Pages

भावनाको ‘हेमार्सिया’



प्रख्यात नाटककार विलियन सेक्सपियरको चर्चित नाटक छ, हेमलेट । त्यहि हेमलेटलाई आधार बनाएर भारतीय निर्माता विशाल भारद्वाजले ‘हैदर’ फिल्म बनाए । विशालले नाम र दाम दुवै कमाए पनि ।
सेक्सपियरका हरेक नाटकका आफ्नै विशेषता हुन्छन् । सेक्सपियरका ३६ नाटक छन् । उनका चर्चित नाटकहरूले त नया“ शब्दकै उत्पादन गरेको छन् । जस्तै, हेमहेटले उत्पादन गरेको शब्द हो, हेमार्सिया । हेमार्सिया अर्थ हुन्छ, ‘डु अर नट टु डु’ अर्थात्, ‘गर्ने कि नगर्ने’ । नाटकमा सेक्सपियरले आफ्नो मुख्य पात्रलाई लिएर यहि देखाउन खोजेका छन् ।

सेक्सपियरको नाटक हेमलेटको मुख्य पात्र जस्तै भएकी छन्, एक महिना अघि नेपाल क्रिकेट संघ (क्यान) मा प्रमुख कार्यकाणी अधिकृत (सीईओ) को जिम्मेवारी लिएर छिरेकी भावना घिमिरे । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले नेपाललाई लामो समयदेखि सीईओ राख्न निर्देशन दिदै आए पनि आदेशको पालना गरेको थिएन । अन्त्यमा आएर नेपालले सीईओ पायो । तर बिडम्वना क्रिकेट संघ आफै विवादमा परेका बेलामा ।
‘सबैभन्दा पहिले कार्यालय सुधार गर्ने मेरो लक्ष्य छ,’ भावनाले साप्ताहिकस“गको भेटमा भनिन्,‘त्यसपछि मात्र प्रतियोगिताको योजना बनाउने सोच छ ।’ भावनाको क्यानमा प्रवेश खल्लो रह्यो । उनलाई मुलपानीस्थित कार्यालयमा पहिलो दिन पुग्दा स्वागत गर्ने क्यानका कुनै पनि पदाधिकारी थिएनन् । आफ्नो स्वागतको जिम्मा नया“ सीईओ आपैmले गर्नु प¥यो ।
एमाओवादीका नेता टंक आङबहाङको नेतृत्वमा रहेको क्यानका एक दर्शनभन्दा बढी पदाधिकारीहरूमाथि भ्रष्टाचारको आरोप लागेपछि उनीहरू निलम्बनमा परेका छन् । युवा तथा खेलकुद मन्त्रालयले भने पूर्व अध्यक्ष विनयराज पाण्डेको अध्यक्षतामा एक वर्ष भित्रमा निर्वाचन गर्ने भन्दै नया“ क्यानको गठन गरेको छ । त्यसैमा पूराना क्यानका सदस्यहरू र राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामा मान्न तयार छैनन् ।
यसै वर्ष बंगलादेशमा ट्वान्टी–ट्वान्टी विश्वकप लेखेको नेपाली क्रिकेट टिम मलेसियामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ मा मिलेको सफलताले फेरि डिभिजन–२ मा उक्लिएको छ । र, नेपाली टिम अहिले श्रीलंकामा त्यहाको पहिलो क्लासको टिमस“ग थ्री–डे प्रतियोगिता खेल्दै हङकङस“ग अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी खेल्ने तयारीमा छ ।
प्रशिक्षक पुवुदु दासानायके र उनका चेलाहरूले एकतर्पm मिहिनेत गरिरहेका छन् भने अर्को तर्पm नेपालमा क्यानलाई लिएर विवाद चरम रूपमा अघि बढेको छ । यो विवादले सबैभन्दा बढी तनाब भएको भावनालाई । भावनाले क्यानलाई अघि बढाउन आफ्नो तर्पmबाट प्रशासन सम्बन्धित योजना बनाएकी छन् । तर यो योजना तब लागु हुन्छ, जब क्यानको कार्यसमितिले पारित गर्छ ।
भावनाले अब के गर्छिन् ? पुराना क्यानको कार्यसमितिमा आफ्नो योजना प्रस्तुत गर्ने कि नया“मा ? फेरि मन्त्रिपरिषद र खेलकुद मन्त्रालयले मान्यता दिएको क्यानस“ग काम गर्ने कि युवराज लामाले संरक्षण गरेको क्यानस“ग ?
यस्ता कारणले गर्दा भावनाको कार्य योजना तत्काल अघि बढ्नेमा अनिश्चित देखिएको छ । भावनास“ग पनि उत्तर छैन, कहिलेबाट उनको काम अघि बढ्छ । क्यानको नेतृत्व तहमा देखिएको समस्याले भावनालाई आफ्नो काम अघि बढाउ कि नबढाउ जस्तै भइरहेको छ । ठ्याक्कै सेक्सपियरको नाटक हेमलेटको मुख्य पात्र जस्तै ।