Pages

राजेन्द्र पाण्डेको राजनीति ?

जगदीश्वर पाण्डे
सिन्धुपाल्चोक माङ्खा, चुरेमा गत शनिबार गएको पहिराले १ सय ५७ जनाको मृत्यु भएको छ, तर हाम्रा नेताहरू भने एक जना गुन्डाका नायिकेको नामले प्रख्यात दीनेश अधिकारी ‘चरी’ को मृत्युलाई लिएर होहल्ला गरिरहेका छन् । लाग्छ, देशमा अन्य कुनै महत्वपूर्ण घटना भएका छैनन् ।
त्यसमा पनि अग्रंपक्तिमा छन्, धादिङ जिल्ला क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डे ।

गिरिजाप्रसाद कोइरालाको पालामा स्थानिय विकास मन्त्री समेत भएका पाण्डेलाई एमालेमा छबिमान नेताको रूपमा लिइन्छ । जनताको सेवा गर्नका लागि धादिङवासीले उनलाई दोस्रो सविधान सभामा जिताएका पठाएका थिए । उनकै पार्टी सरकारको रहेको बेलामा देशमा ठूलो विपत्ति परेको छ । गत शनिबार सिन्धुपाल्चोकमा गएको पहिलोले सुनकोशी नदी थुनिएपछि हजारौं घरबार बिहीन भएका छन् ।

तर यी सभासदले संसदमा न त सयौं नेपालीको मृत्यु, न हजारौं घरबार विहीन भएकालाई राहत दिनु पर्ने, न त नेपालगन्जमा भएका बलत्कारको बारेमा संसदमा कुरा उठाए ।
नेपालको दोस्रो ठूलो पार्टीको नेता भएर पनि उनी देशवासीको ठूला समस्यालाई ध्यान दिएनन् । बरू उनको एउटै अर्जुन–दृष्टि रह्यो, प्रहरीको कारवाहीमा मारिएका दीनेश अधिकारीलाई लिएर ।
पाण्डेले शनिबार एक पत्रिकालाई दिएको अन्तरवार्तामा भनेका रहेछन्,‘मेरो छविको चिन्ता बिल्कुल नगर्नुस् ।’ पहिरोका कारण देश भयानक समस्या पर्दा, हाम्रो चेली बसमै सामुहिक बलत्कार हुदा, अभैm पनि बोक्सीका आरोपमा पिटिदा पनि चिन्ता नगर्ने नेता पाण्डेले छबिको कुरा गर्नु जरूरी छैन ।
गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै राम्रो कामका लागि ‘ऋषिमन’ हुनु पर्ने बताएका थिए । एमाले नेता पाण्डेले ऋषिमनलाई कसरी बुझे थाहा छैन । तर उनको क्रियाकलाप हेर्दा लाग्छ, संसारका अन्य मान्छेको भन्दा उनको ऋषिमन फरक देखिएको छ ।
२०४८ सालबाट (२०६४ सालको सविधान सभामा बाहेक) चार पटक सभासद भएर पाण्डे पार्टीबाट संसदको प्रमुख सचेतक हुन् । कानुनी राज्यमा कुनै पनि जनतालाई प्रहरीले त्यत्तिकै मार्न पाउदैन । यो नै प्रजातन्त्र र लोकतन्त्रको मुल मान्यता हो । अधिकारीको मृत्युलाई लिएर पाण्डेले आजाव उठाउनु स्वभाविक हो । तर पाण्डेले अधिकारी पूर्ण रूपमा दुधले न्वाएका व्यक्ति हुन् भनेर दाबी गर्नु गलत छ । अधिकारीले विभिन्न समयमा जनतालाई दुःख दिएको प्रहरी रिर्पोटमै दाखिल छ । जुन पत्रपत्रिकामा पनि आए । उनले अहिले बुजपचाए पनि अधिकारीको हरेक क्रियाकलापको बारेमा पाण्डेलाई राम्रोस“ग थाहा थियो । उनले एक पत्रिकास“गको अन्तरवार्तामा भनेकै छन्,‘विभिन्न कारणले गलत बाटोमा हिडेका युवा सच्चिउन ।’ अधिकारीले जनतालाई दुःख दिएको उनलाई थाहा थियो । जनताकै लागि काम गर्ने हो भन्ने बोल्ने पाण्डेले अधिकारीलाई झन माया गरे । जनतालाई दुःख दिने अधिकारीलाई पाण्डेले धादिङ जिल्ला क्ष्ँेत्र नम्बर–१ को उपाध्यक्ष नै बनाए र पार्टीको संरक्षण दिए ।
पाण्डेले २०६४ सालको संविधान सभाको निर्वाचनमा हार बेहोरेका थिए । तर उनले २०७० सालको संविधान सभामा जित निकाल्न सफल भए । राजनीति विशलेषकहरू पाण्डेको जितेको मुख्य कारण अधिकारी पनि रहेको अथ्र्याएका थिए ।
पाण्डेले संसादमा ठूलो स्वरले कराउदा उनले सोचेको जस्तो ‘सिनारियो’ थिएन । किनकी पहिलो सरकारमा एमाले पार्टी नै थियो, दोस्रो गृहमन्त्री एमालेका बामदेव गौतम थिए, सभामुख पनि एमालेकै सुवाष नेम्वाङ थिए । यी तीन मध्ये एकमात्र अन्य पार्टीका भएको भए, पाण्डेको राजनीतिले काम गर्ने थियो । देशले नै गुन्डाको नामले चिनिने अधिकारीको लागि मानवअधिकारको कुरा उठाउने एमालेका प्रमुख सचेतक पाण्डेले किन अहिले मारमा परेका अन्य हजारौं जनताका लागि यसरी नै आवाज उठाएका छैनन् । यहि हो, राजेन्द्र पाण्डेको राजनीति ?