सिटीको मेडिकल स्कुलबाट सन् १९४३ मा डाक्टरी गरे । २५ वर्षको उमेरमा उनले ल्याटिन अमेरिकाको यात्रा गरे, जुन मोटरसाइकल ¥यालीको रूपमा प्रख्यात छ । उनले डाक्टरी पास गरेपछि आफ्नो देश अर्जेन्टिनामा समय बिताएनन् ।

विश्वका विभिन्न देशमा भ्रमण गरेका उनले वामपन्थी धारलाई अघि बढाए । अहिले उनी विश्वभरका मै हु“ भन्ने कम्यिुनिस्टका आदर्शका पात्र हुन् । उनलाई बाइबल नै मान्ने धेरै भेटिन्छन् । अक्टोबर ८, १९६९ मा ३९ वर्षको उमेरमा उनलाई बोलिभियाको जंगलमा मारिएको थियो । पछि उनको बोलिभियन डायरी क्युबाबाट प्रकासित पनि भयो । उनी अर्जेन्टिनामा जन्मे र हुर्के तर डाक्टरी गर्नु बाहेक देशको राजनीतिक परिवर्तन वा समाजका अन्य भागलाई अघि बढाउन केही सहयोग गरेनन् । उनी बाहिरि देशमै जमे । ‘चे हाम्रो लागि राष्ट्रपति हुन्,’ क्यवाको राष्ट्रिय टेलिभिजनमा कार्यरत ओलिभर सामोरा ओरियाले पंक्तिकारस“गको भेटमा भनेका थिए,‘हरेक दिन स्कुलमा पढाई हुनु अघि उनकै प्रसंशामा गीत गाइन्छ र हाम्रो पेसो (पैसा) मा पनि उनको फोटो राखिएको छ ।’
आपूmलाई कम्यिुनिस्ट भनेर देखाउनेहरू चे ग्वेभाराको फोटो रहेको लोगो प्रिन्ट गरिएको टि–सर्ट, बेल्ट, टोपी आदि लगाउ“छन् ।
सन् १९६३ बाट त ब्राजिलको रियो दि जेनेरियोमा रहेको तेस्रो डिभिजनको फुटबल क्लब मडुरेइरा स्पोट्र्स क्लबले त आफ्नो आधिकारीक जर्सीमा चे ग्वेभाराको फोटो नै राख्न थाल्यो । रियो दि जेनेरियाको यो क्लबले गत वर्ष त्यसको ५० वर्ष पूरा भएको खुसियाली मनाउ भव्य कार्यक्रमै राखेको थियो । त्यहि रियो दि जेनेरियोको मराकाना रंगशालामा विश्वकपको फाइनलमा आइतबार जर्मनीस“ग उनी चे ग्वेभाराको देश अर्जेन्टिना हार्दा ब्राजिलियनहरू खुसी भएका थिए ।
मडुरेइरा स्पोट्र्स क्लब सन् १९६१ मा मैत्री पूर्ण फुटबल खेल्न गएको थियो । त्यस बेला चे ग्वेभारा उद्योगमन्त्री थिए । सानोमा फुटबल खेल्ने चे ग्वेभाराले ब्राजिलियन क्लबको खेल हेरेर तस्बिर खिच्दै हौसला बढाएका थिए । सानै देखि श्वासप्रश्वासका रोगले सताएपछि चे ग्वेभारा स्कुलमा फुटबल खेल्दा गोलकिपर बस्नै रमाउथे । जसले गर्दा उनको रोगलाई कुनै असर पर्दैन थियो ।
जब मडुरेइरा स्पोट्र्स क्लब क्यूवाबाट घर फर्कियो । त्यसपछि ब्राजिलको राष्ट्रिय टिमले १९६२ मा चिलीमा विश्वकप खेलेको थियो । चे ग्वेभाराले क्लबलाई क्युवा भ्रमणमा प्रसंशा गरेको कारण त्यो विश्वकपमा अधिकास क्याबाली जनताले ब्रालिजियन टिमको समर्थन गरेका थिए । अहिले भने चे ग्वेभाराकै कारण क्युबाका अधिकाश जनता अर्जेन्टिना र मेसीको समर्थन गर्छन् ।
चे ग्वेभारा एसिया, यूरोप, अफ्रिका लगायत विश्वका विभिन्न भागमा घुमे तर उनले अर्जेन्टिनाका लागि के योगदान गरे ? भनेर प्रश्न गर्दा उत्तरमा ठोस केही नहुन सक्छ । तर उनले अर्जेन्टिनी देश, शहर र त्यहा“को जनतालाई विश्वसामु चिनाउने काम भने गरे ।
चे ग्वेभाराले संसारबाट बिदा लिएको १६ वर्षपछि अर्थात जुन २४, सन् १९८७ मा रोसारियोमै जन्मिए मेसी । स्टिल कारखानामा काम गर्ने बाबु जर्ज होरासियो मेसीका छोरा लियोनल मेसी ‘वर्किङ–क्लास’ परिवारमा जन्मिएका हुन् ।
डिएगो म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकप जिताएर चर्चा कमाइरहेका थिए । त्यो सफलताको एक वर्षपछि मेसी जन्मिए । मेसीले फुटबल खेल्न थालेपछि बाबु जर्ज होरासियोले भनेका थिए,‘मेरो छँेरँलाई म्याराडोनाभन्दा पनि राम्रो फुटबलर बनाउछु ।’ मेसीले सानैदेखि फुटबल खेल्न थाले । उनी आमा सेलियाको हातको खाना खान र फुटबल खेल्न रमाउथे । उनले सानो उमेरमै नगरको नेवेल वोल्ड ब्वाइजमा क्लबमा खेले ।
जब उनको उमेरले ११ वर्ष छोयो । शरिरमा कम हर्मोन भएको समस्या देखियो । त्यसको उपचारको लागि उनलाई महिनाको ९ सय डलर चाहिन्थ्यो । परिवारले सक्दैन थियो । स्थानिय क्लब रिभर प्लेट मेसीलाई सम्झौता गर्नु चाहन्थ्यो । तर उपचारको लागि त्यति ठूलो रकम खर्च गर्न सक्दैन थियो । अर्जेन्टिनाका अन्य क्लबले पनि मेसीको उपचारका लागि खर्च गर्न सकेनन् ।
१३ वर्षको उमेरमा मेसीको भेट स्पेनी क्लब बार्सिलोनाका पदाधिकारीस“ग भयो । बार्सिलोनाले उपचार गरिदिने भएपछि मेसीले बाध्य भएर अर्जेन्टिना छाडे र क्याटलानमा नया“ जिन्दगी सुरूआत गर्न पुगे । बार्सिलोनामा मेसीलाई ट्रायल दिइएको थियो । प्रशिक्षक कार्लेस रिजाच उनको शैलीदेखि प्रभावित भए र पहिलो सम्झौता न्याप्किन पेपरमै तुरून्ता–तुरून्तै भयो ।
अहिले ५ फिट ७ इन्च मेसी हर्मोनको समस्याका कारण त्यस बेला त निकै सानो थिए । उनको खुट्टा हातको औंला जस्तै थियो । बार्सिलोनाको एकेडेमीस“गै फुटबल खेल्ने साथी जेरार्ड पिकेले मेसीको खुट्टा देखेर ‘फिङ्गर लेग’ भनेर जिस्काउथें । बार्सिलोनाबाट मेसीस“गै अहिले खेल्ने पिके स्पेनी राष्ट्रिय टिमका डिफेन्डर हुन् ।
मेसीको अर्जेन्टिनी र स्पेनी दोहोरो नागरिकता थियो । उनले चाहेको भए, जन्मभूमिलाई बाई बाई गरेर कर्म भूमिबाटै खेल्न सक्थें । सन् २००४ मा उनलाई स्पेनको यू–२१ टिमबाट खेल्ने अफर आएको थियो । तर उनले त्यसो गरेनन् । उनी अर्जेन्टिनाकै नजिक हुन चाहे । आफ्नो खेल्ने तरिकालाई पनि अर्जेन्टिनी शैलीमै निकारिरहे । उनले भन्थे,‘म स्पेनमा हुर्के र यहा“ धेरै सिके । तर म आफ्नो बाल्यकालको खेल्ने शैलीलाई कहिल्यौ परिवर्तन गर्दिन ।’ उनले सन् २००५ मा अर्जेन्टिनालाई फिफा युवा विश्वकपको उपाधि दिलाए । सन् २००६ को सिनियर विश्वकपमै डेब्यु गरेका मेसीले अर्र्जेन्टिनालाई सन् २००८ मा भएको बेजिङ ओलम्पिकमा स्वर्ण पदक दिलाएका थिए ।
चार पटक (सन् २००९, २०१०, २०११ र २०१२) मा फिफा वर्ष खेलाडी भएका मेसी अर्जेन्टिनाका लागि सिनियर स्तरमा कुनै उपाधि नदिलाए पनि क्लब बार्सिलोनाका लागि भने एकपछि अर्को सफलता दिलाउदै आइरहेका छन् । क्लबमै गरेको उत्कृष्ट प्रदर्शनमा उनले उत्कृष्ट खेलाडीको पुरस्कार थापेका हुन् । उनले बार्सिलोनालाई स्पेनी ला–लिगा, किंग्स कप, च्याम्पियन्स लिग जस्तो ठूला प्रतियोगिताको उपाधि दिलाईसकेका छन् । साथमा उनले क्लबको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा आफ्नो नाम लेखाइसकेका छन् । मेसी वर्षमा क्लबबाट ६ करोड डलरभन्दा बढी कमाउछन् ।
उनले खेल्ने विज्ञापन र अन्य विभिन्न कम्पनीस“ग गरेको सम्झौता त छुट्टै छ । मेसी विश्वकै सर्वकालिन महान् खेलाडी हो कि होइन ? भन्ने विवाद सधै हुने गरेको छ । उनको नाम सधै ब्राजिलका पेले र अर्जेन्टिनाकै डिएगो म्याराडोनास“ग हुने गरेको छ । तर सबैको एउटै उत्तर हुन्छ, पेलेले ब्राजिललाई र म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताए, मेसीले जिताएको खोई ? बिना विश्वकप महान् खेलाडी कसरी हुन सक्छ ? ब्राजिलियनहरू पेलेको मात्र नाम सुन्न चाहन्छन् । अर्जेन्टिनीहरू म्याराडोनालाई भगवान मान्छन् । मेसीलाई उनीहरू अहिले पनि राष्ट्रिय भावना नभएको खेलाडीको रूपमा ब्याख्या गर्छन् । सानो नै देश छाडेका मेसीले क्लब बार्सिलोनामा जस्तै अर्जेन्टिनाका लागि नखेलेको घरेलु समर्थकको आरोप छ । मेसीलाई आइतबार ब्राजिलको रियो दि जेनेरियो स्थित मराकाना रंगशालामा आपूm पहिले अर्जेन्टिनी र त्यसपछि बार्सिलोनाका खेलाडी हो भनेर सावित गर्ने मौका थियो । तर उनले खेलको अन्त्यमा प्रहार गरेको फ्रि–किक जस्तै आपूmलाई सिद्ध गर्ने मौका पनि उडेर ग¥यो । मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी हुदै गोल्डन बुट पाए । उनी निराश हुदै लिन बाध्य भए । किनकी उनलाई त्यो रातमा चाहिएको ट्रफि जर्मनीका खेलाडीले उचालेर खुसी मनाइरहेका थिए । ब्राजिल छिरेका करिब एक लाखस“गै घरमा रहेका चार करोडभन्दा बढी अर्जेन्टिनी मुखमा आइसकेको खाना जर्मनीले अतिरिक्त समयमा खोसेर खादा निराश भए । मेसीलाई यस पटक विश्वकप जिताएर सन् १९८६ मा म्याराडोनाले पाएको सफलतालाई दोहोराउनु थियो । तर जर्मनीस“ग टिम थियो यता मेसी भने एक्ला थिए । अन्त्यमा टिमकै जित भयो । अर्जेन्टिनी प्रशिक्षक अलेजान्ड्रो साबेलाले विश्वकपमा दौरान मेसीलाई टिममा ‘मरूभुमिको पानी’ भनेर ब्याख्या गरेका थिए ।
आखिरमा त्यो पानी मरूभूमिमै बिलाउन बाध्य भयो । मेसीले गाह्रो गरि लिएको उत्कृष्ट खेलाडीको उपाधि कोलम्बियाका जेम्स रोड्रिग्वेजले पाउनु पर्ने बन्दै म्याराडोनाले विरोध गरे । मेसीले भने,‘मैले चाहेको ट्रफि अर्को हो । यसले मलाई केही अर्थ राख्दैन ।’ मेसीले समूह चरणका तीन र स्विजरल्यान्ड्सविरूद्धको क्वाटरफाइनल खेल एक्लै जिताएका थिए भन्दा पनि फरक पर्दैन । किनकी समूहका तीन खेलमा उनले चार गोल गरेका थिए । र, स्विजरल्यान्ड्सविरूद्धको निर्णायक गोलमा एन्जेलो डि मारियालाई गोल गर्न बल उपलब्ध गराएका थिए । बेल्जियमविरूद्धको क्वाटरफाइनल र नेदरल्यान्ड्सविरूद्धको सेमिफाइनलमा चल्न नसकेका मेसीले फाइनलमा आपूmलाई प्रमाणित गर्न खोजे तर जर्मनीको सुन्दर फुटबल अघि उनी फिक्का देखिए । म्याराडोनाले जस्तै गरि उपाधि ल्याउलान भनेर पर्खेका अर्जेन्टिनीहरूले विश्वकपका दौरान मेसी बार्सिलोनाको नभइ अर्जेन्टिनाकै हो भनेका थिए ।
तर फाइनल पछि हारले फेरि मेसी बार्सिलोनाकै हुन पुगेका छन् । म्याराडोना र कार्लोस टेभेज जस्तै गरि घरेलु लिग फुटबल नखेलेका कारण पनि मेसी अर्जेन्टिनामा अलोकप्रिय भएका हुन् भन्ने गरिन्छ । मेसीले विश्वमा धेरै समर्थक बढाए, आपूmलाई चार पटक वर्ष खेलाडी बनाए, बार्सिलोनाका लागि एकपछि अर्को उपाधि दिलाए, बार्सिलोनाबाट खेल्दै एकपछि अर्को कीर्तिमान राखे, करोडौं डलर कमाए तर अर्जेन्टिनालाई उनले त्यहा“को जनताले आशा गरे अनुसारको सफलता दिलाउन सकेनन् । राम्रो खेल्दा हाम्रो देशको र खेल तलमाथि भएमा बार्सिलोनाको भन्ने अर्जेन्टिनी जनताको बानीमा कतै मेसी बाक्क त हुने होइन भन्ने प्रश्न पनि उठ्न सक्छ ।
चे ग्वेभारा र मेसी अर्जेन्टिनी हुन् । तर दुवै देशभन्दा बाहिर नै कर्म गरे, बढी चर्चित भए र सम्मान पाए÷पाइरहेका छन् । चे ग्वेभारा छैनन् । तर मेसी भर्खर २७ वर्षको भए । उनको यस्तै फर्म रहेमा अभैm सन् २०१८ मा रसियामा हुने विश्वकप र त्यसपछि चार वर्षपछि एसियामा हुने विश्वकपमा खेल्न सक्छन् । ब्राजिलमा पूरा गर्न नसकेको काम मेसीले पछि पूरा गर्लान् त ? यो समयले नै देखाउने छ ।

–समाचार एजेन्सीहरू, चे ग्वेभारा विश्वक्रान्तिका नायक र मेसीको अटोबायोग्राफि किताबको सहयोगमा ।

(विश्वकप फुटबल २०१४ को अर्जेन्टिना र जर्मनी बीचको फाइनल हुनु अघिको लेख)