Pages

जहा भाषाको राजनीति चलिरहेकोछ


जगदीश्वर पाण्डे, चेन्नाई 

एउटै मुस्लिम धर्म मान्ने भएर के भो र ! भाषाको कारण सन् १९७१ मा पश्चिमी पाकिस्तानबाट पूर्वी पाकिस्तान अलगियो । पश्चिम पाकिस्तानको उर्दु र पूर्वी पाकिस्तानको बंगाली भाषा बीचको तालमेल धर्मले गर्न/गराउन सकेन । पूर्वी पाकिस्तान नया मुलुक बंगलादेशको रूपमा जन्मियो   (पाकिस्तानलाई फुटाउन भारतले लेखेको भूमिकालाई यस लेखमा छाडिदिउ)।




यो लेखमा कुनै दुई मुलुक बीचको भाषालाई लिएर राजनीतिक द्धन्द्धको बारेमा लेख्न खोजिएको होइन । मैले एक देशको एक राज्यको कुरा गर्न मात्र खोजेको हो, जहा लामो समयदेखि भाषाको राजनीतिले सबैभन्दा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यस लेखमा भाषाको राजनीति कसरी भइरहेको छ भन्ने देखाउन खोजिएको हो ।


तर तमिल नाडु र यस परपरका मुख्य गरि दक्षिण भारतका ५ राज्यमा हिन्दी नबुझ्ने र नबोल्ने अधिकास भेटिन्छन् । आफ्नै राज्यको फरक भाषामा गर्व गर्ने केरेला, आन्द्र प्रदेश, तिलंगना र कर्नाटका पनि हुन् । तमिल नाडुमा तमिल, केरलामा मलयालम, कर्नाटकामा कनन्डा तथा आन्द्र प्रदेश र तेलंगानामा तेलेगु भाषा बोलिन्छ । 


नेपालको राजधानी काठमाडौंबाट करिब १७ सय किलोमिटर भन्दा टाढा पर्छ, दक्षिण भारतको चेन्नाई शहर । बिसौ शताब्दीको अन्त्यसम्म पनि त्यसको नाम थियो, मद्रास । नेपालका पुराना पुस्ताको मुखमा अहिले पनि मद्रासको गर्मी भन्ने शब्द झुन्डिएको छ । यहि मद्रास रहेको राज्य हो, तमिल नाडु । दक्षिण भारतको सबैभन्दा बढी सलबलाइरहने र राष्ट्रिय राजनीतिमा देखापरिरहने राज्य हो यो ।

नेपालभन्दा करिब १७ हजार वर्ग किलो मिटर सानो छ ( करिब १ लख ३० हजार) तमिल नाडु । तर यहाको जनसंख्या ७ करोड नाघिसकेको छ । काठमाडौंबाट हेर्दा हामी भारतलाई हिन्दी भाषाको देश भन्छौ । हामीलाई लाग्छ, यहाको २९ राज्यका एक अर्ब ३० करोडभन्दा बढी जनसंख्या सबैले यो भाषालाई बुझ्छन् । नेपालमा कसैले हिन्दी बोल्यो भने त्यो भारतीय भयो वा हो भन्न समेत पछि पर्दैनौं ।

५ राज्य मध्येको सबैभन्दा विद्रोही मुलुको रुपमा तलिम नाडुलाई लिइन्छ । यो विद्रोही राज्य कसरी त्यस्तो भयो र विगत ७० वर्षदेखि यहा कसरी भाषाले राजनीति गरिरहेको छ भन्ने थाहा पाउन यहाको एउटा अभियानलाई थाहा पाउनु जरुरी छ । 



तर तमिल नाडु र यस परपरका मुख्य गरि दक्षिण भारतका ५ राज्यमा हिन्दी नबुझ्ने र नबोल्ने अधिकास भेटिन्छन् । आफ्नै राज्यको फरक भाषामा गर्व गर्ने केरेला, आन्द्र प्रदेश, तिलंगना र कर्नाटका पनि हुन् ।
तमिल नाडुमा तमिल, केरलामा मलयालम, कर्नाटकामा कनन्डा तथा आन्द्र प्रदेश र तेलंगानामा तेलेगु भाषा बोलिन्छ ।


भारतका यी ५ राज्यमा घुम्दा हिन्दीबाट आफ्नो परिचय अघि बढाउनु हुन्छ भने सम्झनु होस् तपाईलाई यहाका मान्छेले सहयोग नगर्ने सम्भावना बढी रहन्छ । यी राज्यहरुई द्रबिडियन नाडु पनि भनिन्छ । ब्रिटिसले भारतमा राज्य गर्दा होस् या सन् १९४७ मा भारत स्वतन्त्र भएपछि यी द्रबिडियन नाडुले आफ्नो फरकै मुलुक माग गरेका थिए । जुन मागमै सिमित रह्यो ।


५ राज्य मध्येको सबैभन्दा विद्रोही मुलुको रुपमा तलिम नाडुलाई लिइन्छ । यो विद्रोही राज्य कसरी त्यस्तो भयो र विगत ७० वर्षदेखि यहा कसरी भाषाले राजनीति गरिरहेको छ भन्ने थाहा पाउन यहाको एउटा अभियानलाई थाहा पाउनु जरुरी छ ।







त्यो हो, द्रबिडियन मुभमेन्ट (अभियान) । यसलाई सेल्फ रेस्पेक्ट मुभमेन्ट (आत्म सम्मान अभियान) पनि भनिन्छ । जब भारतलाई ब्रिटिसबाट आजाद गर्नु पर्यो भन्दै मोहनदास कर्मचन्द गान्धी लाहोरदेखि गुजरात, बिहारदेखि दिल्ली, कोलकतादेखि मन्द्रासतिर दौडिरहेका थिए, उहि मुलुकको एक छेउमा भने उनै गान्धी र नेहरुहरु विरुद्धको सेल्फ रेस्पेक्ट मुभमेन्ट सुरु भएको थियो, त्यो स्थान थियो, तमिल नाडु ।


द्रबिडियन नाम दिइरहेको यो अभियान जातका आधारमा माथिल्लो तहमा रहेका ब्राह्मणहरु विरुद्ध थियो । पछिडिएका जातिका जनताको पनि उत्तिकै मानव अधिकार हुन्छ र हुनु पर्छ भन्ने आवाज यो अभियानले उठायो । यो अभियानको सुरुआत सन् १९२१ मा एस. रामानाथनले गरेपनि एभी रामास्वामीले यसलाई अघि बढाउन योगदान गरे र यो अभियानको नायक रहे ।


भारतीय राष्टिय कांग्रेस पार्टीबाट छिरेर मद्रासको जस्टिस पार्टीको नेतृत्व गर्दै त्यसलाई सन् १९४४ मा सामाजिक संस्था द्रबिदर कज्हगममा रुपान्तरण गरेपछि चुनावी मैदानमा नउत्रने भन्दै पेरियार बसे । उनको नेतृत्वमा जस्टिस पार्टीले सन् १९३७ को निर्वाचनमा मद्रास पे्रसिडेन्सीमा हारेको थियो । त्यसपछि पेरियार भोटको राजनीति गर्नबाट पछि हटे ।  



रामास्वामीलाई अहिले उनको नाम भन्दा पनि उपनाम पेरियारले बढी चिन्छन् । जसरी माओवादी केन्द्रकको अध्यक्षलाई पुष्पकमल दाहालभन्दा बढी प्रचण्ड नामले बढी चिन्छन् । तमिलमा पेरियारको मतलब हो, द ग्रेट । पेरियारले गान्धी र नेहरुसग ब्रिटिसबाट आजाद हुनु भन्दा व्यक्तिगत सम्मान बढी महत्व रहेको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, यदि कुनै व्यक्तिलाई जात, धर्म आदिका आधारमा पछि धकेलेर व्यक्तिगत पक्षलाई सम्मान गरिन्न भने त्यहा मुलुक स्वतन्त्रता हुनुको के अर्थ रहन्छ ।


इतिहासकार एआर भेन्कटचलपथी पेरियारको भनाईलाई गान्धी, नेहरु लगायत कसैले पनि नसुनेको बताउछन् । मुलुक व्रिटिसबाट स्वतन्त्र हुनु पर्ने बाटोमा भइरहेको बेलामा तमिल नाडुमा भने ब्रिष्टिसभन्दा पहिले मुलुककै समाज र व्यक्तिहरुबाट स्वतन्त्र हुनु पर्ने माग गर्ने पेरियार त्यस बेलाका गान्धी र नेहरु सामु एन्टी नेस्नालिष्ट देखिए । जहा पिछडीका जनताका लागि भने उनी हिरो थिए । पेरियारमाथि ब्रिटिससग मिलेर भन्ने अरोप पनि नहालेको होइन । तर उनी आफ्नो अडानमा रहिरहे ।


भारतीय राष्टिय कांग्रेस पार्टीबाट छिरेर मद्रासको जस्टिस पार्टीको नेतृत्व गर्दै त्यसलाई सन् १९४४ मा सामाजिक संस्था द्रबिदर कज्हगममा रुपान्तरण गरेपछि चुनावी मैदानमा नउत्रने भन्दै पेरियार बसे । उनको नेतृत्वमा जस्टिस पार्टीले सन् १९३७ को निर्वाचनमा मद्रास पे्रसिडेन्सीमा हारेको थियो । त्यसपछि पेरियार भोटको राजनीति गर्नबाट पछि हटे ।


निर्वाचनमा राम्रो परिणाम ल्याएपछि मद्रास पे्रसिडेन्सीमा पहिलो भारतीय राष्टिय कंग्रेसको सरकार बनेको थियो, सी. राजागोपालाचार्यको नेतृत्वमा । लगतै स्कुलमा हिन्दी भाषा अनिवार्य रुपमा बढाउनु पर्ने निर्णय भयो । जसको विरोध पेरियार र उनको पार्टीले गर्यो ।

त्यसको विरोध ३ वर्षसम्म चल्यो । अन्सन, आम सभा, मार्च, विरोध सबै किसिमबाट हिन्दीलाई अनिवार्य गर्न पाइदैन भन्ने आवाज उठ्यो । केहिको ज्यान गयो भने पक्राउ पर्ने धेरै भए । फल स्वरुप सन् १९४० को फेब्रुअरीमा उक्त निर्णय फिर्ता लिइयो ।


त्यसका बाबजुत तमिल नाडुमा कंगे्रसले राज गरिनै रहेको थियो । पेरियार सेलाउदै गए ।राजागोपालाचारीपछि उदाएका अर्का कंग्रेसका नेता के. कामराज तमिल नाडुको तेस्रो मुख्य मन्त्री मात्र भएनन् । उनी भारतीय राष्टिय कंग्रेस पार्टीका अध्यक्ष समेत पटक पटक भएका थिए ।


भारतीय राजनीतिको सन् १९५० र ६० को दशकमा किंग मेकरका उपनाम भएका उनले नेहरुको अवशान पछि लालबहादुर शास्त्रीलाई प्रधानमन्त्री मात्र बनाएनन्, आफ्नै भागमा आएको उक्त पदलाई मलाई अग्रेंजी र हिन्दी दुवै आउदैन भन्दै प्रधानमन्त्रीको पद त्यागिदिए । इन्दिरा गान्धीलाई नेहरुपछि इन्दिरा जुन शक्ति शाली इन्दिरा बनाउन किंगमेकर कामराजकै महत्वपूर्ण भूमिका रह्यो । पछि इन्दिरा गान्धीसग विवाद भएर भारतीय राष्टिय कंग्रेस नै फुट्यो ।


पेरियारले आपूm भोटको राजनीति नगर्ने भन्दै बसिरहेका बेला उनका एक शिष्य सीएन.अन्नादुराई सामाजिक संस्था द्रबिदर कज्हगमबाट अलगिएर सन् १९४९ अलगै पार्टी खोले । डीएमके नामले दक्षिणी भारतमा प्रख्यात यो पार्टीको पूरा नाम द्रभिद मुन्नेत्र कज्हगम हो । यो पार्टी तमिल नाडु सहित पोन्डेचेरी, कर्नाटका र आन्द्र प्रदेशमा पैmलिएको छ ।


ब्रिटिसले मुलुक छाडे पनि भारतले उसको अग्रेंजी भाषालाई मुख्य कामकाजी भाषाको रुपमा निरन्तरता लिन बाध्य भयो । सन् १९५० मा जारी भएको  संविधानमा हिन्दीलाई आधिकारिक कामकाजी भाषाको रुपमा लेखे पनि त्यसपछिको १५ वर्षसम्म निरन्तरता दिने बाचा भयो ।



सन् १९६५ बाट भारतमा एउटै भाषा अर्थात् हिन्दी भाषा भन्ने भयो । डीएमके स्थानपना भए पनि कंग्रेस पार्टीको दबदबा सामु अघि बढ्न सकेको थिएन । आफ्नो राज्यमा आफ्नै भाषा हुनु पर्छ, हिन्दीलाई छिराउन पाउदैन भनेर आन्दोलन गरेको २८ वर्षपछि फेरि उहि आन्दोलन सुरु भयो । २८ वर्ष अगाडि पेरियारले गरेको विरोधको नेतृत्वलाई यस बेला उनका चेला अन्नादुराईले गरे । पहिलेको जस्तै मद्रासमा डीएमकेको नेतृत्वमा ठूलो विरोधहरु भए ।


प्रधानमन्त्री लालबहादुर शास्त्रीले हिन्दी र अग्रेंजी दुवैलाई आधिकारिक भाषाको रुपमा अघि बढाउने आश्वासन दिए । आन्दोलन रोकियो । त्यसपछि भएको १९६७ को राज्य सभा निर्वाचनमा पहिलो पटक डीएमके शक्तिको रुपमा उदायो । सो निर्वाचनमा पछि परेको कंग्रेसलाई ७० वर्षयता तमिल नाडुमा भेटिन्न । पछि इन्दिरा गान्धीले भारतको आधिकारिक भाषा हिन्दी र अग्रेंजी दुवै हुने गरि कानुन पास पनि गराइन् । सन् १९७२ डीएमकेबाट फुटेर कलाकार एमजी रामाचन्द्रनले नया पार्टी खोले । जसको नाम रह्यो, अल इन्डिया अन्ना द्रबिद मुन्नेत्र कज्हगम (एआईए डीएमके) ।



यी दुई पार्टीले ७० वर्ष यता तमिल नाडुमा आलोपालो गर्दै शासन गरिरहेका छन् । अन्नादुराईपछि डीएमकेलाई एम. करुनानिधिले सम्हाले । र, अहिले उनका छोरा एमके स्तालिन डीएमकेको कार्यवहाक अध्यक्षको रुपमा काम गरिरहेका छन् । पार्टीका अध्यक्ष करुनानिधि भने अस्वस्थ छन् । उता, एआईए डीएमकेमा भने रामाचन्द्रनपछि जे. जयललिथाले नेतृत्व गरेकी थिइन् । उनको सन् २०१६ को अन्त्यमा अवशान भएपछि नेतृत्व कताको खडेरी देखिएको छ ।



दिल्लीले गर्ने निर्णयहरुमा सिधै प्रश्न गर्ने सक्ने सबैभन्दा बलियो दक्षिण राज्यको रुपमा लिइन्छ, तमिल नाडुलाई । त्यसैले त लोक सभामा ३९ सिट रहेको भारतको एक शक्ति शाली राज्यमा आफ्नो पार्टी विस्तार गर्न भारतीय जनता पार्टी लागिपरेको छ । कंग्रेस फेरि तलिम नाडुमा पुरानै अवस्थामा फर्कन चाहन्छ । त्यसको लागि कहाबाट पस्ने भन्ने बाटो हेरिरहेको छ । हाल मोदी एआईए डीएमके र कंग्रेस डीएमकेसग सहकार्य गरिरहेका छन् ।





यहा“का नेताहरु पनि भ्रष्टाचारी रहेको विभिन्न घटनाले देखाइसकेको छ । तर जति खराब काम गरे पनि यहाको नेताहरुसग अहिलेसम्म सबैभन्दा बलियो अस्त्र भाषाकै राजनीति छ । बीजेपी, कंग्रेस हिन्दी भाषा बोल्ने पार्टी हुन्, उनीहरुले हाम्रो भाषा लोभ र हाम्रो अस्तित्व नै लोप गराउने राजनीतिक गरिरहेका छन् भन्ने बाक्य यहाका नेताले बोल्दा ठूलो अर्थ राख्छ ।


किनकी इतिहास हेरेर वर्तमानबाट भविष्यलाई आकलन गर्ने हो । इतिहासले हिन्दी भाषाको पिडादायी दृष्य यहाका जनतालाई देखाइदिएको छ । यहा यी नै पार्टीबाट टुक्रिएका भए पनि डीएमके र एआईए डिएमकेले नै भाषाको राजनीति गरिरहेका छन् ।


सन् २०१७ को अन्त्यमा तलिमका दुई सुपर स्टार कमल हसन र रजनिकान्तले आपूmहरु राजनीतिमा होमिने घोषणा गरिसकेका छन् । हसनले आफ्नो पार्टीको नाम सेन्टर फर पीपुल्स जस्टिस दिएर अघि बढिसकेका छन् । रजनिकान्तले के गर्छन् हेर्न बाकि नै छ । यी दुई सुपर स्टारले राज्यको भाषाको राजनीतिलाई कसरी चुनौति लिएर एकअर्कालाई पछि पार्दै अघि बढ्न समयले देखाउने छ ।