Pages

नेपाली क्रिकेटका ‘शक्ति’


जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पु¥याए 

जगदीश्वर पाण्डे 

मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ, भन्ने कसैलाई सिक्नु छ भने त्यो क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ । 

शक्ति आफैमा ‘गर्ड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टिमका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनका क्रिकेटर साथीहरू यसै भन्छन् ।




यिनै शक्तिले नेपाली क्रिकेटको करिब दुई दशक लामो यात्रामा खेलाडीको रुपमा बिट मर्दा पनि अन्य खेलाडीमा उनले खेलप्रति देखाएको आस्था, गरेको मिहिनेत र टिमलाई अघि बढाउन गरेको लगातारको संघर्षलाई सम्झिरहने छन् ।

संयोग भनौ या बिडम्बना । नेपालले २२ वर्षे आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक एक दिवसीय पाएर पहिलो खेल खेलिरहदा शक्तिको भने अन्तिम खेल थियो । नेपालको एकदिवसीय डेब्यु खेल शक्तिको लागि भने करिअरकै डेब्यु र अन्तिम एक दिवसीय खेल थियो । 



नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले भनेका छन्,‘हामी शक्ति दाईलाई सधै सम्झिरने छौं ।’

नेपाली क्रिकेट प्रेमीहरूले पनि कप्तान पारसले जस्तै शक्तिलाई सधै नेपाली क्रिकेटको ‘शक्ति’ को रुपमा सम्झिरहनेमा कुनै दुई मत नहोला ।

शक्तिले भर्खरै सन्यास लिए, अन्तर्राष्ट्रिय क्रिकेटबाट । नेदरल्यान्ड्सविरूद्ध लेखेको पहिलो एकदिवसीय खेल शक्तिको नेपाली राष्ट्रिय टिममा अन्तिम खेल थियो ।

संयोग भनौ या बिडम्बना । नेपालले २२ वर्षे आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक एक दिवसीय पाएर पहिलो खेल खेलिरहदा शक्तिको भने अन्तिम खेल थियो । नेपालको एकदिवसीय डेब्यु खेल शक्तिको लागि भने करिअरकै डेब्यु र अन्तिम एक दिवसीय खेल थियो ।

त्यो कुनै पनि खेलाडीका लागि यस्तो स्थिती थियो, जसमा न उ रुन सक्थ्यो, न हास्न नै । शक्ति भने आफ्नै शैलीमा खेल अघि र पछि पनि मुस्कुराई रहे ।

उमेरले तीन दशक पार गरिसकेका शक्तिले मुख खोले,‘मैले सन्यास लिने बेला भएको छ । नया“ राम्रा भाईहरू आएका छन् । उनीहरूले मेरो स्थानमा खेल्दै राम्रो गर्छन् भन्नेमा म पूर्ण विश्वत छु ।’


आफू जत्रै क्रिकेट ब्याट उचाल्ने जोखिम उचाल्दै सानै कलिलै उमेरमा ब्याट्सम्यानको रुपमा नाम कमाउदै नेपाली क्रिकेटमा छिरेका शक्ति खेल करिअरको उतरार्धमा नेपालकै एक उत्कृष्ट बलरको रुपमा आफ्नो पनि नाम लेखाउदै बिदा भए । 



नेपालले खेलेको पहिलो एकदिवसीय खेल खेल्दै संन्यास लिनु परेर शक्तिलाई के भयो त ? उनले नै लामो समयदेखि नेपाली टिममा गरेको प्रदर्शनको कारणले हाल नेपाली टिम यो स्तरसम्म पुग्न सफल भएको हो ।

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५ बाट एकदिवसीय मान्यता प्राप्त टिमसम्म बनाउन उनले खेलेको भूमिकालाई कसैले नकार्न सक्दैन ।

फेरि शक्तिले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपमा विकेट लिएर दौडदै गरेको सेलिब्रेसनलाई ‘शक्ति द पावर’ भन्दै क्रिकेट कमेन्टेटर गरेको कमेन्ट्रीलाई कसले पो भुल्न सक्छ ।

आफू जत्रै क्रिकेट ब्याट उचाल्ने जोखिम उचाल्दै सानै कलिलै उमेरमा ब्याट्सम्यानको रुपमा नाम कमाउदै नेपाली क्रिकेटमा छिरेका शक्ति खेल करिअरको उतरार्धमा नेपालकै एक उत्कृष्ट बलरको रुपमा आफ्नो पनि नाम लेखाउदै बिदा भए ।

अन्त्यमा, एक वाक्यमा नेपाली क्रिकेटमा शक्तिले गरेको योगदानलाई भन्नु पर्दा ‘शक्तिले नेपालका गल्लीमा मात्र समिति नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मन्चमा पुर्याउने काम गरे’ भन्न सकिन्छ ।