Pages

नेपाली क्रिकेटमा बिर्सन नसक्ने ऐतिहासिक दिन


जगदीश्वर पाण्डे 
मैले एक वर्ष अघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोधेको थिए,‘नेपाललाई विश्वकप क्रिकेटमा त पु¥याउनु भयो । अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मुड त बनाउनु भएको छैन ?’ खड्काको जवाफ आयोे,‘पहिला टिमलाई वान–डे अन्तर्राष्ट्रिय मान्यता त दिलाउन दिउ । त्यस पछि वान–डे क्रिकेट खेलेर आनन्द लिऔं । त्यसपछि सोचौला नी के गर्ने भनेर ।’



२२ वर्ष पुग्यो नेपालले अन्तर्राष्ट्रिय  क्रिकेट खेलेको । क्रिकेटको २२ यार्डको पिचमा हाम्रा खेलाडीहरूले देखाएको प्रदर्शनले सबैको मन जित्न सफल भएको छ । हाम्रो सिमित स्रोत र साधनका बाबजुत नेपालको प्रदर्शनलाई जति तारिफ गरे पनि कमै होला ।

मैले खड्कासगको कुराकानी गरेको सायद एक वर्षमात्र भएको छ । तर उनले आपूmले जे भनेका थिए । त्यो पु¥याएरै छाड्ने भएका छन् । आज (बुधबार) नेपालले नेदरल्यान्ड्सविरूद्ध उसकै घरेलु मैलानमा एकदिवसीय क्रिकेट खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा नया“ पाइला टेक्दैछ । अर्थात् अब नेपाली क्रिकेट पनि अन्तर्राष्ट्रिय मन्चमा नया“ शक्तिको रुपमा उत्रिएको छ ।





सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपमा सहभागिता पछि यो नै नेपाली क्रिकेटले आफ्नो २२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाएको सबैभन्दा ठूलो र महत्वपूर्ण सफलता हो ।
हुन त सन् १९९६ मै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेपछि नेपालले पनि विश्वकप खेल्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने सपना नदेखिएको भने होइन ।


सन् २०१० सम्म आइपुग्दा नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५ मै थियो । र, भन्ने गरिन्थ्यो,‘विश्वकप त खेल्नु पर्ने हो । नेपालले एकदिवसीय क्रिकेट खेलेको पनि हेर्ने इच्छा छ तर यस्तो पाराले कहा“ संभव छ र । विश्व कप खेल्ने र वान–डे मान्यता पाउने सपना हो । तर यो सपना मै रहदा जस्तो छ ।’


सन् २००९ बाट नेपाली टोलीका नेतृत्व पाएका जोशिला र निडर कप्तान पारस खड्का र सन् २०११ मा क्यानडाबाट काठमाडौं ओर्लिएका पुबुदु दासानायकेले नेपालको सपनालाई विपनामा बदल्ने अग्रसरता देखाए नेपालका खेलाडीहरूको साथमा । बलियो इन्जिन भएका गाडी त नेपालमा छदै थियो, पुबुदुले त्यसमा पेट्रोल हालिदिने र सहि समयमा सर्बिसिङ गरिदिने काम गरे ।


पुवुुदु श्रीलंकाली टोलीका पूर्व टेष्ट खेलाडी थिए, जो पछि क्यानेडेली नागरिक हुन पुगे । क्यानेडेली टोलीलाई विश्वकपमा पु¥याएको दम्भ र आत्मविश्वासका साथमा पुवुदु नेपाल आएका थिए ।
सपना त हाम्रा खेलाडीले पहिलेदेखि नै देखेका थिए तर सपना अनुसारको रोडम्याप देखाउने काम गरिदिए, पुवुदुले । उनी नेपालाई ट्वान्टी ट्वान्टी विश्वकप खेलाएर फर्किए ।


पुबुदु आएस“गै नेपाली क्रिकेट खेलाडीले पनि विदेशी लिग खेल्ने अवशर जर्न थाल्यो । उनले सबैभन्दा पहिलो केहि खेलाडीलाई क्यानेडेली लिग खेल्ने अवशर जुराइदिए ।


त्यसपछि शक्ति गौचनलाई इन्डियन प्रिमियर लिग क्रिकेटको राजस्थान रोयल्स टोलीमा प्रशिक्षणको मौका सिर्जना गरिदिए ।  सन्दिप लामिछाने जस्ता प्रतिभालाई पुवुुदुले नै टिपेर ल्याएरका थिए । लामिछाने जसले यस पटक इन्डियन प्रिमियर लिगमा त दिल्ली डेयरडेभिल्सबाट खेल्दै संसारभर कै क्रिकेट प्रेमीको मन जिते । पुवुदु अहिले अमेरिकी क्रिकेट टोलीका प्रशिक्षक छन् र नेपाली क्रिकेटलाई नजिकबाट हेरिरहेका छन् ।

पुवुदु र उनी भन्दा पहिले नेपालमा करिब एक दशक बसेका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसको योगदानलाई पनि बिर्सन मिल्दैन । घर भित्र क्रिकेटको विवाद विगत एक दशकदेखि उलिदै थियो । नेपाल क्रिकेट संघ र त्यसका पदाधिकारीको गैरजिम्मेवारी र त्यसमा थपिएको राजनीतिक रंगले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बदनाम नै गराइरहेको छ ।

संघको बैंठकमा यस्तो सम्मको झगडा भयो कि कुनै पदाधिकारीले त पेस्तोल नै निकालेर थर्काउने काम समेत भयो । त्यसको सबैभन्दा बलियो उदाहरण हो, अहिले नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले प्रतिबन्ध लगाएको छ ।

तर मैदानमा खेलाडीले देखाएको प्रदर्शनले गर्दा नेपाली क्रिकेटले एकपछि अर्को फड्को मर्दै गयो । साच्चै भन्नु पर्दा संघको खराब पक्षलाई खेलाडीको प्रदर्शनले छोपीरहेको छ ।

२२ वर्ष पुग्यो नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको । क्रिकेटको २२ यार्डको पिचमा हाम्रा खेलाडीहरूले देखाएको प्रदर्शनले सबैको मन जित्न सफल भएको छ । हाम्रो सिमित स्रोत र साधनका बाबजुत नेपालको प्रदर्शनलाई जति तारिफ गरे पनि कमै होला ।

नेपाली खेल इतिहासमै अब कहिले बिर्सन नसक्ने नेपालको यो अन्तर्राष्ट्रिय क्रिकेट यात्राका दौरान कति खेलाडी आए÷गए, प्रशिक्षक आए÷गए, कप्तान आए÷गए । खेलमा जित र हार भइरहन्छ । तर सबैले आ–आप्m्नो स्थानबाट योगदान भने पक्कै गरेका छन् । कतिले खेलाडीले हारको आ“सु बगाएर कति दिन सुत्न सकेनन् । कतिलाई जितले उत्साह दियो र अझ राम्रो गर्ने जोश मिल्यो ।


सबैले आ–आफ्नो स्थानबाट योगदान गरेरै अहिलेको स्थानमा नेपाली क्रिकेट पुगेको हो । ती तमाम प्रत्यक्ष र अप्रत्यक्ष योगदान गर्ने सम्पूर्ण नेपालीहरूको खुसीको क्षम बन्न पुगेको छ, आजको दिए ।
नेदरल्याड्समा हुने खेलको नतिजा जे होस, नेपाली क्रिकेटले पाएको सफलताले सबैको मन जितेको छ । आजको दिन नेपाली क्रिकेटको स्वणीम दिनको रूपमा पक्कै दर्ता हुनेछ ।