Pages

मिसन एसियाड


बिहान ७ बज्दा नबज्दै यानकुमारी चौलागाइर्ं, नीमा तामाङ, आयशा शाक्य, मनीता शाही, दानबहादुर ऐरीसहित १२ तेक्वान्दो खेलाडी राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको तेक्वान्दो डोजाङमा पुग्छन्। फिजिकल फिटनेस, स्पाइकिङ र अभ्यासका अन्य चरणका लागि खेलाडीले बिहान तीन घन्टा र साँझ त्यही स्थानमा ४ बजेदेखि दुई घन्टा पसिना बगाउँछन्। कारण, उनीहरूलाई यसपटकको एसियाली खेलकुद -एसियाड)मा पदक जित्नुपर्ने दबाब छ।

त्यसो त ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा सबैभन्दा बढी दबाब खेलको यही विधाले झेल्ने गरेको छ। ३ देखि १८ असोजसम्म दक्षिण कोरयिाको इन्चोनमा हुने १७औँ एसियाडमा अहिलेसम्मकै सबैभन्दा बढी १३ पदक जितेको तेक्वान्दोप्रति आशा र भरोसा रहनु स्वाभाविक पनि छ। "अवसरको सदुपयोग गर्ने हो, मिहिनेत गर्ने हो," चारपटक दक्षिण एसियाली खेलकुद -साग)मा स्वर्ण र दुईपटक एसियाडमा काँस्य जितेका दीपक विष्ट भन्छन्। विष्ट अहिले प्रशिक्षकको भूमिकामा छन्। दीपकसँगै तेक्वान्दोकै पूर्वखेलाडी संगीना वैद्यले पनि खेलाडी प्रशिक्षण गररिहेकी छन्। यी दुई घरेलु प्रशिक्षकसँगै दक्षिण कोरयिाली प्रशिक्षक कोन योङ दलले पनि टिमलाई हेररिहेका छन्।

नेपालले १६ एसियाडमध्ये १४ मा सहभागिता जनाएको छ। सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाडमा नेपालले सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र सन् १९६२ मा जाकार्तामा भएको एसियाडमा नेपालले सहभागिता जनाएन। नेपालले खेलेका अन्य एसियाडमा २२ पदक जितेको छ। त्यसमा तेक्वान्दोले १३ पदक हात पारेको छ, १ रजत र १२ काँस्य गरी।


सन् १९९८ मा बैंककमा भएको १३औँ एसियाडमा सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। एसियाडमा नेपालको सबैभन्दा ठूलो उपलब्धि त्यही हो। सविता आफ्नो कीर्तिमान अन्य खेलाडीले ब्रेक गरेको हेर्न चाहन्छिन्। तर, अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन।

यसपटक तेक्वान्दोले अहिलेसम्मकै राम्रो गर्न सक्नेछ। किनभने, सदस्य-सचिव भएर राष्ट्रिय खेलकुद परष्िाद् -राखेप) छिरेपछि युवराज लामाले खेलाडीलाई बाह्रै महिना प्रशिक्षण अभियान सुरु गरे। अभियान १ साउन ०६९ बाट सुरु भएको थियो। अनुभव भएका व्यक्ति हरहिर श्रेष्ठलाई प्रमुख बनाउँदै राष्ट्रिय टिम तयारी कमिटी नै खडा गरयिो। विगत तीन वर्षदेखि कमिटीले काम गर्दै आएको छ। "पछिल्लो समय नेपाली खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलताको कारण त्यही हो," श्रेष्ठ दाबी गर्छन्, "यसपटकको एसियाडमा पहिलेको भन्दा धेरै काम गर्ने आशा गरेका छौँ।"

तेक्वान्दो मात्र होइन, एसियाडका लागि राष्ट्रिय टिम तयारी समितिमार्फत अन्य १२ खेलका खेलाडीलाई पनि १ साउनबाट र २० साउनबाट बाँकी सात खेलको बन्द प्रशिक्षण सुरु भइसकेको छ। इन्चोनमा १९ खेलमा १ सय ४१ खेलाडी, २८ प्रशिक्षक र १९ व्यवस्थापक गरी १ सय १६ जनाको टोली रहने समितिको योजना छ। इतिहासकै लामो दुई वर्षअघिदेखिको प्रशिक्षणका कारण यसपटकको एसियाडमा नेपालले इतिहास रच्ने बताउँछन्, श्रेष्ठ। भन्छन्, "कराँते, उसु, ट्रयथलन, बक्सिङ, सुटिङ र आर्चरीबाट पनि हामीले यसपटक पदकको आशा गरेका छौँ।" १६औँ एसियाडमा नेपाललाई एक मात्र काँस्य पदक दीपक महर्जनले बक्सिङबाट दिलाए। उनी अहिले टिममा छैनन्। तर, पदकको आशा भने हराएको छैन। दुःखको कुरा के मात्र हो भने अरू प्रयोगितामा झैँ यसपटक पनि खेलकुदसम्बद्ध संस्थाभित्रै विवाद देखिएको छ।

जब-जब नेपाल ठूला प्रतियोगिता खेल्ने सँघारमा हुन्छ, घरेलु खेलकुदमा पदाधिकारीबीचको विवाद 'भुसमा सल्किएको आगोसरी' अघि बढिहाल्छ। सन् २००८ को बेइजिङ ओलम्पिक, सन् २०१० को दक्षिण एसियाली खेलकुद र गोन्जाउ एसियाली खेलकुद -एसियाड), सन् २०१२ को लन्डन ओलम्पिकजस्ता ठूला प्रतियोगितामा सहभागिता जनाउने सँघारमा रहँदा नेपाली खेलकुदमा सधैँ समस्या उत्पन्न हुँदै आएको छ। तर, पदाधिकारीहरू भने अझैसम्म सुधि्रएका छैनन्।

यसपटक पनि सदस्य-सचिव लामा र खेलमन्त्री पुरुषोत्तम पौडेलबीच भएको विवादको प्रभाव एसियाड तयारीमा पनि देखियो, दुई तयारी समितिका नाउँमा। पौडेल आफू मन्त्री भएपछि आफ्नो पार्टी एमालेका नेता तथा नेपाल बास्केटबल संघका अध्यक्ष टेन्डी शेर्पालाई राखेपका उपाध्यक्ष बनाएका थिए। मन्त्री पौडेलले शेर्पाको संयोजकत्वमा १५ सदस्यीय एसियाड तयारी समिति बनाए। त्यो समितिले २४ खेलको प्रस्ताव अघि ल्याएको छ। जसमा १ सय ८४ खेलाडी सामेल हुनेछन् र त्यसले एसियाडका लागि अनुमानित खर्च ८ करोड ८४ लाख रुपियाँ प्रस्तुत गरेको छ। उक्त समितिले बन्द प्रशिक्षणका लागि २ करोड ४२ लाख २८ हजार, सहभागिताका लागि ६ करोड २६ लाख ३७ हजार र सचिवालयका लागि १५ लाख ७० हजार रुपियाँ माग गरेको छ।

सरकारले इन्चोन एसियाडलाई पाँच करोड रुपियाँको बजेट छुट्याएको छ। त्यसमा सदस्य-सचिव लामाको तयारी समितिले ५ करोड ८० लाख खर्च गर्ने योजना बनाएको छ। "पदकका सम्भावना भएका खेललाई हामीले प्राथमिकता दिएका छौँ। पदक नै नआउने खेललाई हामीले जोड दिएका छैनौँ। खेलाडी देशका लागि खेल्न जाने हो, घुम्न होइन," सदस्य-सचिव लामा भन्छन्। उता, मन्त्री पौडेलको साथ पाएका शेर्पाले भने लामाले पदकको सम्भावना भएको खेल भनेकामा आपत्ति जनाएका छन्। शेर्पाको कथन छ, "चार वर्षअघिको एसियाडमा नेपालले बक्सिङमा मात्र एक पदक ल्याएको हो, अन्य खेलको हालत त त्यही बेलामा देखिइहाल्यो नि !"

सदस्य-सचिव लामाले पदकको सम्भावना भएका १२ खेलको प्रशिक्षण सुरु गराइसकेका छन्। र, त्यसमा एसियाडका २१ मध्ये १३ पदक -एक रजत र १२ काँस्य) जितेको तेक्वान्दो, पाँच काँस्य जितेको बक्सिङ, चार काँस्य जितेको कराँते, उसु, टेबल टेनिस, भारोत्तोलन, ट्रायथलन, जुडो, एथलेटिक्स, क्रिकेट, कुस्ती र ब्याडमिन्टन छन्। "हामीले तयारी समितिमार्फत सम्बन्धित संघमार्फत नै खेलाडीको तयारी गराइरहेका छौँ," सदस्य-सचिव लामाले भने। जे भए पनि एसियाडको तयारीसँगै मौलाएको राखेपभित्रको विवाद त्यत्तिकै साम्य हुने लक्षण छैन। यसले कतै न कतै खेलाडी र प्रशिक्षकलाई समेत प्रभावित पाररिहेको छ । 


पति प्रशिक्षक, पत्नी खेलाडी

तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट प्रशिक्षकका रूपमा इन्चोन एसियाडमा उड्दा उनको साथमा आफ्नै शिष्य अर्थात् पत्नी आयशा शाक्य हुनेछिन्। तीन वर्षअघि लगनगाँठो कसेको यो जोडीका एक सन्तान छन्। अहिले दीपक आयशालाई प्रशिक्षण दिँदै छन् भने आयशा सिक्दै। दीपकले दक्षिण एसियाली खेलकुद -साग)मा स्वर्ण जितेर आफूलाई नेपालको कीर्तिमानी खेलाडीका रूपमा खडा गरसिकेका छन्। उनले एसियाडमा दुई काँस्य पनि जितेका छन्। पत्नी आयशाले पनि एसियन खेलमा एक काँस्य जितेकी छन्। यदि इन्चोन एसियामा आयशाले काँस्य जिते उनको पदक पनि दीपकको बराबर हुनेछ। http://www.ekantipur.com/nepal/article/?id=7328