Pages

जर्सी संस्कृति

सन् १९३० मा उरूग्वेमा पहिलो विश्वकप फुटबल भयो । दक्षिण अमेरिकी देश उरूग्वे उपाधि घरमै राख्न सफल पनि भया । समाचार एजेन्सी एपीले उल्लेख गरे अनुसार उरूग्वेका खेलाडीले त्यस बेला प्राकृति फाइबरबाट बनेको जर्सी लगाएका थिए, जुन अर्कै संसारबाट ल्याइएको जस्तो देखिन्थ्यो । त्यो जर्सी कुनै प्राविधि वा खेलाडीलाई सहज हुने विभिन्न पक्ष हेरेर अहिलेको जस्तो बनाइएको थिएन । त्यस बेला न त नाइकी, एडियास, पुमा जस्ता स्पोट्र्स ब्रान्ड्स थिए, न त अहिले जस्तो कम्युनिष्ट देशको सस्तो चाइनिज सामानको साम्राज्य ।  

त्यो त खेलाडीले खेल्दा मात्र प्रयोग गर्ने कपडा थियो । त्यस बेला जति फुटबलको चर्चा हुन्थ्यो र खेलाडीले लगाउने जर्सी र उसका किटमा बारेमा केही हुदैन थियो । फुटबलमा जर्सीको प्रयोग हुनुको मुख्य कारण खेल्दा रेफ्रिलाई कुन टिमका खेलाडी हो, कसले कसलाई फल गरेको हो भनेर छुट्याउनका लागि हो । र, त्यहि कामका लागि मात्र जर्सीको प्रयोग हुन्थ्यो । त्यो २० औं शताब्दीको कुरा थियो ।

तर अहिले समय फेरिएको छ । फुटबल र फेसन ‘एक सिक्काका दुई पाटा’ जस्तै भएका छन्, एक बिना अर्को पूर्ण हुन नसक्ने । ब्राजिलमा ४ साता लामो ‘ग्लोबल गेम’ को नाम पाएको फुटबल चलिरहेको छ । खेल्नुस“गै खेलाडीले लगाउने पहिरनको बारेमा पनि उत्तिकै चर्चा भइरहेको छ । विभिन्न टिमको जर्सी र त्यसको ब्रान्डको बारेमा भएको चर्चा सुन्दा लाग्छ, यो विश्वकप फुटबलको नभई ब्रान्ड्स बीचको युद्धको रूपमा लिइएको छ । एकपटि एडियास, पुमा, नाइकी जस्ता ब्रान्ड्सको युद्ध छ । अर्को तिर छ, सधै आपूm आविस्कार नगर्ने र अरूले गरेको कुरालाई कपि गर्ने भन्ने आरोप लागेको चाइनिज सामानको । उसले ब्रान्डेड सामानको मुल्य भन्दा उस्तै प्रकारको नक्कली सामना उत्पादन गर्छ र सस्तोमा विक्रि गर्छ । ब्राजिल विश्वकपमा ३२ टिम सहभागि थिए । जसमा १० टिमलाई नाइकीले प्रायोजन गरेको छ, पुमानले ८ टिमलाई र बाकी १४ टिमलाई एडिडासले ।
किन विश्वका प्रख्यात स्पोट्र्स किट कम्पनीले ठूला टिमलाई प्रयोजन गर्न तछाड–मछाड गर्छन् त ? किनकी उनीहरूका लागि यो ठूलो पैसा कमाउने माध्यम हो । ‘ग्लोबल गेम’
को नाममा प्रख्यात विश्वकप फुटबल सुरूआत भएपछि आफुले समर्थन गरेको टिमको जर्सी लगाउन समर्थकहरू आतुर हुन्छन् । समाचार एजेन्सी एएफपीले उल्लेख गरे अनुसार ब्राजिल विश्वकपमा फाइनल पुग्ने टिमको करिब १० मिलियन डलरको जर्सी विक्रि हुने अनुमान गरिएको छ । आपूmले प्रायोजन गरेको टिम विश्वकपको उपाधि नजिक जति अघि बढ्यो, त्यति नै बढी पैसा कमाउ“छन् कम्पनीहरूले । यस पटकको विश्वकपमा सबै स्पोट्र्स कम्पनी मिलेर ३ सय ७५ करोड डलर खर्च गरेका छन् । विश्वकप फुटबल महासंघ (फिफा) को नियमअनुसार खेल्दा दुई टिमको फरक रंगका जर्सी लगानु पर्ने हुन्छ । जर्सी मिल्न गएमा त्यसको विकल्पका रूपमा हुनु पर्छ । साथै, दुवै टिमका गोलकिपरको पनि दुवै टिमका खेलाडी र रेफ्रिको भन्दा फरक रंगको पोशाक हुनु पर्छ । बेन्च बस्ने खेलाडीका लागि पनि फरक रंगको जर्सी हुनु पर्छ । त्यसले गर्दा रेफ्रिलाई खेल सञ्चालन गर्न सहज होस । फिफाकै नियम अनुसार हरेक टिमको जर्सीमा चारभन्दा बढी रंग प्रयोग गर्न पाइने छैन । साथमा हरेक खेलाडीको जर्सी नम्बर स्पष्टस“ग देखिनु पर्छ । ‘हेर्दा सहज देखिए पनि फुटबल भित्र छिरेपछि धेरै कठिन कुराहरू छन्,’ नेपालका फुटबल विश्लेशक संजिब मिश्र भन्छन् ।

अहिले विश्वमा सबैभन्दा बढी किटको लागि सम्झौता गर्ने टिम फ्रान्स हो । उसले नाइकीस“ग मिलेर एक वर्षका लागि ६० दशमलब छ मिलियन डलरको सम्झौता गरेको छ । ‘हात्तीको देखाउने दात एउटा हुन्छ र चपाउने अकै’ भने जस्तै फुटबल मह“गा खेलाडीको ट्याग पाएका खेलाडीले जति कमाउ“छन्, त्यो भन्दा धेरै गुणा स्पोट्र्स किट कम्पनीहरू र क्लबहरूले कमाउने आम्दानी गर्ने गर्छन् ।
यूरोपका क्लबहरूले खेलाडीलाई मोटो रकममा किन्छन् । तर खेलाडीले क्लब धनीलाई पैसा त दिदैनन् । अभैm साता बिछेनै खेलाडीलाई पैसा दिनु पर्ने हुन्छ । सिमित रकममा खेलाडी किनेपछि चाहे त्यो खेलाडीले राम्रो खेलोस् वा झुर सम्झौताको पालना गर्नु नै पर्छ ।
उदाहरणको रूपमा चेल्सीका स्पेनी स्ट्राइकर फर्नान्डो टोरेसकै लियौं । उनलाई चेल्सीले सन् २०११ को जनवरीमा ५० मिलियन यूरोमा किनेको थियो । क्लबले सबैभन्दा बढी पैसा तिरेर उनलाई नै किनेको थियो । लिभरपुलमा गोल गरेर चर्चामा आएका उनी चेल्सीमा गोल नगरेर प्रख्यात भए ।
‘उसो भए टोरेस किनेर चेल्सीलाई कति घाटा भयो त ?,’ सन् २०१२ मा लन्डन पुगेका खेल पत्रकार अजय फुयालले चेल्सीका एक पदाधिकारलाई टोरेसको खराब प्रदर्शन र मुल्यको बारेमा सोधेका थिए । जवाफ आयो,‘क्लबलाई घाटा होइन, बढी नाफा भएको छ ।’ त्यसको कारण रहेछ, टोरेसलाई चेल्सीले भित्र्याएपछि टोरेसको नाम खेलेका जर्सी र अन्य किटको विक्रि टोरेसलाई ल्याउन गरिएको खर्चभन्दा ज्यादा रकम उठ्यो । एक वर्षमा एक सय मिलियन पाउन्डर क्लबले टोरेसको नाम बेचेरै कमाएछ । फुयालका अनुसार ती पदाधिकारीले थपेका थिए,‘उनले जस्तो खेलेपछि हामीलाई कुनै मतलब छैन । गोल नगरे टिकै छ, गोल गरे क्लबका लागि बोनस हो ।’
एक पटक खेलाडी चर्चामा आएपछि ब्रान्डहरू उनको पछि हात धोएर लाग्छन् । सन् २००२ मा म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी डेभिड बेकह्यामको फर्म र चर्चा उस्तै थियो । तर उनको दाया खुट्टामा चोट लाग्यो र त्यसले गर्दा उनी जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप फुटबलमा खेल्नका लागि तयार हुन्छन् वा हुदैनन् भन्ने धेरैमा  चिन्ता थियो । बेलायती महारानी एलिजावेथले त चर्चमै गएर बेकह्याम चाडै ठिक हुन् भनेर दुई घन्टा प्रार्थना समेत गरेकी थिइन् । त्यस लगतै जर्मन स्पोट्र्स किट कम्पनी एसिडासले बेकह्याम ठिक नभए पनि उनको चोटग्रस्त दाया खुट्टाको लागि भनेर छुट्टै चुत्ता नै बनाएको थियो । जसले गर्दा एसिडास विश्व बजारमा थप चर्चित बन्यो । क्लब र स्पोट्र्स कम्पनी खेलाडीको खेल भन्दा पनि पैसा बढी चाहन्छन् भन्ने कुरा बेकह्यामलाई रियल म्याड्रिडले सन् २००३ मा लगेर देखाइदियो । बेकह्याम राइट विङ्सका खेलाडी थिए । उनको दाया खुट्टामा भगवान नै छ भन्ने पनि गरिन्थ्यो । तर उनलाई रियलले लगेर कहिने लेफ्ट विङ्स त कहिले सेन्ट्रल मिडफिल्डमा खेलाइदियो । किनकी रियलमा त्यस बेला एकसे एक स्टार खेलाडी थिए, जिनेदिन जिदान, लुइस फिगो, रोनाल्डो आदि । रियल बेकह्यामबाट उनको खेलभन्दा उनको चर्चा बेचेर पैसा कमाउन चाहन्थ्यो । त्यस बेला रियलले भनेको पनि थियो,‘हामीले क्लबको आर्थिक संकट टार्न उनलाई किनेका हौं ।’ स्पेनी एलिट समुदायको क्लबका रूपमा चिनिने रियलले बेकह्यामको नाम लेखेको जर्सी र अन्य किट बेचेर क्लब फेरि आर्थिक रूपमा बलियो बन्न सफल भयो ।
....
नेपालमा १०४ वर्षे राणा शासन कालमै फुटबल खेल्न थालेको इतिहास छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता भने भारतको नया“ दिल्लीमा सन् १९८२ मा भएको एसियाली खेलकुदबाट खेल्न थालेको हो । त्यस बेला नेपालमा गार्मेन्टमा बनेका कपडाका जर्सी लगाइन्थ्यो । ‘त्यसपछि चाइनिज सामान आउनु अघि सटका लागि प्रयोग गरिने कपडाको जर्सी बनाएर लगाइन्थ्यो । जुन खेलाडीलाई लगाउदा अहिलेका जर्सी जस्तो सहज हुदैन थियो,’ फुटबल विश्लेषक मिश्र भन्छन्, ‘त्यस बेला माथि सेतो लगाइन्थ्यो । तर तल भने फरक रंगका कट्टु प्रयोग गरिएको थियो ।’ नेपालमा क्लबहरू छन्, २० औं शताब्दीको मध्यतिरबाटै लिगको हुन थाल्यो । तर वास्तविक रूपमा जर्सीको चहल पहल भने छिमेकी चीन विश्व अर्थतन्त्रमा अघि बढ्न सामानको उत्पादन गर्न थालेपछि सुरू भयो । ‘सन् १९९५ को मध्यबाट नेपालमा जर्सीको चहल–पहल सुरू भएको हो,’ मिश्र भन्छन्,‘सस्तोमा सामान आयो र सबैका पहु“च बढ्यो ।’ लगभग १९ औं शताब्दीको अन्त्यसम्ममा पनि विदेशबाट आएकाले मात्र विदेशी टिमका जर्सी फाट्ट–फुट्ट लगाउथें । नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी भने सुरूआतदेखि नै पहिलो रोजाइमा रातो र दोस्रो रोजाइमा निलो थियो । नया“ शताब्दीको सुरूआत र खुला अर्थतन्त्र र त्यसपछि प्राविधिको विकासका कारणले बनेको ग्लोबल वल्र्डले नेपालमा पनि विदेशका नाइकी, पुमा, एडिडास जस्ता चर्चित ब्रान्ड्स भित्रिए । तर यसको चर्को मुल्यका कारण धेरैले चिनिया कम्पनीबाट ल्याईएको र सस्तो किट नै रोजे । ‘चीनबाट नेपालमा जर्सी आउनु अघि थाइल्यान्डबाट आउने गथ्र्यो,’ आरजे स्पोट्र्सका दुई सञ्चालक मध्येका एक जनक न्यौपाने,‘अहिले थाइल्यान्डबाट पनि आउ“छ । तर चीनको तुलनामा ज्यादै कम ।’ जनकको कम्पनीले बाहिरबाट आएको जर्सी त बेच्छन् नै साथमा आपैm पनि जर्सी उत्पादन गर्छ ।  ‘कच्चा पदार्थ ल्याएर हामी आपैm जर्सी, ट्रयाकसुट सिलाउछौं,’ उनी भन्छन् ।
उनको आरजे स्पोट्र्सले सन् १९९८ बाट क्रिकेटको जर्सी बनाउदै आएको छ । नेपालले गत वर्ष न्यूजिल्यान्डमा वान–डे विश्वकप छनोट र त्यसपछि पहिलो पटक बंगलादेशमा ट्वान्टी–ट्वान्टी विश्वकप खेल्दा भने सिंगापुरको बीएस स्पोट्र्सले बनाएको जर्सी लगाएको थियो । नेपालले विश्वकप क्रिकेट खेल्दा बीएस स्पोट्र्सले नेपालको लागि आधिकारिक विक्रेताका रूपमा तेक्वान्दोका स्टार खेलाडी दीपक विष्टको स्पोट्र्स युनिभर्सलाई आधिकारि विक्रेता तोकेको थियो । ‘करिब २० हजार जर्सी विक्रि भयो,’ विष्ट भन्छन् । नेपालले विश्वकप खेल्दा त्यस बाहेक आरजे स्पोट्र्सले उत्पादन गरेका जर्सीहरू पनि बढी भए । ‘दुई वर्ष अघिबाट नेपाली क्रिकेट टिमको जर्सी विक्रि हुन थालेको हो,’ न्यौपाने भन्छन्, ‘क्रिकेट टिमको सफलतस“गै देश भरिबाट क्रिकेटको जर्सीको माग बढ्यो ।’
नेपाली फुटबल टिमले सन् २००७ मा नेपालमा सन् २०१० को विश्वकपका लागि भएको ओमानविरूद्धको विश्वकप छनोटबाट ब्रान्डेड जर्सी लगाएको हो । नेपालले त्यस बेलाबाट एडिडासको जर्सी लगाउन थाल्यो । उमेर समूहका टिमलाई भने आरजे नै उत्पादन गरेको जर्सी फुटबल टिमले हराउदै आएको छ ।
आरजे र स्पोट्र्स युनिर्भसमा मात्र होइन, अहिले नेपालका अधिकास पसलमा विभिन्न फुटबल टिमका जर्सी झुन्डाइएका छन् । आपूmलाई मन पर्ने टिमको जर्सी किन्ने र त्यसपछि जर्सी लगाएर फोटो खिची फेसबुकमा हाल्ने जमात बढेको देखिन्छ । खेलाडीस“गै व्यापारीको पनि उपनाम पाएका विष्ट भन्छन्, ‘१० लाखभन्दा बढी जर्सी विक्रि भयो होला ।’ आरजेका न्यौपाने भने ४ लाखसम्म जर्सीको विक्रि भएको बताउछन् । उनी जर्सी विक्रिको श्रेय मार्क जुकरबर्गले निर्माण गरेको फेसबुकलाई दिन्छन् । ‘फेसबुक नभएको भए, जस्तो जर्सी बृद्धि हुदैन थियो,’ उनले भने,‘कोही त जर्सी किनेर पसलमै लगाइ फेसबुकमा अपडेट गर्छन् ।’
तेक्वान्दो खेलाडी विष्ट भने कम मुल्य, चाइनिज सामानको प्रभावका साथै अहिलेको समाजमा खेलकुद प्रतिको मायाले पनि नेपालमा अहिले जर्सी लगाउने कल्चर बढेको बताउछन् । उनले सुदुरपश्चिमको आफ्नो बाल्यकालमा स्कुल ड्रेस त्यसमा पनि वर्षमा एकपटक मात्र बाबुले किनिदिने कुरालाई अघि सार्दै भने,‘अहिले त बाबु आमाले नै छोरा–छोरीलाई आपैm पसलमा आएर किनिदिएका छन् । जसले नेपाली खेलकुदमै सकारात्मक सन्देश जान्छ ।’ सामान्यता अहिले नेपालमा ५ सयदेखि १२ सयसम्मका जर्सी बढी विक्रि भएका छन् ।
..................

ब्राजिलका १२ शहरका सुन्दर रंगशालामा प्रतियोगिताको पहिलो चरण सकिएका छन् । डिफेन्डिङ च्याम्पियन स्पेन, इंग्ल्यान्ड, इटाली जस्ता बलिया टिम घर फर्किसकेका छन् । अबको रौनक भनेको मेसीको अर्जेन्टिना, नेयमरको ब्राजिल, करिम बेन्जामाको फ्रान्स, रोबिन भान पर्सीको नेदरल्यान्ड्स आदिमा कसले उपाधि जित्दा भन्ने अनुमानको रफतार दिनप्रतिदिन बढ्दै गइरहेको छ । साथमा आपूmलाई मन पर्ने टिमको जर्सी किनेर लगाउनेको घुइ“चो बढ्दो छ । त्यसमध्येमा पर्छन्, काठमाडौंस्थित नया“ बानेश्वरका माधव श्रेष्ठ । ७७ वर्षिय उनको फुटबल क्रेजलाई हेर्ने र सुन्ने हो भने लाग्छ यी १६ वर्षका जवान खेलाडी हुन् । उनले परिवारलाई नै फुटबलमय बनाइदिएका छन् । पेले, म्याराडोनाका इतिहास पल्टाउदा उनको जोश झन बढ्छ । सरकारी सेवाबाट अवकाश पाएका उनी अहिले कान्छो छोरा रमेश श्रेष्ठ र नाती रजत श्रेष्ठले किनेर ल्याइदिएको अर्जेन्टिनी जर्सी लगाए छाटिरेहका हुन्छन् । सन् १९८६ को विश्वकपमा जब म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताएको थिए, त्यहि बेलाबाट नेपालमा टेलिभिजनमा फुटबल हेर्न सुरू भयो । उनी त्यहि बेला म्याराडोनाका फ्यान भए । अहिलेसम्म पनि उनमा त्यहि लोयल्टी रहेको छ । फेसबुकमा दुई छोरा र नातीस“ग मिलेर त उनले छोराको फेसबुकमा सबैले जर्सी लगाएको फोटो नै हालेका छन् । नेपाली फुटबल हुदा दशरथ रंगशालाका नियमित दर्शक बनेका उनी आ–आफ्नो टिमलाई समर्थन गर्न पाउने बताउ“छन् । अहिले त समर्थनमात्र हो, तर आफ्नै देशका देश हुदा चाहि भित्रैबाट भावनाले वोतप्रोत भइन्छ ।
डिएगो म्याराडोनाले सन् १९८६ को क्वाटरफाइनलमा जब दुई गोल गरे र इंग्ल्यान्डलाई अर्जेन्टिनाले हरायो । खेल पछि म्याराडोनाले जितको बारेमा प्रतिक्रिया दिएका थिए,‘हामीले फकल्यान्ड युद्ध गोर्खली भएकाले हा¥यौं । फुटबल मैदानमा हामीले इंग्ल्यान्डलाई हरायौं किनकी यहा“ गोर्खाली थिएनन् ।’ नेपाली पहिलो पटक टेलिभिजनमा फुटबल हेर्नु, म्याराडोनाले ‘ह्यान्ड अफ गड’ भनिएको विरोधास्पक पहिलो र विश्व फुटबलको इतिहासमै लोभलाग्दो र कौशता प्रयोग गर्दै गरेको दोस्रो गोलका कारण म्याराडोनाको टिम अर्जेन्टिना नेपालीको मनमा बढी बस्न सफल भयो । एक्काईसौं शताब्दीमा उदाएका लियोनल मेसीले पनि अर्जेन्टिनी फ्यान बढाउने काम ग¥यो, त्यस मध्येकी एक हुन्, धरानकी कृति तामाङ । प्लस टु सकेर बसिरहेकी उनले एक महिना पहिले काठमाडौं आउदा अर्जेन्टिनाको जर्सी किनेकी थिइन् । ‘म अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहन्छु,’ उनले भनिन्,‘मेसी निकै राम्रो लाग्छ, उसको खेल्ने शैली नै अरू भन्दा फरक छ ।’ उनको घरमा स्पेन, ब्राजिल र इटालीका फ्यान पनि छन् । त्यसका बाबजुत उनी अर्जेन्टिनाबाट हल्लिएकी छैनन् ।
नेपालमा सबैभन्दा बढी जर्सी अर्जेन्टिनाकै विक्रि भएको मान्छन् व्यापारीहरू । केही व्यापारीले निकालेको तथ्याङ्क अनुसार सबैभन्दा बढी अर्जेन्टिनाको जर्सी ६० प्रतिशत, त्यसपछि ब्राजिल र जर्मनीको ३० प्रतिशत । अन्य टिम जस्तै स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, बेल्जियमको जर्सी गरि १० प्रतिशत विक्रि भएका छन् । व्यापारीहरू अहिले नेपालमा कम्तिमा पनि ४ लाख जर्सी विक्रि भएको बताउछन् । त्यसमा एउटा जर्सीलाई ५ सयमात्र पर्ने हो भने पनि कम्तिमा २० करोड रूपैंयाको जर्सीको किनबेच भएको देखाउ“छ । यसले देशको अर्थतन्त्रमै असर पर्ने देखिन्छ । विश्वकप नहुदा पनि नेपालमा विदेशी क्लब जस्तै, चेल्सी, म्यानचेस्टर युनाईटेड, लिभरपुल, बार्सिलोना, रियल म्याड्रिड आदिको जर्सी विक्रि हुन्थ्यो ।
त्यसो भए, नेपालमा नेपाली क्लब र नेपाली टिमको जर्सीको विक्रि किन हुन सकेन ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । ‘नेपालमा फुटबल व्यवसायीक हुन सकेको छैन,’ एकै लाइनमा जवाफ दिन्छन् विश्लेषक मिश्र । उनका अनुसार फुटबल खेल्नेमात्र होइन, क्लब र फुटबलस“ग संबद्ध संस्थाले व्यवस्थापन पक्षमा पनि ध्यान दिनु पर्छ । नेपालमा मनाङ–मस्र्याङ्दी, थ्रीस्टार जस्ता केही क्लबका दर्शकले जर्सी लगाएर खेल हेर्न आउ“छन्, तर जर्सी लगाएर आउने दर्शक दुई चारसय भन्दा बढी हुदैनन् । क्लबहरूले त्यसलाई व्यवसायका रूपमा नभइ केही फ्यानका लागि मात्र जर्सी उपलब्ध गराएको छ । विष्ट अब नेपालमा जर्सीको संस्कृति अघि बढेको बताउ“छन् । भन्छन्,‘चार वर्ष अघिको फुटबल विश्वकपमा यस्तो थिएन । नेपाली क्रिकेट टिम विश्वकपमै पुग्दा धेरैले टिमलाई साथ दिन जर्सी लगाए । यो विश्वकपपछि धेरैले नेपालीहरूले जर्सी संस्कृतिलाई स्विकार गरेका छन् । जसले भविस्यमा नेपाली खेलकुदलाई नै फाइदा गर्छ ।’
मानवशास्त्री सुरेश ढकालले नेपालमा देखिएको जर्सी लगाउने भिडलाई फुटबल संस्कृतिको विकास, पूजीवाद र बजार हावी, सोसल मिडियाको प्रभाव तथा ग्लोबलाइजेसनको प्रभाव गरेको बताए । ‘अहिले मान्छे ग्लोबल सिटिजनका रूपमा देखा परेको छ र विश्वकप जस्तो ठूलो प्रतियोगिताको आपूm पनि एक अंग बन्न चाहन्छ,’ उनले भने,‘सोसल मिडियाले यस्तो वातावरण बनाएको छ की यहा“ नभए समाजबाटै बाहिरिन्छ भन्ने मानिसमा चिन्ता हुन्छ ।’

(विश्वकप फुबटल २०१२ भइरहदाको दौरान लेखिएको लेख )