Pages

क्रिकेटमा नयाँ शक्ति

जगदीश्वर पाण्डे
‘प्रतिक्षाको फल मिठो हुन्छ’ भनिन्छनेपाली क्रिकेटमा उमेर समूहले सफलता हात पार्न ५ वर्ष कुर्नु प¥यो । त्यसैले पनि होला, मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा घरेलु टिमलाई नै ३२ रनले हराएर बुधबार जितेको एसीसी यू–१६ प्रिमियर लिगको उपाधि मिठो बन्न पुग्यो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालले खेलेको पा“चै खेलमा जित निकाल्यो । ‘हाम्रो लक्ष्य पूरा भयो,’ जित लगतै सहायक प्रशिक्षक राजु बस्न्यातले प्रतिक्रिया दिए,‘यो हामीले गरेको मिहिनेतको सफल हो ।’
एसियाली क्रिकेट काउन्सिल (एसीसी) मा अन्तरगत रहेका देशहरू मध्ये उमेर समूहमा नेपाल सबैभन्दा सफल टिम बन्न सफल भएको छ । किनकी नेपालले उमेर समूहमा जित्न बाकी एकमात्र ट्रफि यहि थियो, यू–१६ उमेर समूहको । यसले नेपालको ‘ट्रफि क्याबिनेट’ मा सम्पूर्ण सदस्य पूरा भएका छन् ।



सन् २००९ मा पृथु बास्कोटाको कप्तानीमा नेपालले कीर्तिपुर मैदानमा मलेसियालाई १० विकेटले हराएर एसीसी यू–१७ एलिट कपको उपाधि जितेको थियो । त्यसयता नेपालको उमेर समूह क्रिकेटमा कालो बादल मडारियो । तर सिनियर स्तरमा नेपाली टिमले सफलता निकाल्न थाल्यो । नेपाली सिनियर टिमले सन् २०१० बाट २०१४ सम्म आइपुग्दा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५, ४, ३ जित्न सफल भयो । ट्वान्टी–ट्वान्टीमा त नेपाली टिमले बंगलादेश गएर विश्वकप नै खेल्यो ।
चार पटक यू–१९, दुई पटक यू–१५ र एक पटक यू–१७ को उपाधि जितेपछि लागेको ब्रेकले अघिलेको सिनियर टिमको बिदाईपछि नेपाली क्रिकेटको भविस्य के त ? नेपाली क्रिकेटलाई सम्हाल्ने नया“ पिढी कता छन् ? भन्ने प्रश्न उठिरहेको थियो । तर नेपालको उमेर समूहको क्रिकेट ‘बाउन्स–ब्याक’ हुन पुगेको छ । राजीति वृत्तमा लामो समय नया“ शक्तिको चर्चा भइरहेको थियो, तर उदाउने बेलामा भने खेलकुदमा नया“ शक्ति निस्किएको छ । जुन देशकै लागि राम्रो हो ।
नेपाली क्रिकेटरले सबैभन्दा बढी खेल्ने थलो नै मलेसिया हो । किनकी धेरै जस्तो प्रतियोगिता एसीसीले मलेसियामै गर्छ, त्यसको मुख्य कारण त्यहा“को मैदान र आउन–जान र बस्नको लागि सहजता हो । सन् २०१२ मा जब नेपालको सिनियर टिमले डिभिजन–४ को उपाधि अहिलेका युवा टिमले जस्तै गरि कुनै पनि खेलमा पराजित नभइ जितेको थियो । त्यस बेला राष्ट्रिय टिमका सदस्य पृथु बास्कोटाले भनेको थिए,‘मलेसिया त हाम्रो दोस्रो घर जस्तै हो ।’ उनले त्यसो भन्नुको कारण थियो, नेपालका धेरै खेलाडीले आफ्ना अन्तर्राष्ट्रिय डेब्यु त्यहिको मैदानमा खेल्छन् र धेरै प्रतियोगितामा पनि त्यहि गएर सहभागिता जनाउ“छन् । तर बिडम्बना नेपालले उमेर समूहमा ८ उपाधि जित्दा ५ पटक त मलेसियालाई नै निराश पारेको छ ।

नेपाल टिमको अहिलेको सफलतालाई सिनियर टिमले विश्वकप खेल्नुलाई पनि लिन सकिन्छ । जब नेपाल विश्वकपमा छनोट भयो र खेल्यो पनि । तब जिल्ला–जिल्लामा क्रिकेटको माहोल थप बढ्न पुग्यो । पूर्व क्रिकेटहरूले आ–आफ्नो क्षेत्रमा क्रिकेट सिकाउन थाले । अहिले यू–१६ टिमका मुख्य प्रशिक्षक बसन्त शाहीले भैरहवा, पूर्व खेलाडी एलबी क्षत्रीले नेपालगन्ज, मनोज कटुवालले विराटनगर तथा अरूण अर्याल, सामसङजङ थापा रिकेश लामाले काठमाडौंमा युवालाई क्रिकेट खेल्न सिकाए । पूर्व कप्तान विनोद दासले पनि राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मार्पmत खेलाडी उत्पादन गरे । सुदुरपश्चिममा सुवाष शाही जस्ता क्रिकेट प्रेमीले एकेडेमी खोल्नुका साथै वार्षिक रूपमै प्रतियोगिता गर्दै नया“ प्रतिभाको जन्म दिए ।
नेपालीहरूको ‘टे«डमार्क’ नै बनिसकेको छ, अन्तिम समयमा मात्र तयारी गर्ने । त्यसमा पनि ‘चिप्ले किराको गतिमा चहिरहेको’ नेपाल क्रिकेट संघ (क्यान) को प्रशासनले यस पटक त झन प्रतियोगिताको तयारीका लागि ढिलो गर्ने नै भयो । किनकी उसको अघि यस पटक त ठूला कारण थिए । उनका अध्यक्ष टंकआङबुहाङ र महासचिव अशोकनाथ प्याकु¥यालसहित एक दर्शनभन्दा बढी पदाधिकारीहरूको भ्रस्टाचार गरेको अरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । मलेसियामा उड्नु अघि युवा खेलाडीले ३ सातामात्र राम्ररी प्रशिक्षण गर्न पाए । त्यसमा पनि वर्षाको समस्या त छदै थियो ।
मलेसिया उड्नु अघि मुख्य प्रशिक्षक बसन्त शाहीले ठट्यौली पारामा सञ्चारकर्मीस“ग भनेका थिए,‘यस अघिका यू–१६ टिम राम्रो तयारी गरेर गएको थियो, सफलता निकाल्न सकेन । हामी यस पटक कमजोर तयारीका साथ जादै छौं, उपाधि लिएर फर्कन्छौं ।’ बसन्तले त्यस बेला साच्चै ठट्टा गरेका थिएनन् । उनलाई थाहा थियो, कुन खेलाडी कस्ता छन् । नेपालले सन् १९९६ मा मलेसियामा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दा बसन्त टिमका मुख्य सदस्य थिए । उनी नेपालको पहिलो पिढीका स्पिनर हुन् भन्दा फरक पर्दैन । उनलाई साथ दिएका अर्का प्रशिक्षक राजु पनि राष्ट्रिय टिमका पूर्व स्पिनर हुन् । संयोग नै मान्नु पर्छ, दुवै स्पिनरको प्रशिक्षणमा रहेको नेपाली टिमको यस पटक स्पिनर पक्ष सबैभन्दा बलियो रह्यो ।
दाया हाते स्पिनर जितेन्द्र सिंह र १३ वर्षिय देब्रे हाते स्पिनर अनिल खरेल नेपाली बलिङका नायक रहे । दुई मिलेर ५ खेलमा २८ विकेट लिए । जितेन्द्रले १५ विकेट लिदै प्रतियोगितामा सबै भन्दा बढी विकेट खेलाडीमा आफ्नो नाम देखाए । नेपाली टिमका कान्छा सदस्य अनिलले १३ विकेट लिएर प्रतियोगिताको मोस्ट प्रोमिसिङ खेलाडी बन्न असफल भए ।
नेपालले भविस्यमा सिनियर टिमलाई प्रतिनिधित्व गर्ने खेलाडी पाएको छ, मलेसिया यात्राबाट । तर यसलाई बचाइराख्न सक्नु पर्छ । जित लगतै सिनियर टिमका कप्तान पारस खड्काले भनिसकेका छन्,‘अब घरेलु संरचना बलियो चाहिन्छ ।’ त्यसको अर्थ हो, जति घरेलु टिम भयो खेलाडीहरू अभ्यास गरिरहन्छन् र राम्रा भएर निस्कन्छन् । यदि समयमै सरकार, राष्ट्रिय खेलकुद परिषद (राखेप) र क्यानको ध्यान गएन भने यी खेलाडी हराएर जान सक्छन् । जसले गर्दा नेपाली क्रिकेट धराशाही बन्न पुग्छ ।
युवा टिम ट्रफि लिएर मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन स्थलबाट बाहिर निस्कदा धेरै घरेलु क्रिकेट प्रेमीले स्वागत गरे । सन् २००१ यता नै हेर्ने हो भने नेपाली क्रिकेट टिमले विदेशबाट फर्कदा अधिकास समयमा खुसी लिएर फर्किएको छ । चाहे त्यो महिला टिमले होस वा उमेर समूहमा वा सिनियर स्तरमा क्रिकेटरले घर फर्कदा कोशेलीको रूपमा खुसी लिएर फर्केका छन् । तर अब यसलाई कहिले सम्म टिकाउने भन्ने जिम्मा सम्बन्धित निकायमा पुगेर अड्किएको छ ।

कसले के भने ?
विनोद दास, पूर्व कप्तान सिनियर टिम
– बधाई छ, नेपाल यू–१६ टिम । उत्कृष्ट जितेको लागि धन्यवाद । यस्तै गरिराख ।


पारस खड्का, कप्तान सिनियर टिम
–उनीहरूको तयारीलाई हेर्ने हो भने हामीले उनीहरूलाई धेरै सम्मान गर्नु पर्छ  । यसले नेपाली क्रिकेटमा नया“ पिढीको उदय भएको छ । यसले हामीलाई के सन्देश दिएको छ भने घरेलु संरचनालाई बलियो बनाउन जरूरी छ ।

पुवुदु दासानायके, प्रशिक्षक सिनियर टिम
–युवा टिमको जितले नेपाली खेलाडीको क्षमतालाई दर्साउछ । कम तयारीका बाबजुत सफलता चुम्न सफल भएका छन् ।


उमेर समूहमा नेपालको प्रदर्शन
वर्ष (सन्मा) प्रतियोगिता नतिजा उपविजेता
२००१ यू–१९ युथ एसिया कप विजेता मलेसिया
२००३ यू–१९ युथ एसिया कप विजेता मलेसिया
२००५ एसीसी यू–१९ कप विजेता मलेसिया
२००५ एसीसी यू–१५ कप विजेता अफगानिस्तान
२००६ एसीसी यू–१५ कप विजेता  यूएई
२००७ एसीसी यू–१९ एलिट कप विजेता अफगानिस्तान
२००९ एसीसी यू–१७ एलिट कप विजेता मलेसिया
२०१४ एसीसी यू–१६ प्रिमियर लिग विजेता मलेसिया


नेपालको ५ खेलमा जितेन्द्र र अनिलको प्रदर्शन
१, नेपालद्धारा थाइल्यान्ड १० विकेटले पराजित ।
–जितेन्द्र सिंहले ५.४ ओभरमा ३ रन दिएर ५ विकेट ।
–अनिल खरेलले ७ ओभरमा १२ रन दिएर २ विकेट ।

२, नेपालद्धारा सिंगापुर ४९ रनले पराजित ।
–जितेन्द्र सिंहको ८ ओभरमा १५ रन दिएर ३ विकेट ।
–अनिल खरेल ७ ओभर २२ रन १ विकेट ।


३, नेपालद्धारा ओमान १ सय २ रनले पराजित ।
–जितेन्द्र सिंहले ४.१ ओभरमा ४ रन दिएर ४ विकेट ।
–अनिल खरेलले ८ ओभरमा १६ रन दिएर ६ विकेट ।

४, नेपालद्धारा बहराइन १ सय ८६ रनले पराजित ।
–जितेन्द्र सिंह २.४ ओभरमा ९ रन दिएर १ विकेट ।
–अनिल खरेलले ५ ओभरमा ८ रन दिएर ३ विकेट ।

५, नेपालद्धारा मलेसिया ३२ रनले पराजित ।
–जितेन्द्र सिंह ७ ओभरमा २५ रन दिएर २ विकेट ।
–अनिल खरेल ८ ओभरमा २३ रन दिएर १ विकेट ।

फुच्चे नायक
नेपालले बुधबार एसीसी यू–१६ प्रिमियर लिगको उपाधि जित्यो । किनरारा ओभल मैदानमा टिमका सबैभन्दा कान्छा १३ वर्षिय सदस्य अनिल खरेल पनि ट्रफिस“ग तस्बीर खिचे । त्यो तस्बीर भने गज्जबको देखिन्थ्यो । किनकी झट्ट हेर्दा ट्रफि ठूलो की देब्रे हाते स्पिनर अनिल भन्ने संका हुन्थ्यो ।
तर सफलता उमेर वा उचाईले हात पर्दैन । त्यहा“का लागि मिहिनेत र परिश्रम चाहिन्छ । त्यो अनिलले मलेसियाका किनरारा र रोयल सिलेङ्गर टर्पm मैदानमा देखाए । ५ खेलमा १३ विकेट लिदै उनी  प्रतियोगिताकै मोस्ट प्रोमिसिङ खेलाडी चुनिए । उनी र दाया हाते स्पिनर जितेन्द्र सिंह मिलेर प्रतियोगितामा २८ विकेट लिए । प्रतियोगितामा सबैभन्दा बढी विकेट लिएका जितेन्द्रले १५ विकेट हात पारे ।
मुख्य प्रशिक्षक बसन्त शाहीकै चेला हुन्, अनिल । अनिल बुटबलको एपेक्स स्कुलमा पढ्छन् भने बसन्तले त्यहि स्कुलस“ग मिलेर एपेक्स क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् । अनिललाई बसन्तले नै क्रिकेट खेल्न सिकाएका हुन् ।
प्रतियोगितामा गत आइतबार ओमानविरूद्धको खेल अनिलले ६ विकेट लिएर कीर्तिमान नै बनाए । उनको यो प्रदर्शनले पुरै नेपाल त खुसी छदै थियो । साथमा उनका गुरू बाउन्ड्री लाइन बाहिर बसेर उनको हरेक विकेटमा खुसी साटिरहेका थिए । खेलपछि यी फुच्चे नायकलाई दुवै प्रशिक्षक (बसन्त र राजु) मिलेर काधमै राखेर बोक्दै हौसला बढाए ।
नेपालविरूद्ध ओमान बलियो बन्दै गइहरेको थिया । ओमान ४९ रन जोड्दा कुनै विकेट गुमाएको थिएन । रोयल सिलोङ्गर मैदानमा कप्तान सुमित महर्जनले अनिलको हातमा बल थमाए । त्यसपछि सुरू भयो, अनिलको वाया हातको जादु । उनले ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएपछि खेलको नक्सा नै बद्लियो । एक समय जितको बाटो गइरहेको ओमान १ सय २ रनले पराजित हुन पुग्यो । उनले ६ ओभरमा १६ रन खर्चिए । जुन यू–१६ मा नेपालको तर्पmबाट उत्कृष्ट हो । यस अघि थाइल्यान्डविरूद्ध जितेन्द्रसिंह ठकुरीले ५ ओभर ४ बलमा २ मेडनसहित ३ रन दिएर ५ विकेट लिएका थिए ।
फुच्चे नायक अनिल बिहीबार काठमाडौं आइपुगे । एक्काएक नायक भएका उनको बाइट लिन सञ्चारकर्मीको घु“इचो थियो । उनका शुभचिन्तकहरू पनि उनलाई खोजिरहेका थिए ।