Pages

मोदी 'द्विविधा'

काठमाडौ, मंसिर ९ - नेपाल एकीकरण गरेका पृथ्विनारायण शाहले भनेका थिए, 'यो देश चार वर्ण छत्तिस जातको फुलबारी हो ।' यो फुलबारीमा गत साता ठूलो आँधी आयो, भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदाश मोदीका नाममा ।

कांग्रेस आईको लामो शासनकाललाई तोड्दै यो वर्षको निर्वाचनमा सफलता हात पारेर भारतीय जनता पार्टीका प्रधानमन्त्रीको कुर्चीमा पुगेका मोदीको एकाएक चर्चित भए । मोदीको चर्चा भारतमा मात्र सीमित भएन, दक्षिण एसियाली क्षेत्र हुँदै एसिया र पूरा विश्वमा नै फैलियो । पहिले आफ्नो देशमा छिर्न भिसा नदिने देश अमेरिकाले पनि मोदीको चाकडी गर्न छाडेर ।

आफ्नै देशको २८ राज्यमा होस या छिमेकी मुलुक जहाँ गए पनि मोदीको चर्चा भइरहेको छ । तीन तिरै सिमाना घेरिएको र खुला सिमाना रहेको नेपालमा मोदीको कुरा नहुने त कुरै भएन । उनको निर्वाचन उम्मेदवारीदेखि प्रधानमन्त्रीसम्मको यात्रालाई नेपाली सञ्चारमाध्यमले प्रथमिकताका साथ दिए । त्यसको मुख्य कारण थियो, मोदीको नेपाल हेर्ने नीति के हुन सक्छ भन्ने हो । गुजरातबाट दिल्ली पुगे लगत्तै नेपाल आइपुगेका मोदीले आफ्नो भाषण मार्फत नेपाली जनता र नेताको मन जित्ने काम गरे । करिब ४८ मिनेटको उनको भाषणले किन मोदी सफल भए भन्ने प्रस्ट पाथ्र्यो ।
तीनै दामोदार मोदी नेपालमा मंसिर १० र ११ मा काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन -सार्क) को १८ औं शिखर सम्मेलनमा भाग लिन आउनु अघि जनकपुर, लुम्बिनी जाने कार्यक्रम थियो । तर, उनको धार्मिक भ्रमण रद्द भइसकेको छ ।
मोदी जनकपुरको जानकी मन्दिरमा आउने-नआउने भन्ने द्विविधा एक साताभन्दा बढीसम्म नेपालमा रहि रह्यो । मोदीको जनकपुर यात्रालाई लिएर आइतबारसम्म पक्का समाचार आएन । अन्त्यमा भारतीय विदेशमन्त्रालयले दिल्लीमै विज्ञप्ती जारी गरेर उनी जनकपुर लगायत बाहिरका भ्रमणमा सहभागि नहुने जानकारी दियो । मोदी जनकपुर जाने वा नजाने द्विविधाले नेपाल सरकारको कुटनीति कमजोर रहेको प्रस्ट देखियो ।
उनी प्रधानमन्त्री मोदी मंगलबार काठमाडौं आउँदैछन् । दक्षिण एसियालाई लिएर विश्व वृत्तमा अघि बढ्न लागेका मोदी आए लगतै अन्य द्विविधा हुने सकिने छ ।
प्रकाशित मिति: २०७१ मंसिर ९ १२:०४ 
http://www.ekantipur.com/np/2071/8/9/full-story/399210.html