Pages

मन्त्रालय र सचिवहरू समन्वय गर्दैनन्


–हाम्रो अनुगमनले कुनै पनि काम गरेको छैन । मुख्य–सचिव, प्रधानमन्त्री कार्यालयले भने हुन्छ । नत्र केही हुन्न ।
–दुई मन्त्रालय बीच छलफल गरि काम गर्न पनि सक्दैनन् । जस्तै, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । र, सुचना तथा सञ्चार मन्त्रालय र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय ।
– दुई सचिव मिल्न नसकेको देखिन्छ, समाधान गर्ने भन्दा यत्तिकै चलिहाल्छ भन्ने प्रवृत्ति छ ।

माथिका यी भनाईहरू व्यवस्थापिका संसदको विकास समितिको छलफलमा सञ्चार मन्त्रालय, यातायात मन्त्रालय र स्थानीय विकास मन्त्रालयका पदाधिकारी बीचमा समितिका सभापति रबिन्द्र अघिकारीले बोलेका हुन् । उनको नेतृत्वमा समितिले ३० भन्दा बढी छलफल गरिसकेको छ । ‘तर सधै समन्वय भएको देखिदैन । हामीले बोलाएर भेटेर छलफल गर्नु होस भनेर निर्देशन दिनु पर्छ । त्यसो गर्दा पनि छलफल गर्न तयार हुन्नन्,’ सभापति अधिकारीले निराशा पोखे,‘एउटै प्रकृतिका काम दुई निकायको संमन्वय नहुदा अघि बढ्न नसकेको अवस्था छ ।’

सञ्चार मन्त्री मिलेन्द्र रिजाल, सचिव सुनिलबहादुर मल्ल, स्थानिय विकासका सचिव सोमलाल सुवेदीसहित तीन मन्त्रालयका विभिन्न सदस्य र समितिका सभापतिहरूको उपस्थित छलफलमा थपे,‘हाम्रो काममा कुनै कमि हुदैन । तपाईहरू पनि जिम्मेवारी पूर्वक गर्नु होला ।’ सभापतिसहित समितिका अन्य सदस्यले पनि सम्बन्धित निकायहरू मिलेर र छलफल गरि अघि बढ्न नसकेको चिन्ता व्यक्त गरे ।
सभासद गुरूप्रसाद बुर्लाकोटीले योजना बनाइने र त्यसलाई राम्ररी फलो नगर्ने प्रवृत्ति रहेको बताए । उनले टेलिफोनको शुल्क महंगो भएको तर त्यसको गुणस्तर नभएको गुनासो गरे । अर्का सभासद रामचन्द्र अधिकारीले २० वर्ष अघि देखि सञ्चालनमा ल्याएका सडकलाई अलपत्र पारेर नया“ ठाउबाट सडक निर्माण गर्नु गलत रहेको बताए । सभासद सीता गिरिले टेलिकमले जनताबाट फिक्स रूपमा रकम लिने तर सेवा सहज, सुलभ र गुणस्तरिय नभएकोमा गुनासो गरिन् ।
सचिव सुवेदीले स्थानीय निकायको निर्वाच नहुदा समस्या भएको बताए । उनले भने,‘त्यो छिटै हुन नसके अनुगमनका लागि छिटै क्षेत्रिय स्तरमा पनि कार्यालयको आवश्यकता पर्छ ।’ उनले स्थानिय निकायमा राजनीतिक नेतृत्व आवश्य रहेको प्रष्ठ्याउदै थपे,‘राजनीतिक नेतृत्वमा जस्तो कर्मचारीको नेतृत्वमा जनपरिचालय गर्न सकिदैन ।’
मन्त्री रिजालले सुचना प्रविधि नीति, चलचित्र विकास नीति छिट्टै अघि बढाउन लागिएको बताए । दुर सञ्चार प्राधिकरणका महानिर्देशक डिगम्बर झाले नेपालको प्राविधिक ज्ञान भएका व्यक्तिको कमि रहेको गुनासो गरे । उनले धेरै कामका लागि विदेशबाट मान्छे झिकाउनु पर्ने बाध्यता रहेको बताए । यस्तै, नेपाल टेलिकमका महानिर्देशक बुद्धि आचार्यले बढी समय नटिक्ने ब्याट्रीको कारण टावरमा समस्या आएको बताए । उनले भने,‘गुणस्तर सुधारमा कार्यालय अघि बढिरहेको छ । काठमाडौंका ७७ स्थानमा फेब्रुअरी भित्र डीटीएस जडान गर्ने छौ ।’