Pages

फाइनल खेल होइन संविधान

जगदीश्वर पाण्डे
खेलमा दुई टिम एकै पटक विजयी हुदैनन्, मिल्दैन । एउटा टिमले जित्छ, र अर्कोले हार्छ । अन्त्यमा, जित्नेहरुले खुसीयाली बनाउछन् र हार्ने पिडा हुन्छ । यो प्राकृतिक नियम जस्तै हो ।  

६८ वर्षदेखि नेपाली जनताले चाहेको संघीय संविधान जारी भएको दिन (असोज ३, आइतबार) बेलुकी जब राष्ट्रपति रामवरण यादवले नया“ बानेश्वरस्थित संविधानसभाको हलमा नया संविधानलाई दुवै हातले समाते र ढोक्दै माथि उचाल्दै जारी भएको घोषणा समेत गरे ।

त्यो बेला पहाडी क्षेत्रका जनताका आखाबाट खुसीका आसु झरेका थिए । खुसीयाली मनाए । ¥याली र दिपावली समेत गरे । तर त्यसको ठिक विपरित तराई क्षेत्रमा नया संविधानको विरोध भयो । नया“ संविधानलाई त्यहा“का जनताले असन्तोष व्यक्त गर्दै पिडाको रूपमा ब्याख्या गरे ।

यादवले काठमाडौं उपत्यकाको मृटुमा रहेको हलमा संविधान जारी गर्दा मुलुकमा प्रहरी र सेना परिचालन गर्नु पर्ने स्थिती रह्यो । तराईका केहि जिल्लामा कडा सुरक्षा परिचालयन गरि कफ्र्यु समेत लगाइएको थियो । नेपालमा जारी भएको ऐतिहासिक संविधानको प्रतिक्रिया कतै आपूm र आफ्नो टिमले जितेको त कतै आपूm र आफ्नो टिमले हारेको जस्तो अनुभूति गरेको देखियो ।

पहाडी क्षेत्रमा जनताद्धारा निर्वाचित सभासदहरुले संविधानसभाबाट ल्याएको सघीय संविधानले सपना साकार पारेको भन्दै खुसी मनाइरहेका थिए । तराई–मधेसमा अर्कै माहोल रह्यो ।

संविधान जारी भएको दिनको दृष्य हेर्दा लाग्थ्यो, संविधान सभामा दुई टोली बीच खेल भइरहेको छ र बाजि तीन दल (काग्रेस, एमाले र एमाओवादी) मिलेको टिमले मारेको छ । र, मधेशी दलहरुले खेल हारेर निराशाबादी भएका छन् ।
सायद यहा“ बुझ्नु पर्ने कुरा के थियो भने संविधान खेल नभएर मुलुक भित्रका सबै जनताको साझा सपना थियो । यहा“ न त कुनै टिमले जित्ने वा कुनैले हार्ने हो । सम्झौताको दस्तावेजको रुपमा रहेको नेपालको नया“ संविधान सबै पक्षको ‘विनविन’ को नतिजाको प्रतिक हुनु पर्छ ।

संविधान ल्याउन मुख्य सहकार्य गरेका तीन दल जारी भएको भोली पल्ट (असोज ४ मा) टुडिखेलमा नया संविधानको खुसीयालीमा संयुक्त आमसभा नै गरे । त्यसपछि काग्रेंस र एमालेले चियापान पनि गरे । काठमाडौंमा खुसीयाली, बधाई साटासाट र चियापानमा नेताहरु व्यस्त रहे ।

पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) सडक खण्डको उत्तरतर्पmबाट संविधानको स्वागत भयो र दक्षिण तिरबाट यसलाई कालो झन्डा देखाउने काम भयो । काग्रेंस, एमाले र एमाओवादीका नेताहरुले काठमाडौंको खाल्डोबाट निस्कन हिम्मत गर्न सकेनन् । उनीहरुले संविधानको राम्रा र नराम्रा पक्षको बारेमा आफ्ना तराई मुलकै सभासदहरू वा आपूm नै गएर नया“ संविधानको बारेमा बुझाउन सकेनन् ।

नेपाल सरकारका एक सचिव भन्दै थिए, काठमाडौंमा चियापान गरेर रमाउनुको साटो मधेशको बारेमा ध्यान दिएको भएमात्र पनि घटनाक्रमले अर्कै रुप लिने थियो ।’
लोकतन्त्रमा जनताले जनताबाट जनताकै लागि शासन गर्ने हो । तर हाम्रा लोकतान्त्रिक नेता दिल्ली जान सहज माने, दुवै छिमेकी मुलुकमा विशेषदुत पठाउन पनि भ्यायो, एमालेले । तर आफ्ना सभासदहरुलाई न उसले न काग्रेंसले वा एमाओवादीले नै तराईका जिल्लामा पठाउने हिम्मत गर्न सकेनन् । राजनीतिक शाहसको कमि हाम्रो नेताहरुको पूर्ण रुपमा देखियो ।

थारुहट र थारुवान आन्दोलनको कारण टिकापुरमा भएको दुःखद घटनापछि समेत हालसम्म तीन प्रमुख दलका नेताहरुले त्यहा“ पुगेर जनताको भावनलाई सम्बोधन गर्न सकेका छैनन् । आफ्नो जिल्ला र निर्वाचन क्षेत्र पनि आफ्नो नीजि सम्पत्ति जस्तै ठान्नेहरु समस्या पालेका नेताहरु किन समस्या पर्दा सहि स्थानमा गएर बोल्न सक्दैनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । जिल्ला पुग्नुभन्दा राजधानीमै पत्रकार सम्मेलन गरेर आपूm ‘पानीमाथिको ओभानु’ बन्न खोज्नु नेताहरुका बेवकुफि हुन् ।

‘भाई फुटे गमार लुटे’ भने भैm तीन प्रमुख दल र मधेशी दलहरु नमिल्दा मुलुक झन ठूलो समस्यातर्पm गइरहेको छ । घर भित्रको झगडालाई बाहिर ल्याउने काम दुवै पक्षबाट भयो । समयमै ‘मेरो गोरुको बाह्रै टक्का’ नभनिदिएको भए, ‘जुङाको लडाई’ नगरिदिएको भए, सायद करिब ५० नेपालीले अकालमा ज्यान गुमाउनु पर्दैन थियो । घर बलियो भएको भए, छिमेकीले आ“खा लगाउने थिएनन् । भारतीय हस्तक्षेपको नाङ्गो र लाजमर्दो दृष्य पनि सादय हेर्नु पर्दैन थियो, यो समयमा ।


नेपालको नया“ संविधानका संसारभरबाट स्वागतको ओइरोलाग्दा समेत भारतीय पक्षबाट हालसम्म नहुनु र उसका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेषदुत (जयशंकर) नै पठाएर आफ्नो मुलुकले समर्थन गरेमात्र संसारलाई मान्य हुनु भन्नु छिमेकीको घिनलाग्दो कुटनीतिक क्रियाकलाप हो । भारत जस्तो विश्वमै ठूलो लोकतान्त्रिक देश क्षवि बनाएको मुलुकबाट अर्को मुलुकको लोकतान्त्रिक पद्धतीलाई लत्याउन खोज्नुले उसको नियत खराब देखिन्छ ।

त्यसमाथि पनि ‘स्वचालित मिसिन गनबाट निस्केको निस्केको गोली’ जस्तै गरि लगातार रुपमा विदेशमन्त्रालयले एकपछि अर्को विज्ञप्ती जारी गरि नाका बन्दी समेत लगाउन सक्ने संकेत दिनुले भारतीय पक्षले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको र गरिरहने कुरालाई प्रष्ट पारेको छ । भारतले गर्न खोजेको हस्तक्षेपका शीर्ष नेताहरुले नै बताइसकेका छन् भने समाचारहरूमा बाहिर आएका छन् ।

तीन ठूला तलले संविधान निर्माण अघि मधेश केन्द्रित दललाई वेवास्ता गर्नु र मधेशीदलहरुले घर भित्रकै आफ्ना परिवारका सदस्यलाई छाडेर छिमेकी भारतका प्रधानमन्त्री मोदी समक्ष पत्र पठाई सहयोगका लागि ग्वार्न पुग्नुले समस्या थप जटिल हुन पुगेको हो । स्पेस जहा“ मिल्यो, छिमेकीले त्यस्तै चाहेको थियो, त्यहि खेल्यो । तीन दल र मधेशी दलहरु मिलेर संविधान जारी गरेको भए, भारतले यसरी खेल्न पाउने थिएन । घर भित्रको दुई पक्षीय झगडाले भारतलाई चौका हान्ने बल मिल्यो । र, मोदीले नेपालका लागि आफ्ना राजदुत रणजित रायलाई ब्याटिङमा नियम विपरित पटक–पटक पठाएर चौका हान्न लगाइरहेका छन् । राय भने एउटै बलमा चौका र छक्का दुवै हान्ने शैलीका साथ क्रिजमा देखिएका छन् ।

बन्द, हड्ता, कफ्र्यु, आन्दोलनले मधेश क्षेत्रको जनजीवन अस्तव्यस्त छ । लाखौं विद्र्याथी स्कुल जान पाएका छैनन्, दैनिक मजदुरी गरेर खानेलाई गाह्रो छ, तराईका नाकाहरूमा नाकाबन्दी लगाइएका छन्, बा“च्न गाह्रो पर्ने स्थिती छ । जनताले दुःख पाएका छन् । सुरक्षा कर्मी र आन्दोलनकारी बीचको भिडन्तमा जसको ज्यान गए पनि नेपाली दाजुभाई नै मरेका छन् । मानव अधिकारकर्मीले विज्ञप्ती जारि गरिरहेको छ तर यी क्षेत्रमा मानवअधिकारको हनन हुने क्रम रोक्ने कसले समाधानको बाटो यथासिघ्र चाहिएको छ ।

त्यसो भए के अब नेपाललाई पनि आफगानिस्तान जस्तै घरेलु द्धन्द्धमा फसाउने वा त्यस्तै स्थीतिबाट गुजार्ने त ? बिलकुल होइन । १० वर्षे घरेलु युद्ध, २०६२–६३ को जनआन्दोलन, मधेश आन्दोलन र हालै देशका विभिन्न क्षेत्रमा भएका घटनाबाटै हामीलाई हिंसादेखि घृणा भइसकेको छ । नेपालीलाई अब हिंसा पुगिसकेको छ । हिंसा कति पिडादायी हुन्छ भनेर तीन दल र मधेशवादी दलहरुले पनि राम्ररी बुझेका छन् । उनीहरूलाई अभैm सम्झाउन नपर्ला ।

दुवै पक्षले अब समाधानको बाटो खोज्नु पर्छ । तीन दलले पनि खुला छाती गर्नु पर्छ र मधेशका जायज मुद्दाहरूलाई भारतले उठाएको भन्दै पन्छाउन खोज्नु गलत हुनेछ । आवश्यक परे नेपालको ऐतिहासिक संविधानलाई संसोधन गरेर अघि बढ्न पनि पछि पर्नु हुदैन । अर्कोतर्पm मधेशीदलहरुले पनि छिमेकीभन्दा घरमै बसेर वार्ता गरि समस्याको समाधान गर्न लाग्नु पर्छ । छिमेकीले त उचाल्ने र थचार्नेमात्र हुन्, आखिर बस्ने आफ्नै घरमा हो ।

संविधान एउटा फाइनल खेल होइन, यसमा न तीन दलले जित्छ, न मधेशी दलहरुले नै । नेपालको संघीय संविधान त पूर्वमेचीदेखि पश्चिम महाकाली र उत्तरदेखि दक्षिण तराईसम्मका सम्पूर्ण नेपालीको साझा दस्तावेज हो । संविधान त हाम्रो मुलुकको नया“ बाटोको पहिलो खुड्किलो हो । ‘पहिलो गा“समा ढुंगा’ अड्काउने काम हामी सबैले त्याग्नु पर्छ ।