Pages

नेपाल सामु विमस्टेक कि सार्क?

जगदीश्वर पाण्डे 

नेपाल चौथो विमस्टेक शिखर सम्मेलनको आयोजना गर्ने संघारमा छ । उता, नेपालको एक महŒवपूर्ण साथी राष्ट्रको रुपमा रहदै आएको पाकिस्तानमा नया“ प्रधानमन्त्रीको रुपमा उदय भएको छ, इमरान खानको रुपमा ।

युद्ध, आतंकवाद र गरिबी जस्ता शब्दको विशेषणबाट चिनिने पाकिस्तानको रुप, रेखालाई फेर्छु भनेर खान पाकिस्तानको सबैभन्दा महवपूर्ण पदमा जिम्मेवारी सम्हाल्न आएका छन् । खानले भनिरहेका छन्, पाकिस्तान अब चाहन्छ त केवल शान्तिमात्र ।

अध्यक्ष राष्ट्रको रुपमा रहेको नेपालले चौथो विमस्टेक शिखर सम्मेलन काठमाडौंमा आयोजना गरिरहदा पक्कै पनि इस्लामाबादका प्रतिनिधि र उसका राष्ट्र प्रमुख उपस्थित हुने छैनन् । नेपाल सार्क मुलुकको पनि अध्यक्ष राष्ट्र हो । नेपालले १८ औं सार्कको आयोजना त ग¥यो तर पाकिस्तानलाई अध्यक्ष राष्ट्रको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गर्न पाएको÷सकेको छैन ।

दक्षिण एसियाका दुई ठूला मुलुक जो अग्रेजले शासन गर्दा एक थिए र पछि टुक्रिए, भारत र पाकिस्तानको रुपमा जन्मिए । यी दुई ठूला मुलुकका घरयासी झमेला र द्धन्द्धका कारण सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामाबादमा हुन सकेको छैन । मिति तोकिए पनि स्थगित भएको छ ।

अध्यक्ष राष्ट्रको रुपमा रहेको नेपालले चौथो विमस्टेक शिखर सम्मेलन काठमाडौंमा आयोजना गरिरहदा पक्कै पनि इस्लामाबादका प्रतिनिधि र उसका राष्ट्र प्रमुख उपस्थित हुने छैनन् । नेपाल सार्क मुलुकको पनि अध्यक्ष राष्ट्र हो । नेपालले १८ औं सार्कको आयोजना त ग¥यो तर पाकिस्तानलाई अध्यक्ष राष्ट्रको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गर्न पाएको÷सकेको छैन । 

अब सार्कको १९ औं शिखर सम्मेलन कहा र कहिले हुन्छ भन्ने कोहिले पनि भन्न वा अनुमान गर्न गाह्रो देखिन्छ । तर पाकिस्तानको नया“ खान सरकार र भारतको मोदी सरकार बीचको अब अघि बढ्ने सम्बन्धले सार्कको भविष्यलाई निर्धारण गर्न पक्का छ ।

सार्ककै विकल्पका रुपमा भारतले सन् १९९७ मा अघि सारेको विमस्टेक जसमा सार्कका मुलुकका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स छैनन् ।

यी मुलुकलाई बेवास्ता गर्दै भारतले अघि सारेको यो बंगालको खाडी राष्ट्रहरुको संगठनमा नेपालसहित भारत, भुटान, म्यानमार, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन् ।

सन् १९८६ मा स्थानपना भए पनि सार्क मुलुक बीच हालसम्म संयुक्त सैनिक अभ्यास हुन सकेको छैन । तर एक दशक कान्छो संगठन बीचमा संयुक्त सैन्य अभ्यास हुने भइसकेको छ । यसै वर्ष भारतको पुनेमा हुने उक्त अभ्यासले विमस्टेकलाई रणनीतिका साथै सुरक्षाको रुपमा पनि अघि बढ्न प्रेरित गर्ने देखिन्छ । 

दक्षिण एसियाली मुलुक मिलेर एक साथ अघि बढ्ने प्रतिबद्धता जनाएको सार्कलाई एक कुनामा छाडेर नया“ संगठनमा बढ्नु नेपाल जस्तो मुलुकका लागि आफैमा चुनौति पूर्ण हुन सक्छ ।

नेपालले सार्कलाई ब्युताउन कोशिस गर्ने कि विमिस्टेकमा रमाउदै अघि बढ्ने भन्ने प्रश्नको उत्तर खोजी अघि बढ्नु उचित हुने देखिन्छ । विना योजना जसले जे भन्यो, त्यसैको पछिपछि लाग्दा भविष्यमा हुन सक्ने खतराबाट नेपालले अघिले नै सोच्नु पर्ने हुन्छ ।