Pages

तेलको राजनीति


साउदी अरबका राजा अब्दुल्ला बिन अब्दुलाजिजको गत जनवरी २३ मा ९० वर्षको उमेरमा निधन भयो । स्वाभाविक थियो, ‘हाई प्रोफाइल’ व्यक्तिको मृत्युले संसारभर चर्चा पायो । अमेरिकी राष्ट्रपति बाराक ओबामासमेत भारत भ्रमण सकेर रियाद हानिए, श्रद्धाञ्जलि प्रदान गर्न । तर बजारमा समाचारको भन्दा बढी ‘भाउ’ विश्लेषणको छ, जुन तेलको भाउस“ग जोडिएको छ । विश्वमा कच्चा तेलको मूल्य घटिरहेका बेला अब नया“ राजाले कस्तो रणनीति अख्तियार गर्लान् ?

अब्दुल्लाका ‘हाफ ब्रदर’ (आमा एउटै, बाबु फरक) सलमान बिन अब्लुद–अजिज अल साउद नया“ राजा बनेका छन् । तेलको भाउ ओरालो लागेको यो बेला सलमानले साउदीको निकट मित्र अमेरिकास“गको सम्बन्ध कसरी अघि बढाउलान् ? छिमेकी र बा“की विश्वस“ग कस्तो सम्बन्ध राख्लान् ? धेरैका आ“खा यतातिर सोझिएका छन् । तर नया“ राजाले भने तत्काल कुनै फरक नहुने संकेत गरेका छन् । गद्दीसीन भएकै दिन उनले राष्ट्रिय टेलिभिजनमा भने, ‘भगवान्को सहयोगमा हामी त्यही बाटोमा सीधा हि“ड्नेछौं । जुन बाटो अब्दुल्लाहले देखाएका थिए ।’

.............

सन् २०१४, सेप्टेम्बर ११ मा अमेरिकी विदेशमन्त्री जोन केरीले साउदी पुगेर राजा अब्दुल्लालाई भेटे । मिडियालाई भनियो– दुई नेताबीच सिरिया, इराक, इरान र बढ्दो इस्लामिक आतंकवादबारे छलफल भयो । तर ‘कुरा’ त्यति मात्र थिएन ।
दुई महिनापछि नोभेम्बर २७ मा अस्ट्रियाको भियनामा भएको ओपेक (तेलको निर्यात गर्ने राष्ट्रहरूको संगठन) बैठकमा साउदीले आफ्नो फरक धारणा प्रस्तुत ग¥यो । इन्धनकै निर्यात गरेर अर्थतन्त्र धानिरहेका अरू ११ ओपेक सदस्यहरू अल्जेरिया, अंगोला, इक्वेडर, इरान, इराक, कुवेत लिबिया, नाइजेरिया, कतार, यूएई र भेनेजुयलाले दैनिक सीमित कच्चा तेल उत्पादन गर्दै मूल्य बढाउने प्रस्ताव अघि सारेका थिए । तर साउदीले उत्पादन कम नगर्ने जनायो । भन्यो– तेलको मूल्य अझ बढाए, मान्छेले वैकल्पिक ऊर्जा प्रयोग गर्छन् र भविष्यमा तेल सस्तो भए पनि बिक्न गाह्रो पर्छ ।
ओपेकको ‘कार्टेल’ लाई साउदीले मानेन । तेलको उत्पादन अझ बढाउन थाल्यो । ओपेकका १२ सदस्य (६ मध्य–एसियाली, ४ अफ्रिकी र २ दक्षिण अमेरिकी मुलुक) मिलेर दैनिक बढीमा ३ करोड मिलियन ब्यारेल तेल उत्पादन गर्ने र त्यहीअनुसार मूल्य निर्धारण गर्ने प्रस्ताव ती ११ राष्ट्रको थियो । तर साउदी एक्लैले प्रतिदिन ३ करोड मिलियन ब्यारेल उत्पादन गरिरहेकोमा बढाएर ११ करोड ब्यारेल पु¥यायो ।
यही रफ्तारमा तेलको भाउ पनि घट्यो । २०१४, जुलाईयता १०५.२२ डलर प्रतिब्यारेलबाट जनवरीको १३ तारिखमा ४१.५० डलरमा आइपुग्यो । तेलको मूल्य सबैभन्दा बढी सन् २००८ मा १४५.८५ डलर प्रतिब्यारेल भएको थियो ।
ओपेकमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी हो । भेनेजुयलापछि साउदी तेललाई बचत गरेर राख्न सक्ने दोस्रो ठूलो देश पनि हो । उसले २ सय ६७ अर्ब डलरको तेल संरक्षण गर्न सक्छ । साउदी, इरान, इराक र भेनेजुयलाले विश्वको ४० प्रतिशत तेल उत्पादन गर्छन् । तेल उत्पादनमा रुस १४.०५ प्रतिशतसहित विश्वमा पहिलो नम्बरमा छ । साउदी १३.९ प्रतिशतसहित दोस्रोमा । साउदीले यसरी बढी तेल उत्पादन गर्दै जा“दा उसको अर्थतन्त्रमा त असर परेकै छ, साथै विश्व तेलको अर्थतन्त्र नै धराप ह“ुदै जाने विश्लेषण दी इकोनोमिस्ट, टाइम्सजस्ता पत्रिकाले गरेका छन् । साउदीको अर्थतन्त्र फेरि एकपटक सन् १९८० को दशकमा जस्तै हुने अनुमान गर्न थालिएको छ । किनकि तेलकै माध्यमबाट चलेको देश साउदीलाई आफ्नो अर्थतन्त्र टिकाइराख्न तेलको मूल्य कम्तीमा पनि ८० डलर ब्यारेल हुनैपर्छ ।
अमेरिकास“ग मिलेर चालेको साउदीको यो कदम आत्मघाती हुन सक्ने अनुमान गरिएको छ । अमेरिकाले साउदीको उत्पादन बढाएर विश्वका अन्य ठूला शक्तिहरूको अर्थतन्त्र ध्वस्त पार्न खोजेको आरोप छ । अमेरिका आफैंले पनि घरमै तेल उत्पादन बढी गरेर कम मात्रै आयात गर्न थालेको छ । साथमा छिमेकी क्यानडालाई पनि तेल उत्पादन बढाउन सल्लाह दिएको छ ।
तेलको यो नया“ राजनीति चलेका बेला भएको अब्दुल्लाको निधनले अमेरिकालाई सबैभन्दा बढी तनाव पर्नु स्वाभाविक थियो । किनकि, रुस भेनेजुयला, इरान, इराकजस्ता देशको अर्थतन्त्र डुबाउने अमेरिकी योजनामा अब्दुल्लाले सहयोग गरिरहेका थिए ।
अब अमेरिका र नया“ राजा सलमानको सम्बन्धलाई नजिकबाट हेर्न थालिएको छ । बाहिरी संसारले सोचेजस्तो यी दुई देशबीचको सम्बन्धमा समस्या आउ“छ भन्नेचाहि“ विगतका घटना हेर्दा देखिन्न । किनकि अमेरिका–सलमान सम्बन्ध बलियो बन्दै आइरहेको छ । आखिर, अब्दुल्लाले देश चलाउ“दा पनि सलमानले नै आधाभन्दा बढी काममा सहयोग गर्थे । ७९ वर्षीय सलमानले गद्दी सम्हालेलगत्तै अली अल–नैमीलाई नया“ तेलमन्त्रीको जिम्मेवारी सुम्पिए । जुन पदमा सलमान आफैं सन् १९९५ देखि थिए ।
पछिल्लो ५ वर्षमा साउदीका माथिल्लो तहका ५ राजकुमारले अमेरिकाको भ्रमण गरेका थिए, त्यसमा सलमान पनि एक हुन् । वासिङ्टनमा उनीहरूले दुई देशबीचमा रणनीतिक सम्बन्धबारे छलफल गरेका थिए । दुई देशबीच सुरक्षा र ऊर्जालाई लिएर सम्झौता पनि भएको छ ।
राजधानी रियादमा गभर्नर र राज्यकै गृहमन्त्रीको समेत भूमिका निभाइसकेका सलमानको राष्ट्रिय सुरक्षाको टिममा माथिल्लो स्तरका अरू राजकुमारहरू छन्, जसको अमेरिकीस“ग घनिष्ट सम्बन्ध छ । सलमानको कानुनी सल्लाहकार जुनियर बिलियम जेफ्रिस अमेरिकास्थित अन्तर्राष्ट्रिय ल फर्म बाकर वोट्स एलएलपीका हुन् । बिरामी पर्दा पनि सलमान उपचार गराउन अमेरिकै रोज्छन् । उनले सन् २०१० को अगस्टमा स्पाइनल सर्जरी अमेरिकामै गरेका थिए । पूर्ण रूपमा ठीक नभएसम्म उनी त्यहीं बसेका थिए ।
सलमानकी आमाले आप्mना देवरस“ग बिहे गरेकी थिइन् । यो विवाहबाट जन्मिएकी छोरीस“ग पहिलो विवाह गरेका सलमानका ३ पत्नी छन् । धर्म र आधुनिक विज्ञानका विद्यार्थी सलमानले सन् २०११ मा उपप्रधानमन्त्री र गृहमन्त्री भएलगत्तै राष्ट्रिय सुरक्षा परिषद्को सदस्यको जिम्मेवारी पाएका थिए ।
.......

अर्थशास्त्रको सिद्धान्त भन्छ, आपूर्ति बढी भए मूल्य घट्छ । कम हु“दै गए बढ्दै जान्छ । विश्वमा अहिले कच्चा तेलको मूल्य घटिरहेको छ । तर विश्वमा घट्दै गएको मूल्यको पछाडिका कारणहरू अर्थशास्त्रको परिधिमा मात्र सीमित छैनन् । यसको मुख्य कारण हो, विश्वमा चलिरहेको आर्थिक भू–राजनीति जसको योजनाकार हो अमेरिका । र, अमेरिकाको राजनीतिलाई सफल बनाउन सहयोग गरिरहेको छ, सलमानको साउदीले ।
सन् २०१४ को फेब्रुअरीमा रुसले युक्रेनको भूभाग क्रिमियामाथि आक्रमण ग¥यो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले क्रिमियालाई आफ्नो देशमा गाभ्ने अभियान थाले । त्यसविरुद्ध उत्रियो, नेटो । १९४९ अप्रिल ४ मा जन्म“दा पनि नेटोको लक्ष्य तत्कालीन सोभियत युनियनलाई ढाल्ने थियो । उसले त्यो लक्ष्य डिसेम्बर २५, १९९१ मा पूरा भयो । अमेरिकाले त्यस बेला पनि रुसलाई कमजोर बनाउन तेल उत्पादनलाई नै मुख्य हतियार बनाएको थियो । साउदीस“ग मिलेर बढी तेल उत्पादन गर्दै सोभियन युनियनको अर्थतन्त्रलाई धराप बनाएको थियो । अमेरिकास“ग मिलेको असर पछि साउदी आपंैmलाई पनि पर्न गयो ।
क्रिमियामाथि रुसको विस्तार अभियानस“गै युरोपका अन्य राष्ट्रले उसबाट जाने गरेको तेल र ग्यास निर्यात नगर्ने धम्की दिए । अमेरिका पनि मिलेको त्यो अभियानले रुसको अर्थतन्त्रलाई धरापमा पार्नु थियो । तर बाठा पुटिनले २०१४ कै मेमा चीनको भ्रमण गरे र राष्ट्रपति सी जिनपिङस“ग ग्यास लाइनको सम्झौता गरे । यो सम्झौताले अमेरिका र युरोपेली राष्ट्रहरू पछि हट्न बाध्य भए । ब्राजिलमा जुन–जुलाईमा भएको विश्वकप फुटबलकै अन्त्यमा रियो दी जेनेरियोमा ब्रिक्स बैठक पनि बस्यो र ब्रिक्स बैंक सञ्चालन गर्ने निर्णय भयो ।
यो निर्णयले सबैभन्दा दबाबमा प¥यो, अमेरिका । विश्व अर्थतन्त्रमा एकतिर चीनको फड्को, अर्कोतर्पm जनसंख्या, स्रोत, भूभागका हिसाबले पनि बलिया राष्ट्रहरू चीन, ब्राजिल, भारत, रसिया र दक्षिण अफ्रिकाका बीचको संस्था ब्रिक्स अमेरिकी नेतृत्वको नेटोका लागि तनावको विषय बनिरहेको छ । विकासोन्मुख देशहरूको संगठन जी–एटभन्दा पनि बलियो देखिएको छ ।
पुटिनले चीनपछि डिसेम्बरमा भारतको भ्रमण गरे र आणविक हतियार खरिद–बिक्रीमा हस्ताक्षर गरे । पहिले आपैंmले भिसा नदिएको व्यक्ति नरेन्द्र मोदीको भारतमा उदय, ब्रिक्सले पछिल्लो समय लिन थालेको गति, पुटिनको चीन र भारत भ्रमण र त्यहा“ भएका सम्झौता एकातर्पm थियो भने अर्कोतर्पm, इरानले उत्पादन गरेको भनिएको आणविक हतियार र त्यसबाट हुन सक्ने खतरा, सिरियालाई लिएर रुसले पछिल्लो समय देखाएको चासो र भेनेजुयलामा ह्युगो चावेजको अवसानस“गैको नया“ समीकरणलाई अमेरिकाले नियालिरहेको थियो ।
अमेरिकालाई यही बेलामा आफ्नो बदला लिने राम्रो मौका बन्यो, तेलको राजनीति । किनकि उसका ‘दुश्मनहरू’को अर्थतन्त्र तेलबाटै चलेको छ । तेलबाटै धानिएका देशहरू रुस, भेनेजुयला, इक्वेडर, इरान, इराक आदिको अर्थतन्त्रमा पूर्ण रूपमा गिरावट आएको छ । रुसमा पुटिन र भेनेजुयलाका नया“ नेतृत्वकर्ता निकोलस मडुरोको कुर्ची डगमगाउन थालिसकेको छ । जे अमेरिका चाहन्थ्यो, त्यही भइरहेको छ ।
अहिले ओपेकविरुद्ध अमेरिका लडाइ“ चलिरहेको छ । अमेरिकालाई साउदीले साथ दिएको छ । तेल उत्पादन गर्ने देश र त्यसको बिक्री वितरण गर्ने कम्पनीहरू टाट पल्टिन थालेका छन् ।
आखिर अमेरिका के चाहन्छ ? यसबारे जान्न इतिहाससम्म पुग्नुपर्ने हुन्छ । सन् १९६१ को जनवरीमा ओपेक संस्था स्थापना हुनुअघि ‘सेभेन सिस्टर्स’ नामक ७ मल्टिनेसनल कम्पनीले विश्वको तेल अर्थतन्त्र चलाउ“थे । ७ मध्ये ५ अमेरिकी कम्पनी थिए । तर जब ओपेकको स्थापना भयो, जहा“–जहा“ तेलको उत्पादन हुन्थ्यो, त्यही राष्ट्रको कम्पनीलाई जिम्मेवारी दिएर पहिलेको सेभेन सिस्टर्स कम्पनीलाई देश निकाला गरियो ।
यसरी अमेरिकी प्रभुत्वको पुरानो सेभेन सिस्टर्सलाई मेटाएर साउदी, चीन, रसिया, इरान, ब्राजिल, भेनेजुयला र मलेसियाका कम्पनीहरू तेलमा नया“ सेभेन सिस्टर्सका रूपमा आए । यही तुस पोख्न अमेरिकाले कच्चा तेलमा राजनीति गरेको आरोप छ । अमेरिकाको यो शृंखला कहिलेसम्म जान्छ ? तेलको अभैm कति मूल्य घट्छ ? विश्व अर्थतन्त्रमा यसले थप कति असर गर्छ ? यो सब समयले देखाउने नै छ ।
भारत र नेपालजस्ता देशलाई तेलको मूल्य घट्दा फाइदा भए पनि साउदीका लागि भने यो कदम आत्मघाती छ । आखिर साउदीले चाहि“ किन अमेरिकालाई सहयोग गरिरहेको छ त ? यसमा अमेरिकाले पहिलेदेखि नै सफल कूटनीति खेल्दै आइरहेको छ । विश्लेषकहरुका अनुसार अमेरिकाले साउदी र उसका छिमेकीबीचमा सभैm झगडा गराइरहेको छ । र शत्रुताको भावनाले उनीहरूलाई हेर्न बाध्य बनाएको छ । पहिलो गल्फ युद्ध (१९९०) र दोस्रो (२००३) लाई पनि सफल अमेरिकी कूटनीतिको रूपमा हेरिन्छ । यी दुवै अवसरमा अमेरिका र साउदीले ऊर्जा र सुरक्षामा सहयोग आदान–प्रदान गरेका थिए । बुझ्नुपर्ने कुरा यो छ कि, अमेरिकाले मध्यएसियाका अधिकांश देशका प्रमुखहरू जस्तै– इराकमा सद्दाम हुसेन, सिरियाका मोहमद गद्दाफीलाई अलोकतान्त्रिक र निरंकुश शासकका रुपमा चित्रण गरे पनि हालसम्म साउदीका राजाको एकतन्त्रीय शासनलाई प्रजातान्त्रिक र कुशल शासनको संज्ञा दि“दै आएको छ ।
(एजेन्सीहरुको सहयोगमा)
वबनमष्कजपगल२नmबष्।िअयm